जमानाको कुरा- वाखेत को मञ्च को निर्माण को सुरुवाट पनि भैलो बाटै सुरु भएको हो।

जमानाको कुरा- वाखेत को मञ्च को निर्माण को सुरुवाट पनि भैलो बाटै सुरु भएको हो।

घारसुन्ना युवा कल्व स्थापना को कागजी रुपमा २०-२६ बर्ष पहिल्यै स्थापना भएको हो। सँस्थागत दर्ता भने २०५९ घारसुन्ना लालीगुराँस युवा कल्वको रुपमा भएको छ।

घारसुन्ना लाली गुराँस ले गरेको पहिलो सामाजिक – वाखेत को मञ्च निर्माण

बिक्रम संबत २०५२-५३ (१९९५-९६) तिर वाखेतको युवाहरुले नयाँ जोश जाँगर देखाए । यो भन्दा पहिले सँस्कृतिक कार्यक्रम र खेलकुद कार्यक्रम मात्रै गर्ने युवा कल्वले समाज सेवा को पहिलो पाईलो वाखेत को मञ्च निर्माण गरेर सुरुवाट गरेको हो।

केहि गर्नु पर्छ भन्ने भावना ले प्ररेरित थियो यो मंञ्च निर्माण, यो भन्दा अगाडी आसपासको छिमेकी गाउँ मा पात्लेखेत को स्कुलमा मात्रै सानो मञ्च थियो। छिमेकी गाबिसमा समेट मञ्च वाखेत मा मञ्च बने पछि मात्रै त्यहाँ पनि बनेको हो।

मञ्च निर्माण को बारेम बुझ्न यो बेला का मञ्च निर्माण समितिका नेतृत्व गर्ने केशव पुन सँग कुराकानी गर्दा उहाँले मञ्च बनाउनु एउटा सपना भएको र यस्को निर्माण प्रसँगमा भएको सम्झनाहरु सुनाउदा यो प्रसँगलाई जमानाको कुरा- मा सँग्रह गर्न पाए वाखेत र कल्व को बारेमा पछिल्ला पुस्ताले अधिल्ला पुस्ताको योगदान हरु हेर्न पाउने छन भन्ने लाग्यो र संग्रह कै रुपमा यो मंञ्चलाई बचाउन मनलाग्यो। आज भन्दा १०-२० बर्ष पहिले बनेको यो मञ्च नयाँ मोडेल मा जान पनि सक्छ तर यस्को चिनो र सम्झना कहि न कहि त हुनु पर्छ भन्ने लागेर नै यो बल्ग तैयार गरेको छु।

२०५२ साल को तिहार को देउसी भैलो कार्यक्रम- नै मञ्च निर्माण को लागी खेलिएको पहिलो कल्व भैलो हो। यो भन्दा पहिले युवाहरु उमेर समुहमा भैलो खेल्थे र भाले, बाख्रा, या राँगो सँकलन रकम अनुसार जे किन्न सम्भव छ त्यो किनेर बनभोज गर्दथे। २०५२ साल वाखेत मा नयाँ कामको सुरुवाट भएको साल हो। जुन बर्ष युवाहरुले बनभोज होईन मन्च बनाउछौ बनेर भैलो खेले र मंञ्च पनि बनाए।

कसरी बन्यो मंञ्च ?

त्यो बेला मंञ्च बनाउन खेलिएको देउसी भैलो कार्यक्रम मा ५ हजार रुपैया सँकलन भयो। भैलो समुहमा त्यो बेला का कल्व प्रतिनिधिहरु – केशव पुन, तिलक थापा, भेष ब. थापा,दिलकुमारी राम्जाली, बबिता गौचन, तमती पाईजा, उमा पाईजा, लगायत गाउँमा हुने जति युवा र युवती को सहकार्य भैलो थियो। भैलो मा सँकलन भएको रकमले मात्रै मञ्च नबन्ने भए पछि केशव पुन आफै काठमाडौ मा सहयोग को लागी अपिल गर्नु भयो र काठमाडौ बाट हेम राम्जाली, पुर्ण राम्जाली युवाहरुले काठमाडौ बासी वाखेतहरु बाट १२ हजार भन्दा बढि रकम सँकलन गरेर पठाईदिनु भयो। वाखेत ले काठमाडौ को सहयोग को धन्यबाद अक्षर मा कतै पनि नराखेको देख्दा कहिले कहि दुख पनि लाग्छ। सम्भवत कल्व को फाईलहरु मा उहाँहरुले गर्नु भएको सहयोग हरुको रेकर्ड छ भने डिजटलाईज गर्नु पर्छ र पछिका पु्स्ताले पनि हेर्न मिल्ने बनाउनु पर्छ।

सजिलो थिएन काम गर्न – समुहमा काम गर्नु नसक्नु हरेक गाउँ को पुरानो रोग हो। यो त्यो बेला पनि थियो र अहिले पनि छ। बनभोज र पिकनिक खानलाई जति युवा भैलो मा सहभागि हुन्थे त्यति युवाले साथ दिएनन मन्च बनाउने भैलो लाई। तै पनि भैलो चल्यो र ईतिहास बनेर उभियो वाखेत को मञ्च। केशव पुन भन्नु हुन्छ – आर्थिक अभाव थियो, देश दुनियाँ नदेखेको, नदुलेको ले मञ्च होचो भयो। त्यो बेला र अहिले तुलना गर्दा यस्तो लागेको हो उहाँ लाई त्यो बेला मञ्च को सान नै अलग थियो।

ठेक्का – थहर ब. रोका ले लिनु भयो।

भैलो खेलेको ५ हजार र काठमाडौ बाट आएको १२ हजार ले लौ समाजको काम हो म बनाईदिन्छु भनेर थहर ब. रोकाले ठेक्का लिनु भयो। बनसमितिले सल्ला को काठ दियो। बन्दा बन्दै उहालाई घाटा लाग्यो। ढुङगा ले छाउने मञ्च १७ हजार मा के बनोस। युवाहरुलाई छाउने ढुँगाको छपनी बोकि दिन अनुरोध ठकेदार को भयो। त्यति बेला पनि ठेक्का दिएको हामीले किन बोक्ने भन्ने भावना युवाहरुमा थियो। कसैले पनि ढुँगा बोक्न सहयोग गरेनन। तिलक थापा र केशब पुन ले दोवाखर्क बाट ढुँगा बोके। अन्तत मञ्च बजेट ले सकिन गाह्रो भए पछि १-१ दिन सिपालुहरुलाई सहयोग गर्नु अनुरोध गरियो। नन्दे खर्क का सिपालु हरुले आएर छाना छाईदिने सहयोग गरेर दुख सुख वाखेत को मंञ्च बन्यो।

त्यस पछि समाज सेवा हरु सँस्थागत रुपमा सुरु भए।

धार्मिक लाखे समुहले- रेले देखि दोगाने ( रेम ब. रोका को बारी छेउ देखि- दल ब. रोका को घर अगाडी सम्मको खडकेरी ढुँगे बाटो) बनाए। त्यो हरेलो बाट कृष्ण चरित्र, रामलिला देखाएर दान मा आएको पैसा ले बनेको थियो।

१९९६ तिर नै केशव पुन हँगकङ पुगे पछि पनि समाज सेवा र कल्वलाई समाजिक काम मा प्रेरित गरि हनु भयो। बिनोद रोका (सिंगापुर छदा, हंङकङ बा कार्यरत वाखेतहरुको सहयोगमा) फेरी वाखेतले अर्को कामलाग्ने पुर्वधार बनायो। त्यो हरेलो मेला को ग्राउण्ड को डिल मा बनेको पर्खाल र तार जाली बार थियो। यो ३५ हजार भन्दा बढि को लागत मा बनेको थियो। त्यहि बर्ष नै कल्वले पनि आफ्नै बचत ले ग्राउण्ड को कुना तिर को दर्शक बस्ने सिढीहरु बनायो।

घारसुन्ना लाली गुराँस युवा कल्ब ले गरेको सबै भन्दा ठुलो काम

कल्व को सँयोजनमा २०६९ मा हेल्थ पोष्ठ को लागी जग्गा किन्ने कार्य को सँयोजन गर्यो कल्वले यस्का संयोजक घारसुन्ना युवा कल्व सचिब रिम प्रसाद रोका हुनु हुन्छ। गोपाल सुनार, भिम रोका, खडक रोका, उहाँ को दाजु ४ जनाको जग्गा एकै पटकमा मनाउन सजिलो काम थिएन। कल्वको सँयोजन मा यो काम सफलता पुर्वक भयो। आमासुमहले निशुल्क खानपिन र खाजा को बन्दोबस्तो गरे यो नै आमासमुह-युवाहरुको सबै भन्दा ठुलो सहकार्य हो।

यसै बर्ष वाखेतले आँखा सिबिर जस्तो प्रबिधिक कार्य को ब्यबस्थापन पनि गर्यो यस्ले क्लव को हिमालयन आँखा अस्पताल को प्रबिधिक सहयोग र लायन्स कल्व पोखराको सहयोग मा सम्पन्न आँखा सिबिर नै वाखेत को ईतिहास मा सबै भन्दा ठुलो सिबिर हो। यो भन्दा पहिले स्थायी परिवार नियोजन को शिबिर मात्रै वाखेत मा बसेको थियो।

यो बर्ष पनि भुपु हरुको अगुवाईमा खेलिएको देउसी भैलो कार्यक्रम मा उठेको रकम ले पछि का पुस्ताले पनि काम लाग्ने काम हुदैछ। जस्मा युवाहरुको सहकार्य पनि हुदैछ। यस्ले पछिका पु्स्तालाई प्रेरणा दिनेछ। हामीले हाम्रो अभिभाबकहरु भुपु हरुको योगदानलाई सँस्थागतरुपमा उहाँहरुको सम्झना भवन नै नामकरण गरेर राख्न सक्यौ भने योगदान दिनेहरुको नाम वाखेत को नयाँ पुस्ताले पनि सम्झि रहनेछ।

भैलो कार्यक्रम मा भुपु गोर्खा सैनिकहरु

भैलो कार्यक्रम मा भुपु गोर्खा सैनिकहरु

हिमालयन आँखा हस्पताल पोखरा र लायन्स कल्व पोखरा को प्रबिधिक सहयोग मा घारसुन्ना लालीगुरास युवा कल्बले ब्यबस्थापन गरेको आँखा सिबिर

हिमालयन आँखा हस्पताल पोखरा र लायन्स कल्व पोखरा को प्रबिधिक सहयोग मा घारसुन्ना लालीगुरास युवा कल्बले ब्यबस्थापन गरेको आँखा सिबिर

दिलकुमारी राम्जाली( गर्बुजा): कल्बलाई स्टेज पर्दा हस्ताणतर पछि सम्मान कार्यक्रममा

दिलकुमारी राम्जाली( गर्बुजा): कल्बलाई स्टेज पर्दा हस्ताणतर पछि सम्मान कार्यक्रममा

घासुन्ना लाली गुरास युवा कल्वको संयोजनमा किनिएको जग्गा

घासुन्ना लाली गुरास युवा कल्वको संयोजनमा किनिएको जग्गा

 

—————————————-
काम गर्नु सजिलो हुदैन। तैपनि काम गर्दै जानु पर्छ । अहिले सम्म भएका समाज सेवा का काम हरु प्रसँसानिय छन। आउदो दिनमा अझै कल्व र वाखेतले थप योगदानहरु दिन सकोस। अर्को बल्ग मा वाखेत सहकार्यको लेख्न पाईयोस। धन्यबाद।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s