सम्झनाको स्पर्शहरु: गान्तोक को काँचो पैयुँ

जमानाको कुरा
सम्झनाको स्पर्शहरु: गान्तोक को काँचो पैयुँ

१९९६ तिर MG Road Gangtok, (सिक्किम) मा दोहोरो गाडी आउजाउ गर्दथे। प्लाजर ग्राउण्डमा अहिलेको जस्तो स्टेडियम नै थिएन। जम्बो सर्कस मैले बाँस कै सिडी मा बसेर हेरेको हुँ। देउरालीमा केबुल कार नै थिएन। केई हाङ स्कुल कै कम्पाउण्डमा साउनमा पनि नपाकेका काँचो पैयुँ का दानाहरुले मैले अन्दाजा लगाउथे यो ठाउँ मेरो गाउँ भन्दा पनि लेक होला। नेपालमा पैयुँ वैसाखमा पाकेर असार मै झरि सकेको हुन्छ। बाजुरा मा नेपाली फिल्म हरेर फर्कदा र बाटोमा मोतीराम भट्ट सालिक देख्दा यो नेपाल नै होकि जस्तो भ्रम लाग्दथ्यो। डेनजुङ हलमा फिल्म हेर्दा हेर्दै बिजुली गएर जेनेटरबाट हल चल्दा जेनेटरमा आएको खराबीले हलमा आगो लाग्दा भागेर ज्यान जोगाउन सकेको भाग्यमानी हुँ जस्तो लागेको थियो। लोडसेडिंङ समस्या नेपालमा मात्रै होईन अरुठाउँ मा पनि छ भन्ने सन्तोष लाग्दथ्यो। अहिले गान्तोक को मनोमहोकता यु ट्युबले सानसित देखाउछ। हामी कहाँ बाट कहाँ पुगि सक्यौ।

खादा (जुन अहिले नेपालमा पनि स्वागतमा गलामा ओढाईन्छ) मैले पहिलो पटक त्यही देखेको थिए। चिमी दिदी र पामको छोरीको नाम राख्दा। अहिले खादा नेपाल मै पनि हरियो, निलो, पहेलो, क्रिम कलरमा आईपुगेछ। कसैले ओम शान्ती ओम लेखि सकेछन कसैले कल्वको नाम लेखेर दाता सम्मान मा प्रयोग गर्दा रहेछन।

(स्यानु पाईजा
जमानाको कुरा
सम्झनाको स्पर्शहरु: गान्तोक को काँचो पैयुँ)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s