भुपु गोर्खाहरु को योगदान लाई सँस्थागत गर्ने समाय र सपना नजिक हुदैछ।

भुपुहरु को योगदान लाई सँस्थागत गर्ने समाय र सपना नजिक हुदैछ।

२०७० बैसाख १ गते गाउँले हरुले शुभकामना मात्रै आदनप्रदान गरेनन केहि प्रतिबद्वताहरु समेत गरे। सुभकामना दिएर मात्रै नबसौ शुभकाम को पनि शुरु गरौ।

सुभकामना को दिन २ निर्णय हरु गरिएको थियो। हरेक बर्ष केहि शुभकाम सुरु गर्ने जस्ले हाम्रो राम्रो वाखेत शब्द मा होईन ब्यबहार मा बनाओस। जस्लाई शुभकाम जागरण पनि भनियो।

निर्णय – १

अहिले सम्म भएका भुपुहरुको सहयोग लाई पछिल्लो पुस्ताले पनि बुझ्ने गरी बचाउने। उहाँ हरुले अहिले सम्म गर्नु भएका योगदानलाई डिजिटलाईज गर्ने जति पनि भुपु गोर्खाहरु हुनु हुन्छ। बेलायत आर्मी, ईण्डिया आर्मी पेन्शनरहरु गर्नु भएको सहयोग को सम्मान स्वरुप ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” बनाउने र भबिस्यमा भवन निर्माण गरि बिध्यालयका बिध्यार्थी लगायत सो कार्य क्षेत्र भित्र पर्ने हरेक उमेर लिँग र सामुदायलाई कम्पयुटर साक्षरता बनाउने।

निर्णय -२

वाखेत का जँगल क्षेत्र को मानिस हिड्ने बाटो र मोटर बाटो जहाँ चौपाया निषेध छ त्यो ठाउँ मा आरुपखडा, खुर्पानी जस्ता फल-फूल को बिरुवा लगाउने तथा आमा समुहहरुले हरेक वडाले आफ्नो वडा शुरु हुने बाटो मा गेटफूल रोपेर स्वागत द्वार जस्तै बनाउने।

सबै कुरा भन्नु र गर्नु उतिकै सजिलो कुरा होईन भन्दा सजिलो र पुरागर्न गाह्रो हुन्छ। तै पनि हामी बिच को एकता र बिश्वास भयो भने कुनै पनि काम गर्नु गाह्रो कुरा होईन र यि कुराहरु निस्चित ब्याक्ति र सामुदायको को हित को लागी पनि होईन। समग्र सबै को लागी र बेटर वाखेत को लागी हो।

सबै काम सफल हुन्छ भन्ने पनि छैन। तर कोशिस गर्नु पनि ठुलो कुरा हो।

भुपु हरुले कोशिस गर्नु भयो।

-बैसाख पालो को पेन्शन बाट – ५७० २० (Fifty Seven Thousand Twenty Rupees) जम्मा पार्नु भयो।
-हरेलो मेला सन्चालन पछि बचेको बचत बाट घारसुन्ना युवा कल्वले – १,५०,००० ( One Hundred Fifty Thusand Rs.) ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” सहकार्य सहयोग गर्नु भयो।
-२०७० को तिहार मा खेलिएको भैलो बाट सँकलन भएको सहयोग – ९३,९१५ ( Ninety Three Thousand Nine Hundred Fifteen only)

– मँगसिर को पेन्शन पालो मा भुपु गोर्खा पेन्शनरहरु बाट – ९०,००० गरि अहिले सम्म ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” मा निम्न बचत भएको छ।

बैसाख पालो-57020
युवा कल्व-150000
भैलो कार्यक्रम-93915
मँगसीर पालो-90000
कुल रकम जम्मा- 390935

कृपया देश बिदेशमा भएका भुपुहरुले यो प्रोजेक्ट लाई हामी सबैको प्रोजेक्ट सम्झेर आफ्नो ईच्छा अनुसार को सहयोग गर्नु होला। हजुर हरु को अमुल्य सहयोग र माया ले मात्रै यो अभियान सफल हुन सक्छ। मात्रै भवन बनाउन र भित्ता मा नाम लेख्नु यो अभियान को उदेश्य होईन। पुराना पुस्ताको योगदान लाई नयाँ पुस्ता लाई चिनाउनु यो प्रोजेक्ट को उद्देश्य हो। हामी योगदान दिनेहरुको नाम भित्ता मा होईन पुरै वाखेत र नयाँ पुस्ता को मन मा लेख्न चाहान्छौ।

हरेक पुस्तालाई कम्प्युटर साक्षरता बनाउको लागी हामीलाई सबैको सहकार्यको जरुरत छ। ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” र भवन नामकरण गर्नु को एउटै कारण यहि हो जेनेरेशन ग्याप लाई नजिक गर्नु। कम्प्युटर जानेको पुस्ताले शिकारु पुस्तालाई कम्प्युटर सिकाउनु र ५ बर्ष भित्र वाखेत का सबै उमेर, लिङग र सामुदायलाई कम्पयुटर साक्षरता गराएर हरेक ठाउँ मा आफ्नो कुरा राख्न सक्ने र हरेक परिस्थितिमा आफ्नो बिकास गर्न सक्ने पुस्ता तैयार पार्नु नै यो प्रोजेक्ट को उद्देश्य हो।

देश बिदेश मा रहनु हुने सम्पु्र्ण भुपु हरुलाई बिनम्र अनुरोध छ हजुरहरु को ब्यस्त समाय निकालेर यो अभियान लाई आफ्नो नजिक को साथी सँग छलफल गर्नुहोस। जति ईच्छा लाग्छ त्यति सहयोग गर्नुहोस। धेरैले यो प्रोजेक्ट लाई बिध्यालय को लागी चन्दा उठाउने बाहाना हो भन्ने गुनासो आएको पनि थाहा छ। यो जायज पनि छ। हामी सँस्थागत रुप मै यो गर्ने छौ र नयाँ पुस्ता लाई सन्देश छोड्ने छौ। हामीले थोपा थोपा गरेर भरेका सफलता का धैला हरु जुन धैला ले सयौ कलिला थुँगाहरु ले आधुनिक कम्पयुटर र गुणस्तरीय शिक्षा लिन अवसर आफ्नै दैलो मा पाउने छन। माटोको माया बोकेर- पुर्वज को आशिर्वाद बोकेर।

धन्यबाद।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s