वाखेतका जेष्ठ नागरिक हरु

जमानाको कुरा: वाखेतका जेष्ठ नागरिक हरु

वाखेतका जेष्ठ नागरिक हरु, यो नाम छनौट २०७० साल को हरेलो मेला को उट्धाट्न गाउँ कै जेष्ठ नागरिक बाट गर्ने भन्ने सोच भएको बेला मा छनौट गरिएका नाम हुन।
यस्को २ उद्देश्य थिए –
१। जेष्ठ नागरिक सम्मान साथै हरेलो मेला को स्थानिय बाट उट्धाटन
२। परम्परात हरेलो मेला मा राजनितिक या बाहिरका अतिथिबाट उटधाटन आज र भबिष्यमा पनि नगर्ने चलन को स्थापना

यस बिषयमा मेला आयोजक समितिमा सुझाब पुराएको भए पनि उट्धाटन जेष्ठ नागरिकले गर्ने या नगर्ने टुङ्गो नआए पछि यो बिषय यति कै सकियो। यो सुझाव कल्वले पास गरेको भए हरेलो मेला को उट्घाट्न गर्ने वाखेत का जेष्ठ नागरिक नाम छनौट को सजिलो लागि निम्न नाम रोजिएका थिए।

-वाखेत का जेष्ठ अभिभावक – माया पाईजा- ८ बडा (९० बर्ष) (थगु,छक, टिका पाईजाको आमा)
-वाखेत का जेष्ठ अभिभावक – नन्दकला पुन- ९ बडा (८८ बर्ष) (शेर,रत्न, लोक ब. पुन, डेक पुन को बजै)
-वाखेत का जेष्ठ अभिभावक – भक्ति प्रसाद राम्जाली- ७ बडा (७८ बर्ष) (कुल ब राम्जाली,याम राम्जाली को बाबा, भिम प्रसाद राम्जाली को बाजे)
-वाखेत का जेष्ठ अभिभावक – भगवती पाईजा- ८ बडा (७८ बर्ष) (खडक ब. पाईजा, रमेश पाईजा को बाजे)
-वाखेत का जेष्ठ अभिभावक – चन्द्रकला थापा- ६ बडा (७७ बर्ष) (पदमा को आमा-जल्जला)

बडा नँ ९ बाट सुरु गर्दै १ सम्म पुग्ने कि के गर्ने भन्ने छलफल नै भएन कारण जेष्ठ नागरिकले उट्घाट्न गर्ने कि कस्ले गर्ने टुङगो मेला आयोजक समितिले निर्णय नै गरेनन। ९ बाट सुरु गर्नु को कारण १ बाट सुरु गर्दा १ वाखेत होईन भन्ने बिबाद निस्केला भन्ने डर लागेको थियो। १ वाखेत नहोला तर वाखेत पात्लेखेत गाबिस हो  भन्ने बुझाउनु समाय लाग्ला जस्तो लागेको थियो।हरेलो मेला वाखेत को मात्रै नभएर पुरै पात्लेखेत गाबिस को हो। समग्रमा नेपाल को सँस्कृतिको एउटा हिस्सा हो।

यदि जेष्ठ नागरिक बाट उट्धाटन भएको भए कसरी हुन्थ्यो ?

कल्व, आमासमुह, खेलाडी, गाउँले र आयोजक समिति आयोजक ले निर्धारण गरेको जेष्ठ नागरिको घरमा भेला भएर रमाईलो गर्दै जेष्ठ नागरिकलाई लिएर हरेलो ग्राउण्ड मा आएर गेट मा हरेलो पुजा गरिन्थ्यो। पुजा को लागी हरेलो समाग्रीहरु, डमी धानखेत या कोडो खेत सानो बक्समा तैयार हुन्थे र बिधिबत हरेलो पुजा गरेर हरेलो मेला उट्धाटन हुन्थ्यो। यस्ले मेला को नयाँ आकर्षण थप्ने थियो। हरेलो उटधाटन पछि आयोजकले उहाँ को सम्मान मा एउटा दोसल्ला या खादा ओढाउन सक्थ्यो। यस्ले जेष्ठ नागरिक सम्मान लाई परम्परा सँगे जोडेर लैजान सकिन्थ्यो। अन्य ठाउँमा पनि सकरात्मक सन्देश लैजान सजिलै सक्ने थियो। यस्ले साना नानीहरुलाई हरेलो कसरी मनाईन्छ र पुजा कसरी गरिन्छ भिडियो हेरेकै भरमा पनि देश बिदेश मा बुझ्न सक्ने थिए। साथै सिनियर नागरिक माथी को सम्मान पनि मन मा पालेर हुर्किने थिए।

तैपनि जेष्ठ नागरिकहरुको नाम लाई जमानाको कुरा मा भए पनि सँग्रह गर्न मन लागेको ले यो बल्ग पोस्ट तैयार गरेको हो।

(माथीका जेष्ठ नागरिक छनौट नागरिकतामा भएको उमेरको हिसाबले छ)

-स्यानु पाईजा
वाखेत डायरी बाट

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s