पुर्खौयौली प्रबधर्न तथा संरक्षण कोष वाखेत स्थापना हुदैछ।

पुर्खेउली प्रबधर्न तथा संरक्षण कोष वाखेत, गाउँ बिकास समिति पात्लेखेत |

Mero Wakhet Gaun, अन्तर्गत फेसबुक संजालमा रहनु हुने सम्पूर्ण महानु भाबहरुमा मेरो न्यानो अभिबादन | अहिलेको एक्काईसौ सताब्दीको युगमा आई पुग्दा हाम्रो देश नेपालमा पनि बिदेशी हरुको सस्कृति र आधुनिकीकरण बाट अछुत रहन सकेको छैन र दिन प्रतिदिन आफ्नो संस्कृति भुल्दै जाने क्रम बढी रहेको अवस्था छ | ‘‘भाषा र संस्कृति’’ बिना मान्छेको अस्तित्व हुदैन भन्छन तर (Our Mother Language Lost Since 250 Years) हाम्रो मातृ भाषा गुमेको पनि २५० बर्ष भन्दा बढी भै सकेको छ भने हाम्रो संस्कृति पनि लोप हुने अवस्थामा पुगेको छ त्यसैले हाम्रो संस्कृतिको संरक्षण सम्बर्दन गर्नको लागि तपाई हामि सबैको जिम्मेवारी हो |

मैले केहि महिना अघि पुर्खेउली नृत्य समुहको लागि एउता सानो अक्षय कोष खडा गर्ने बचन दिएको थिए र त्यसैको सिलसिलामा मैले के सोचे भने संस्कृतिको संरक्षण गर्न भनेको एक जनाको प्रयासले मात्र सम्भब नहुने भएकोले युकेमा रहनु भएको दाजु भाईहरु संगको सल्लाह र सुझाब अनुसार उहाहरु सबैको सहयोगमा मिलेर पहिलो चोटी युके बासि द्वारा पुर्खेउली प्रबधर्न तथा संरक्षण कोष वाखेत स्थापना हुन् गैरहेको अबगत गराउन चाहन्छु |

कोष खडा गर्नुनै किन जरुरि छ ? पुर्खेउली नृत्य केवल कसैको विबाह र छेवर पास हुँदामा मात्र सिमित रहन पुग्यो किनकि अरुबेला उनिहरु संग कार्यक्रम गर्नलाई पूँजी थिएन त्यसैले यसको महत्व पनि बिस्तारै घट्दै गयो र लोप हुने स्थितिमा पुगेको छ | अतः कोष खडा गर्नुको मुख्य कारणनै पुर्खेउली नृत्य समूहलाई परनिर्भरता बाट मुक्त गराई आफ्नै खुट्टामा उभिन सकुन भन्ने हामि सबैको चाहना हो |

मुख्य उद्देश्यहरु: (१) पुर्खेउली टोलीले बर्षको २-३ चोटी कार्येक्रम गराई नया पिंढी हरुलाई तालिम दिलाउने साथसाथै कार्यक्रममा गाउँको भद्र-भलादमी र विदेश बाट बिदामा गएको लाहुरे हरुलाई पनि स्वागत गरि केहि दान / चन्दा उठेको रकमले तेही कार्यक्रममा लागेको खर्च उतार्ने र बाकि बचेको रकमलाई कोषको खातामा जम्मा गर्दै जाने | (२) कसैको विबाह र छेवोर पासमा कार्येक्रम हुदा उठेको रकम मध्य १०% छुट्टाएर कोषको खातामा जम्मा गर्ने |

संस्कृति बचाउ अभियानमा कुनै एक जना ब्यक्ति र एउता ठाउँकोले मात्र सम्भब नभएकोले तपाई हामि जुनसुकै ठाउँमा रहेता पनि सबै मिलेर पुर्खेउलीको संरक्षण गरौ भनि आग्रह गदै हजुरहरु सबैको सल्लाह र सुझाबको अपेक्षा गर्दछु धन्यवाद |

ओम रोका हाल युके

1900067_229177770598901_1610931856_n

पुर्खौयौली प्रबधर्न तथा संरक्षण कोष वाखेत  (स्पोन्सरहरु) सँस्थापक मेम्मवर हरु – सेम कुमारी रोका, खड्कसिं थापा,हरिलाल रोका, कुल ब. राम्जाली,बीर ब. थापा, याम राम्जाली,राम ब. राम्जाली, धनकुमारी रोका(पुन),टिका कुमारी राम्जाली,सुनिता पुन, सिता कुमारी रोका(सेर्पुन्जा) , कुल माया रोका(सेर्पुन्जा), ओम रोका, जंग थजाली हुनु हुन्छ।

उहाँ हरु सबैलाई धन्यबाद

मेरो वाखेत गाउँ फेसबुक वाल बाट साभार गरिएको- (ओम रोका ज्यु को वाल पोस्ट बाट)

https://wakhetdiary.wordpress.com/2013/07/24/%E0%A4%B5%E0%A4%BE%E0%A4%96%E0%A5%87%E0%A4%A4-%E0%A4%B9%E0%A4%B0%E0%A5%87%E0%A4%B2%E0%A5%8B-%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%BE-%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%96%E0%A5%8C%E0%A4%AF/

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s