सम्झनाको स्पर्श: Nepali Unicode Romanized को सम्झनामा

सम्झनाको स्पर्श: Nepali Unicode Romanized को सम्झनामा

सुरुवाट को दिनमा Nepali Unicode Romanized

सन 2000 पुर्व ईन्टरनेटका कन्टेन्टहरु समेट युनिकोड मा थिएनन। सबै देशका मानिसले ईन्टरनेट मा रहेका आफ्नो भाषा को कन्टेन्ट पढ्न पनि फन्टहरु ईनस्टल गर्नु पर्ने हुन्थ्यो। नेपाली का फन्ट को कुरा गर्दा प्रिटी, मनकामना, हिमाल, रुक्मेणी जस्ता फन्टहरु ईन्टसल नगरे सम्म हामीले अनलाईन पत्रप्रत्रिकाहरु पढ्न सक्दैनथ्यौ। त्यसो त त्यो बेला ईन्टरनेट चलाउन साईबरहरुमा समेट आईडि बुझाएर प्रयोगकर्ता पुस्तिकामा नाम लेखाएर मात्रै प्रयोग गर्न पाउदथ्यौ।

Windows Operating System 95, 98, 2000, Millennium, Xp, Vista, Windows7, Window8 का कयौ भर्जनहरु देखि सक्यौ र प्रयोग पनि गर्यौ। कुनै समयामा Nepali Unicode Romanized कम्प्युटर मा ईन्टल गर्नु पनि युद्व जिते जतिकै खुसीको कुरा हुन्थ्यो। थुप्रै किसिम को सेटिङहरु मिलाउनु पर्ने हुन्थ्यो।

नेपाली कम्प्युटिङ सिस्टम (Nepali Computing System)

नेपाली कम्प्युटिङ सिस्टम (Nepali Computing System) भनेर आएको थियो सुरुमा Nepali Unicode Romanized यो सिस्टम टयार पार्नको लागी मदन पुस्तकालय लाई १० हजार डलर लागेको थियो रे भन्ने सुनिन्थे त्यो बेला,नेपाली कम्प्युटिङ सिस्टम (Nepali Computing System) आफ्नो कम्प्युटर मा हालेको दिन आज पनि याद छ यति खुसी लागेको थियो ब्याक्त गर्ने शब्द छैन। कमल गुरुङ को साथी पछि मेरो पनि साथी पुरण गुरुङ म उहाँहरुलाई साथी भन्दा पनि म गुरु मान्दछु। नेपाली कम्प्युटिङ सिस्टम (Nepali Computing System) सजिलो भने थिएन। Windows बाट एसियन ल्यावङगेज एड गर्नु पर्ने थियो। .Net Frame work ईन्टल पनि गर्नु पर्दथ्यो। र रिजनल ल्याङगेवज मा गएर किवर्ड लेआउट एड गर्नु पर्दथ्यो। सो नगरिकन युनिकोड नेपाली चल्दैनथे। यो क्रम Windows XP सम्म थियो। Window Vista पछिका भर्जन मा भने यस्ता सेटिङहरु मिलाउन पर्दैनथे। ईनस्टल गरे पुग्ने भयो।

६ महिना को टलव ले आफ्नै कम्प्युटर किन्दा

1999 मा मैले आफ्नै कम्पयुटर किनेको थिए Intel Pentium III कम्प्युटर किन्दा ६ महिना को तलव पुरै लागेको थियो। रहर को आगाडी पैसा केहि पनि होईन भन्ने उदाहरण मै थिए। त्यो बेला सबैले मेरो मजाक उडाउथे।बजार मा कुन सफ्टवयर आएको छ, कम्प्युटरको कुन प्रोसेसर लेटस्ट हो यहि मात्रै खोजी हुन्थे। प्रोसेसर कुन कुन कम्पनीले बनाउछन, कुन कम्पनी को प्रोसेस कति सम्म पुगेको छ हाम्रो ध्यान यतिमात्रै हुन्थे। जागीर को ठुलो हिस्सा यस्तै कुरामा खर्च हुन्थे। बाँकी खर्च भने जिरो बराबर। सिडि जम्मा पार्नु शोख बराबर नै थियो। अहिले सस्तो खालको कम्पयुटर महिना मै २ वटा किन्न सक्छौ।तर त्यो बले कम्प्युटर किन्न कि त पैसा वाला हुनु पर्दथ्यो कि म जस्तै क्रेजी मान्छे हुनु पर्दथ्यो। हामीले काम गर्ने कम्पनीमा Intel Pentium II का गिनाचुना कम्प्युटर हुदा Intel Pentium III पर्सनल कम्प्युटर किन्न सक्ने कामदार थिए म कुनै बेला कहिले कहि सम्झदा आफ्नै पागलपन मा हाँसो लाग्दछ। अहिले ति कम्प्युटरहरु चलेको सुन्दा पनि अचम्म लाग्छ। प्रोसेसिङ हुदा किरररर का आवाज आउदथे। कि वोर्ड हरु टाईपराईटर जस्तै कराउथे। माईक्रोसफ्ट बिभाजन नभएको भए र रेड ह्याट( लुनेक्स) जस्ता ओपेन सोर्स का प्रोग्रामहरु नआएको भए अझै पनि कम्प्युटरहरु महँगो नै हुने थिए। अहिले गुगल को क्रोम जस्ता अपरेटिङ सिस्टमहरु फ्रिमा डाउनलोड गर्नु पाईन्छ। १९९८ पुर्व यस्ता अप्सनहरु थिएनन। एक किसिमले माईक्रोसफ्ट को मनोपोली थियो।

2000 सम्म मा ईन्टरनेट सहज थिएन

साउदी अरव मा काम गर्छु भन्दा मानिसहरु नाक खुम्चाउथे र अझै पनि खुम्चाउछन। डिस्क एन्टिना ईलिगल थियो यहाँ कसै कसैले लुकिचोरी राखेका हुन्थे। यहाँका धर्मगुरु(मतुवा) हरुले यस्तो खबर पाए भने कठकडी नै लगाएर लैजान्थे हामी आउने ताका, क्याम्प मा रिक्रियशन हल थियो त्यसमा कम्पनीले फिल्म देखाउथ्यो। साँझ को खाना सकेर हामी फिल्म हेर्दथ्यौ। साउदी रियल २५ रुपैया डिपोजिट राखे पछि ५ रियल भाडा मा भिएचएस क्यासेटहरु पाईन्थे। ईलिगल (सेन्सर नभएका) फिल्महरु छन भने अझै बढि लाग्दथे। सेन्सर हाँसो उठ्दो खालको थियो। चुम्वन मात्रै होईन भगवान को मुर्तिहरु को सिन मा समेट फूल या अन्य लेयर थपिएका हुन्थे। मुवाईल फोन थिएन भने ईन्टरनेट सहज हुने कुरा भएन। २००० को आसपास मा आएर बल्ल फेमेली नम्वर ८ वटा नम्मर मा मात्रै डाईल गर्नु मिल्ने मुवाईल सेवा साउदीमा आयो। मुवाईल सेवा सुरु भए पछि मुवाईल पसलहरु खोल्न थाले। त्यसको १ बर्ष पछि बल्ल सर्वसाधारणलाई खुल्ला भयो त्यो पनि स्पोन्सर को सिक्नेचर र कम्पनी को एप्रुभल लेटर लिएर गए पछि प्रकृया पुराएर नम्वर पाईन्थे।युसबी फ्लास ड्राईभ हुनु र मुवाईल हुनु ठुलै सान को कुरा थिए कुनै बेला। कतिले देखाउनलाई होला मुवाईल र फ्लास ड्राईभ हरु कि चेन मा बाहिरै देख्ने गरि बोकेका हुन्थे। हामी जस्तै ग्याजेट मा चासो राख्ने हरुले एक पटक आँखा पुराउने गर्दथ्यौ। अहिले १० रियल मा पाईन्छ त्यस्ता सिमहरु र हरेक सँग २ या ३ मुवाईल सेट छन। त्यो बेला पब्लिक मा फोटो खिच्न समेट अनुमति थिएन। मुवाईलमा क्यामरा हुने कुरा भएन। पहिलो पटक हिडन क्यामारा भएको मोडेल को मुवाईल कोहि नभएको मौका पारेर लुकाएर देखाउथे बिचरा मुवाईल पसलेहरु।

मुवाईल पछि ईन्टरनेट पनि आम भयो।

१० रियल घन्टा तिरेर स्लो ईन्टरनेट मा बसेको सम्झने हो भने अहिले मजाक जस्तै लाग्छ। त्यो पनि एउटा ईमेल डाउनलोड गर्नलाई समेट एडमिन को अनुमति चाहिने बेला र अहिले को तुलना नै छैन। यस्लाई भन्छ प्रबिधिलाई अपनाएन भने मानिस मात्रै होईन देश पनि पछि पर्छ। एडिएसएल, अन्य पाकेजहरु सहज भए पछि बल्ल ईन्टरनेट सर्वसाधारण को पहुचमा पुगेको हो। ईन्टरनेट आम भए पछि याहु म्यासेन्जर, गुगल टक, स्काईप, ओभो सयौ को सँख्यामा यस्ता सेवाहरु आए जस्ले मानिसलाई आफ्नो छनौट को सेवा लिने मौका दिए। त्यसमा पनि हाईफाईभ, फेसबुक जस्ता सोसियल नेटवर्क साईटहरु आएपछि भने कम्पयुटर काम को लागी मात्रै होईन समाय कात्न को लागी पनि आवश्यक भयो। फेशबुक नबनेको भए अझै पनि सन्सारका ३० प्रतिशत मानिस ले कम्प्युटर प्रयोग गरेका हुने थिएनन। सोसियल साईटहरु नबनेका भए कम्पयुटर ५० प्रतिसत मानिस को लागी ईन्सटल गरेको गेम खेल्न र फिल्म हेर्ने मेसिन बाहेक केहि पनि हुने थिएन। सोरियल नेटवर्क साईटहरुले गर्दा नै हो कम्पयुटर को कन्ज्युमर बढेको अहिले बिदेशमा काम गर्ने हरेक ९० जना मा ८५ जनाले पर्शनल कम्प्युटर प्रयोग गर्दछ। अनि स्वदेशमा हरेक १०० मा ६० जनाले आफु घर जाँदा आफ्नो परिवार लाई कम्पयुटर लैजान्छ। यसरी ब्यापर हुनु को कारण प्रबिधि सस्तो हुनु हो। पहिले जस्तो आधा बर्ष को तलव लाग्ने भए कस्को हिम्मत ? अचेल महिना मा १ कम्युटर आम जो कोहि कामदारले किन्न सक्छ।नेपाल मा हामीहरु पछि पर्नु को कारण ज्याला महँगो हुनु पनि हो। नेपालका खेती योग्य जमिन बाँझो बस्नु पनि ज्याला बृद्दी का असर हुन।

फेरी युनिकोड कै कुरा

याहु म्यासेन्जर चलाउने बेला नै २५० भन्दा बढि को कम्पयुटरमा Nepali Unicode Romanized ईन्सटल गराई सकेको थिए। ईमेल गरेर युनिकोड पठाए पछि ल्याङगेवज प्याक फलानो फोल्डर मा पेस्ट गर्नुस। कन्ट्रोल प्यानल मा गएर किवर्ड लेआउट एड गर्नुहोस बनेर नै बित्थे दिनहरु। Nepali Unicode Romanized कम्प्युटर मा सफलता को साथ ईन्टसल गर्दा को पल मलाई मैले नेपाली भाषा को लागी केहि गरेको छु जस्तो आत्मसन्तुस्ती लाग्दथ्यो। WindowsXP पुर्व का कम्पयुटरहरुमा Nepali Unicode Romanized ईन्सटल गराउन अनुभबी मानिस नै चाहिन्थे। अब त्यो जरुरत छैन। यो ३० सेकन्ड भित्र जस्ले जतिबेला पनि गर्न सक्छ। यसैलाई भन्छन प्रबिधिको बिकास।

फेशबुक को क्रेज हुने समायमा हरेक महिना नै ३-१० कम्पयुटरहरु मा Nepali Unicode Romanized ईन्टसल गरेको सत्य हो।४९० भन्दा बढि जनाको कम्प्युटर मा Nepali Unicode Romanized गर्दा को आत्मसन्तुष्ठी मेरो घमण्ड होईन नेपाली भाषा प्रति मानिस को मोह को सम्मान हो।

कम्पयुटर पढेलेखेका जेन्टलमेन्ट को लागी मात्रै होईन। यो हरेक को लागी हो। मैले यो अबुभव यति बेला गरेको छु। कतिपय को कम्पयुटर मा Nepali Unicode Romanized ईन्सटल गरे पछि टेस्ट गर्न MS Word (Ms Office) खोज्दा ईन्सटल नै नभएको पाएको छु। कुनै बेला यस्तो समाय थियो कम्पयुटर सिक्न को लागी MS Word हरु अनिबार्य थिए तर अब रहेनन भन्ने अनुमान मैले सयौ त्यस्ता कम्य्युटर प्रयोग कर्ता देखेर गरेको छु।

मेरो जिवन को एउटा लक्ष्य नै मेरो गाउँ को हरेको ले आफ्नो एकाउन्ट लगअन गर्ने सक्ने बनाउने रहेको छ।मैले मेरो गाउँ मा यो सफलता साथ गरे भने अर्को ले उस्को गाउँ मा गर्छ। यसरी नै त हो नेपाल कम्प्युटर साक्षर हुने। यस्तो भयो भने ३ बर्ष पनि लाग्ने छैन। त्यसैको लागी गृहकार्यहरु भै रहेको छ। मानिसले भन्छन ईन्टरनेट मा यो छ उ छ फोहरी कुरा हरु बढि छ। ज्ञानी मानिसले फोहर छ भन्ने थाहा पाएरै फोहर माथी प्लेट राखेर खादैन। सिक्न चाहे यस्मा धेरै राम्रा कुराहरु पनि छन। कृर्षी प्रधान देश को शिक्षा ले कुन खेतिको लागी कति पिएच लेवल चाहिन्छ कहिल्यै सिकाएन तर ईन्टरनेट ले मलाई कुन खेती कति पिएच को माटो मा हुन्छ भनेर सजिलै सिकाएको छ। ईन्टरनेट एक्सेस ति किसानहरु सामु पुराउने हो भने उनिहरुले सजिलै कृर्षी सुधार गर्न सक्छन। परम्परागत कृर्षी अनपढहरु को जिम्मा मा छाडेको ले नै नेपाल परनिर्भर भएको हो। गुगल सर्च गर्न सक्ने किसानहरुले खेती सुरु गरे भने नेपालीले अरुको दास भएर जुनि कात्नु पर्दैन। हामी गरिव लिभिङ स्टाण्ड ले मात्रै हो। हरेक नेपाली को आफ्नो घर छ र धेरै थोरै जमिन पनि छ। देश,घर र जमिन हुनेहरु गरिव हुन भन्नु हामीहरु कै सोच को उपज हो। हाम्रो सोच को मानसिक गरिबि हो।
नेपाली परिवार महिना को यति तलव पाए भनेर मख्ख पर्छ तर परिवारको खर्च कटाउने हो भने उस्को बचत जिरो नै हुन्छ। देशको GDP कम्ती हुनु यसैको उपज हो। हरेक बर्ष परनिर्भरता बढ्दै जानु पनि यहि नै कारण हो। त्यसैले जागरुक नेपाली हौ भन्ने अव नोकरी होईन कम्तीमा २०% ब्यबसाय गर्नु पर्छ त्यो पनि कृर्षी किन कि हामीले बिदेशमा जति कमाएका छौ त्यो सबै खाने कुरा किनेर फेरि बिदेश फर्काएका छौ।

(जमनाको कुरा भित्र बाट
सम्झनाको स्पर्श: Nepali Unicode Romanized को सम्झनामा)
स्यानु पाईजा, पात्लेखेत-७, वाखेत म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s