सम्झनाको स्पर्श: रातो धागो ले बाँधिएको एउटा चिठी

जमानाको कुरा
सम्झनाको स्पर्श: रातो धागो ले बाँधिएको एउटा चिठी

खाम मा बन्द गरिएको समचार,खवर छोटकरीमा भन्नु पर्दा चिठी हो। खाम खबर या समचारलाई अरुले नदेख्ने या नबुझ्ने बनाउने सुरक्षा खोल हो। २० बर्ष पहिले सम्म बिदेश बाट थरि थरिका पत्रहरु आउने गर्दथे। सानो साईज को, ठुलो साईज को, टिकट टाँस्नु पर्ने, टिकट टाँस्नु नपर्ने, टिकट को पैसा चिठी बुझ्ने ले नै तिर्नु पर्ने र तिर्नु नपर्ने। चिठी भन्दा बित्तिकै त्यो बेला मानिस हरु त्यही सम्झन्थे। सादा खाम, रँगीन खाम या बुझ्दा पैसा तिर्नु पर्ला या नपर्ला। आज को बल्ग मा चिठ्ठी सँग जोडिएका सम्झनाहरु सुनाउने छौ।

जीवनका सानो सानो कुराले निकै ठुलो ठुलो कौतुहलता थपि दिन्छ। जीवनमा त्यस्तै भएको छ थुप्रै पटक का केटा केटीहरु खाम ले नै चिन्थे कस्को कस्तो चिठी हुन्छ भनेर आँगन मा खेलिरहेका केटा केटीले आफन्तको चिठी छ कि छैन हुलाकी देख्दा बित्ती कै झ्याँई – झ्याँई सोधि हाल्थे। चिठी छ भने पनि हुलाके ले छ भनेर छुट्टाउन दिन्थे तर घर मै नपुगि चिठि दिदैनथे। कतिपय अबस्थाम अग्रेजीका जोडिएका शब्दहरु नबुझेर घरि उस्लाई घरि उस्लाई यो के नाम हो भनेर सोध्ने गर्दथे। आँगन आँगन भेला भएर खेलि रहेका केटा केटीले पालै पालो कोशिस गर्दथे होईन भने हुलाके भिम ब. पाईजा को मा पुग्थे र कुन देश मा कस्को आफन्त छ त्यो आधार मा भए पनि नाम ठहराएर चिठी पुराउथे।

हामी सधै जस्तो हुलाके आयो। हामी त्यसरी नै दौडियौ हुलाके को अनुहार नै अमिलो थियो त्यो दिन। सधै रोकिने आँगन हरुमा रोकिएन हुलाके। हामी पछि पछि दौडियौ। हुलाके पुग्यो।

हामीले पहिलो पटक देख्यौ रातो धागो ले बाँधिएको चिठी

हुलाके ले हामीलाई नआए हुने जस्तो गरेर हेरेका थिए। कस्को चिठी कहिले आउछ सबैलाई कन्ठै जस्तै थियो। केटा केटी को बेला नगर भनेको कुरा गर्नु मन लाग्ने नजाउ भने को ठाउँ मा जानु मन लाग्ने, नखाउ भनेको कुरा झन छिटो खान मन लाग्ने । हुलाके ले सानो लठ्ठीले टाउको मा ट्याक- ट्याक पार्दा पनि हामी पछि लाग्न छाडेनौ। हुलाके पुग्यो खड्कसि थापा को घरमा (थापा काईला को बाबा) त्यहाँ भएका सबैले चिठी हेरेर निकै डराए। दुर्घटना या सिरियस ब्यक्ती को खवर रातो धागो ले बाँधिएर आउदो रहेछ। ईण्डियन आर्मीमा रहेका छोरा राम ब. थापा लाई बिद्रोहीले गोली हानेछ। घाईते भएको अस्पतालमा उपचार चलिरहेको खवर कम्पनीले पठाएको रहेछ। पत्रले हुलाके सहित जति जना ठुला मानिस थिए सबै रोए। केटा-केटी लखेटन परेन सबै लुरु लुरु आफ्नो घर तिर लागे र खवर फैलाए लतरा को दाईलाई गोली लाग्यो रे। भिम ब. पाईजा ले कुन ठाउँ कता भनेर पक्का गरे पछि भोलि पल्ट उनको बाबा र सहयोगीहरु ईण्डिया तिर लागे। गोली साप्रामा लागेको रहेछ खु्टा सधैको लागी काम नगर्ने भयो र सिँगो लाहुरे बैसाखी मा उभिने भयो। केहिे बर्ष पछि हामीले बैशाखी मा उभिएको लाहुरे देख्यौ।

गाउँ भरिका मानिसहरु उनिलाई हेर्न आए। कसैले बाँचेको मा खुसी ब्यक्त गरे, जसैले ज्यान आधा भयो भनेर चुक चुक गरे। फेरी एक पटक दुख नै सहि आँगन पहिले जस्तै चलपल भयो जसरी लाहुरे आउदा हुने गर्दथे। बजैले तौलिया को झोला खोलेर चिया पत्ती र जीरा सानो बटुका बाट आएका जतिलाई पुराए। सबैले पटुकी को छेउ छेउ मा अलग अलग पोका पारे। आँगन भरि गुन्द्री ओछ्याईए रम का बोटल हरु खोलिए। लहर मा बसेका बुढा-बुढीहरुले रम खान सुरु गरे। केटा केटी जतिले ल्याटक्टो, यो यो मिठाई मिठाई खान पाउथे। हामीले खाएको मिठाई को र-यापरलाई पनि थुप्रै दिन सम्म मिठाई जस्तै देखिने ढुँगा बेरर गोजी गोजी मा बोकेर हिड्ने र झिकेर खेल्दा खेलाउने गर्दथ्यौ। वाई ओ वाई ओ मिठाई लाई बुढाहरुले चार जिरो चार जिरो भनेर पढ्थे हामी मरी मरी हाँस्ने गर्दथ्यौ। उनिहरु हामीलाई हँसाउन पढ्थे या साँच्ची कै हामीले थाहा पाएनौ। कसै कसैलाई चारजिरो चार जिरो बाजे नाम नै राखिदन्थ्यो हामीले। कसैले राईफलको तेल छ कि छैन सोधे। कसैले पल्टन का कुरा झिके, लडाईका, बाटो फर्केदा का कुरा, भट्टी पसल्नीको कुरा,बाटोमा चोर लाई छक्काएको कुरा,चोर डाँका सँग भिडन्तको कुरा, भेद गर्नेले पैसा लुट्छ भनेर बाटोमा अरु किनेको खाना नखाई आफैले बोकेको स्याउँ खादै आएको कुरा, भरिया को कुरा, जदौरी को कुरा, धनुषमा हाल्ने प्यारासुट को डोरी को कुरा सबै को डिमान्ड पुरा गराउन सक्थे त्यति बेला का लाहुरे हरु। मैले भने को धनुषमा हाल्ने डोरी ल्याईदिईस ? भए जति कपडा जदौरी मा बाँधेर पल्टन कै कपडा मा फर्किन्थे लाहुरे हरु। अनि त गाउँ नै हल्दार हरुले जितिरहेका हुन्थे, चौतारामा सुबेदारहरु ले डाम्लोको पयो बटारिरहेका हुन्थे। तोसोरो धुमाई रहेका हुन्थे। उनि जस्तै सबै लाहुरे हरुले छोडेर गएका जडौरी लगाएका आफन्त र गोठला खेतला हरु हरियो सुतिको सुईटर लाटो लाई पनि थाहा थियो कुन लाहुरे ले कति वाट बिल्ला लगाएको छ।

सेती दोकान

मुकुन्द शर्मा को पात्लेखेत दोकान को बाहिर पत्र मन्जुषा लेखिएको एउटा टिन को बक्स थियो। खेत मा मल पुराउन। आलु ,सिमि लिन गएको बेलामा चिठी आए नआएको सबैले हेर्थे। बुद्व गिरी ले हुलाकी काम गर्नु अधि सम्म। गाबिस कै मानिस ले हुलाक काम गर्न थाले पछि भने सरकार ले दिएको तलव मा अलिकति गाबिस को आम्दानी बाट थपि दिएर घर दैलो चिठी पुराउने सुबिधा पुराईएको थियो। पात्लेखेत को फाँट हेर्दा मात्रै पात्लेखेत हो ७०% धानखेत वाखेत तिर कै मानिसहरु को छ। मुकुन्द शर्मा सक्रिय राजनितिक मा लागे पछि दोकान बन्द भयो त्यो बेला नै दोकान मा काम अलबाङ पुस्कर शर्मा दोकान सम्हाल्नु हुन्थ्यो। स्कुल का ड्रेस का कपडाहरु किन्न हामी त्यही पुग्ने गर्दथ्यो। लुगा गज मा नपिन्थे। फलाम को एउटा लामो स्केल हुन्थे त्यस्ले नापे पछि कपडा अलिकति कैचीले काटेर एकै झट्का मा च्याट्थे ब्यापारीहरु। लुगा किनि सके पछि मिस्रीका साना साना टुक्राहरु सँगै गएका केटा केटी लाई ब्यपारीले हात हात मा दिन्थे। कहिले कहि मिस्रीमा नुन पनि मिसिएको हुन्थे। बच्चाले नुनुलो पनि जिब्रो फाँट्ने गरी चुसि सहेका हुन्थे रहेका हुन्थे। रयाल बढि, अनुहार रातो र तातो भए पछि आमाहरुले थाहा पाई हाल्थे। मिस्री भनेर नुनु परेछ। त्यो बेला नुन पनि ढिका-ढिका हुन्थे।

मलाई देख्दा राम ब. थापा पुसाउ अझै भन्नु हुन्छ। भदै जन्मिदा म कुतुम्व भएर सुतकको सुनपानी छर्दा ८ मोर पैसा पारेको हो। यति ठुलो भै सक्यो। मलाई पनि उहाँ लाई देख्दा रातो धागो ले बाँधिएको चिठ्ठी याद आउछ र खोज्न मन लाग्छ। रातो रँग को खतरा सँग के सम्बन्ध छ ? यो चलन मा कसरी मिसियो ?

(जमानाको कुरा भित्र बाट
सम्झनाको स्पर्श: रातो धागो ले बाँधिएको एउटा चिठी

स्यानु पाईजा, पात्लेखेत -७ , वाखेत म्याग्दी)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s