विद्यालयको कम्प्यूटर भवनका लागि देउसी– भैलो कार्यक्रम

बेनीअनलाइन डेक्स

साभार स्रोत http://benionline.com.np/36693.html
म्याग्दीको पाप्लेखेत गाविस–८ स्थित वाखेतमा रहेको विद्योदय निमावीमा कम्प्यूटर भवन निर्माणका लागि भुपु सैनिकले देउसीभैलो कार्यक्रमको आयोजना गरेका छन । पाखापानी स्रोतकेन्द अन्र्तरगत पर्ने विद्यालयमा आगामी सैक्षिकसत्र देखि कम्प्युटर कक्षा सञ्चालनका लागि भुपु सैनिकहरूको प्रयासमा गाविसका सबै वडामा देउसी खेलिने विद्यालयका प्रअ मनविर किसानले बताए ।
1391995_698325903512459_2484927_n
“उहाँहरुको प्रयासबाट हामी उत्साहित छौ” । प्रवासमा रहेकाहरूबाट समेत निरन्तर सहयोग पाइरहेका छौ” किसानले बेनीअनलाइनसँग भने । देउसीभैलो सँगै विद्यालयमा अध्यायरत विद्यार्थीका अभिभावकलाई भेट्ने, विद्यालयका बारेमा जानकारी गराउने र भावि योजनाहरू समेत जानकारी गराउने देउसीभैलो संयोजक भुपु सैनिक खड्क बहादुर रोकाले बताए । “हामी विद्यालयको भौतिक पुर्वाधार जुटाउने प्रयासमा छौ” । आफ्नो गाउँमा रहेका विद्यालयका लागि अनुकरणीय काम गर्न पाउँदा खुसी छौ” उनले बेनीअनलाइनसँग भने ।
1455110_698326436845739_1243529416_n
जिल्लामा नमुना विद्यालयमा रुपमा चिनिने विद्योदयका भौतिक, शैक्षिक पुर्वाधार विस्तारका लागि विदेशमा रहेका स्थानियले समेत नियमित सहयोग गर्दै आइरहेका छन । विद्यालयले ईलाईब्ररी बनाउने योजना समेत छ । विद्यालयमा १ सय ७२ जना विद्यार्थी अध्यायरत छन् ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s