वाखेतमा मौरी घार बनाउनु सुरु

वाखेतमा मौरी घार बनाउनु सुरु

जय प्रसाद पु्र्जा ले सुरु गरे मौरी को घार बनाउन। मौरी लाई ब्यबसायिक रुप दिन लाई हामी मौरी को गौला र घार मा आत्म निर्भर हुनु पर्छ।

अव हाम्रो जँगलहरुलाई पनि मौरी मैत्री बनाउनु आवश्यक छ। मह गाउँ अभियान सुतेर पुरा हुदैन सबैले जागेर काम गर्नु पर्छ। गोला बिस्तार गर्न र मौरी मैत्री बातवरण तैयार गर्न लाई मौरी क्यालेन्डर तैयार गर्न आवश्यक छ। कुन समाय मा मौरीलाई आवश्यक पोलन, चोप, पराग को प्रायप्त र अभाव पहिचान गरेर बातवरण मौरी मैत्री र उत्पादनमुखी बनाउनु पर्दछ। खास गरी असार साउन मा मौरी समस्या मा पर्ने गरेको छ।

धन्यबाद सबैलाई अव प्रचारले मात्र काम चल्दैन। बास्तबिक मेहेनती ब्यबसायी चाहिएको छ। जुन लगन बिना सम्भव छैन। एक झिरिङगो कुखुरा, एक हल गोरू, एउटा भैसी, २ बाख्रा को जिविका ले अव हुदैन यि परम्परागत कृर्षी ले हामीलाई काम गर्यो गर्यो बोरा को चामल किन्यो मा सिमित राखेको छ। अव परम्परागत खेती बाट ब्यबसायिकता मा प्रबेश गर्नु आवश्यकता छ।

ब्यबसायिकता भन्दा बित्तीकै अहिले को अहिल्यै फाईदा मा जाने प्रबिधि मा लाग्नु भन्दा माहुरी जस्तै बातबरण मैत्री र माटो मैत्री पेस्टिसाईट फ्री प्रबिधिहरु मा गयो भने हामी ले पैसा र धर्म एकै पटक एउटै ब्यबसाय बाट कमाउन सकिन्छ। फूलहरु फूल्छन बनजँगल राम्रो देखिन्छ। माहुरीहरु ले पोलन सँकलन सँगै बिरुवा को फोर्टिलाजेशन पनि गर्दछन यस्ले फलहरु को बिकास राम्रो हुन्छ। मह स्वास्थ्यको लागी गुणकारी छदैछ। यस बाट आउने प्रकृतिक मैन (वाक्स) बाट मैनबत्ती पनि बनाउन सक्छौ । अव फेसबुक मा झुण्डिएर बसे पछि परिन्छ। उत्पादन मा लाग्नु पर्छ। जागीर ले मानिस आफ्नो जीवन मात्रै सुखदुख चलाउछ। तर ब्यबसायले पुरै परिवारलाई भोलि को बाटो पनि देखाउछ।

धन्यबाद जय छिटै सुन्न पाउ तिमी सँग २०० घार माहुरी छ। यो यात्रालाई १०-२० मा सिमित न राख्नु। मानिसले खोजेको बेला मा खाली घार र माहुरी सहितको घार तिमीले उपलब्ध गराउन सक्नु पर्छ। ईन्टरनेट कन्सेसन गर र कुन ठाउँ मा कस्तो प्रबिधि अपनाएका छन त्यो अध्यान गर। ईन्टरनेट प्रयोग गर्न नजान्नेको लागी डम्पिङ साईट हो जहाँ फोहर मात्रै भेटिन्छ। खोज्न जान्ने को लागी अवसर को खानी र ज्ञान को स्रोत भण्डार हो।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s