जमानाको कुरा: मण्डलीथान, मण्डली पूजा, वाखेत म्याग्दी २ अलग मान्यता र ब्याख्या

जमानाको कुरा: मण्डलीथान, मण्डली पूजा, वाखेत म्याग्दी २ अलग मान्यता र ब्याख्या

सालैजो भाका गीतको को एउटा टुक्का टिप्ने हो भने चिमखोला तिर पुर्खाको पाला देखि अहिले सम्म पनि गाईन्छ।

” माथिलाई पर्यो मण्डलीथान तल पर्यो चिमखोला” त्यसो त हरेक ठाउँ मा आफ्नो गाउँको तल र माथी पर्ने ठाउँ को परिचय गीत बाटै दिदै पुरानो र बर्तमान सम्म पनि चलेको गीतीचलन सालैजो को बिशेषता हो।

गाउँ कै नाम मण्डलीथान

मण्डलीथान भनेर म्याग्दी जिल्ला पात्लेखेत गाबिस वडानं ९ मा एउटा गाउँ नै छ र थान पनि छ। पूजा खासै हुदैन। पाईजा (थर) हरुले भने आफ्नो दिउतीनी पूजा कै रुपमा हरेक बर्ष गर्दछन। काउलेखर्क मा यस्को थापना छ। दोखालो र मण्डली पूजा पुरानो समाय देखि चलि आएको पूजा हो। दोखालो मुख्यतया दिबँगत पूर्खा पुस्ता जस्लाई हामीले देवता कै रुपमा पूजा गर्दछौ जस्को पूजाले रोग, शोक, अनिष्ठ तर्छ, सन्तान सुख, परिवारिक सुख, धन, मान मनले आँतेको तागेको(सोचेको) पुग्छ भन्ने बिश्वास गरेर पूजा गरिन्छ। यो बर्ष को २ पटक गरिन्छ। हिण्दुकरण भएर यि दखालो नै दशहरा बनेर जोडिएको छ। हिण्दु धर्मले पुरानो सँस्कार का सबै बलियो पाटोहरु को अपहरण गरेको छ र सबैलाई हिण्दुकरणमा ब्याख्या गरेको छ र हामी सबैले आफ्नो पुर्खा को पालो देखि मानि आएको (पुर्वज) देवी देवताहरुलाई ३३ कोटी (करोड) देवता भित्र गाभेर मान या न मान तिमी हिन्दु नै भनेर प्रमाणित को थप्पा लगाई दिएको छ, बुद्व भगवान र धर्म लाई समेत हिण्दु धर्म कै अबतार को रुपमा ब्याख्या गरेको छ। चाहेर पनि हामी ति पुर्खा पूजा दखालो, मण्डली , कुल पूजा छोड्न सक्दैनौ।

मण्डली (देउतीनी)

देउतीनी बजै लाई कतिपय ले “बोक्सी” भनेर अर्थाए । कालो बाख्रीले पूजा गरिदिए ता कि मानिस हरु देउतीनी पूजा गर्न छाडुन तर अझै पनि सेतो बाख्रीले नै गर्दछन जस्ले वाखेत मा देउतीनी को रुपमा मान्दछन।

मगर हरु को भेष भुषा हरु, भूमे पूजा का नेजा (झण्डा)हरु ले यस्तै यस्तै बिम्वहरु बोकेका छन। यि सबै अल्लो जमाना बाट रँगीन जमाना मा प्रबेश गर्दा भित्रिएका ब्याक्ती मान्यताहरु हुन। भलै जो सुकै हुन हाम्रा पुर्वजहरुले ऊनी र अल्लो कै कपडा आफै तैयार गरेका हुन।

सँस्कारको यि पाताहरु बिबादित छन अझै पनि कतिपय झाँक्रीले गाउँ मा अन्य थरीका बिरामी परे भने पाईजा को देउतीनी लागेको भनेर रातरात कालो बाख्रीले पूजा गराईदिन्छन। कतिले रक्सीले बहकिएको बेला दन्किनी को पूजा गर्ने हरु भनेर रक्सी-रक्सी झगडा पनि गर्छन। भोली पल्ट रक्सीले नै टाउको दुखेको किन नहोस देउतीनी नै लाग्यो भनेर सुटुक्के ध्वजा झुण्डाउन पनि आफै जान्छन।

देउतीनी खोज्दा

लिखित नभएका सबै कुरा खोज्न बुढापाका कै भर पर्नु पर्छ। समाज सुरुवाट देखि नै पक्ष र प्रतिपक्ष एक थरीले बोक्सी भनेर पूजा गर्छन एक थरीले देउतीनी मानेर पूजा गर्छन। आफ्नो आफ्नो बिश्वास हो। यस्तै यस्तै चलन वाखेत मा मात्रै होईन सबै ठाउँ मा छ। सबै कुरा र आस्थामा दोहोरो ब्याख्या छ। तै पनि बुझ्न खोज्दा बुढा पाका कै भर पर्नु पर्छ।

चिमखोले बजैको साईली छोरी को बिबहा वाखेत मा भयो। उनी मा दैबिक शक्ती (काम्ने) जस्लाई कसैले बोक्सी पसेको भने कसैले देबी उपचार पनि त्यसरी नै भयो झाँक्री बिधि बाट शरिर मा पसेको दुसात (भुत-प्रेत) निस्केर जा भनेर सिस्नो ले हान्ने, होलुडो (होलुङडो) गोरु जोत्ने बेलामा जुवा र हलो बिच जोड्ने छालाको जोड ले बाँध्न गरियो। तर पनि सन्चो भएन र चिमखोला (माईती) गाउँ फर्किए। त्यहाँ पनि त्यस्तै बुझाई भयो। वाखेते ले छोरी कुटेर पठाए सन्चो नभएको ले वाखेत फर्किएनन उतै बिते पछि झाँक्री हरुले नै उनी देवी को रुपमा बास गरेको ब्याख्या गरे ।

चिम्खोला को मण्डली पूजा

हो अचेल पनि मण्डली लाई बजै नै भनेर पूजा गरिन्छ। चिमखोला मै पनि दोहोरो धारणा छ। कतिले सके सम्म कालो बाख्रीले नै पुजा गर्नु पर्छ भन्छन कति ले जस्तो भए पनि एक बर्णे (एउटै रँग) को हुनु पर्छ भन्छन। जस्ले जे भने पनि बिश्वास सबै को छ। केहि काम भएन भने मण्डली बजै को पूजा गर्छन। लाहुरे बनाईदिनुस, डाक्टर बनाइदिनुस, सन्तान दिनुस मँगसीर को पुर्णिमा को दिन गरिने यि पुजा हरु त्यो समायमा पुग्ने नसक्ने को लागी हरेक उज्याली महिना को मँगलबार पारेर गर्न सक्छन। हिण्दुकरण बढो चलाखी पुर्वक भएको छ। मान्नुस या नमान्नुस झाँक्री बिधि बाट यो गरिने यो पूजा मा पनि हरेक मण्डली र बजै को थान मा एउटा त्रिशुल गाडिएको छ। झांक्रीले अशुभ नपसो भनेर ठोक्ने ढोकाको सँघारको खिल करुवा घर को धुरी मा त्रिशुल। हामीले होईन यो त शिव को हतियार हो हिण्दु धर्म को हो भनेर छाडेयौ भने हामीले हाम्रो सँस्कार को एउटा पाटो सधैको लागी हामी आफै”Surrender” गरेका हुने छौ। काईयो, रिवन, लाछा, छिट को कपडा अचेल सारी, लुँङ्गी, खास्तो जो नयाँ चोखो मानेर चढाईन्छ। हाम्रो हरेक घर गाँडिने झाँक्रीले गाड्ने त्रिशुल अचेल हराउदैछ। कारण गलत ब्याख्या नै हो। झाँक्री चलन यो नयाँ चलन होईन झाँक्रीले चिउ को डालीमा गाड्ने त्रिशुल कतिलाई याद छ ? अचेल छ कि छैन ? परम्पराका कुरा मा साँगुरो सोच राख्नु हुदैन। एउटा ले प्रयोग गरेको रँग अर्को ले न गर्ने एउटा सँग मिल्ने कुरा अर्को ले छोड्ने यो अहिले को नयाँ फेशन जस्तै परम्परामा हुनु हुदैन। अचेल गाउँ मा एउटा ले नयाँ डिजाईन को लुगा किनेर लाउछ अर्को लाई राम्रो लाग्छ अर्को ले पनि किनेर ल्याउछ अनि त्यो पहिलो ब्याक्ती अर्को ले पनि किन्यो भन्ने झोक मा उस्ले लुगा नलगाई अरुलाई दिन्छ। अचेल मगर हरुले आफ्नो सँस्कारमा अहिले को नयाँ लुगा र त्यही लुगा देखेर अर्को ले लुगा किन्ने मानिस को ब्यबहार दोहराई रहेका छन। रँग भन्ने कुरा पछि मात्र कपडा मा पसेका हुन। त्यसैले भेष भुषा को बारे मा यो या त्यो भन्नु मात्रै सतह को साँगुरो मानसिकता हो। यस्तै मानसिकता मैले टुरिजम मा ब्राण्ड नाम बनि सकेको पुन हिल टावर मा पनि देखेको छु र कति पय ठाउँ मा बराह थान हरु मा पनि त्रिशुल हराएको देखेको छु। त्रिशुल किन राखिन्थे भन्ने बारेमा अलगै बल्ग मा खोजेको छु कुरा कम्पलिकेट भएको र बिबादीत लागेको ले अझै थप बुझ्न को लागि बल्ग सार्बजानिक गरेको छैन।

वाखेत को देउतीनी बजै

चिमखोला मा सबै को बिश्वास र आस्था खम्वा बजै को थान वाखेत मा भने पाईजा (थर) को देउतीनी को रुपमा सिमित छ। भनिन्छ नि नजिकको तिर्थ हेला ठ्याक्कै त्यहि भएको छ। तै पनि बिहे गरेर गएका चेलीहरु ले जोख पारेर पूजा गर्न आउछन। भाकल गरेका भाईहरुले पूजा गर्छन र पाईजा थरीले ले बर्ष को १ पटक सँगोल पूजा गर्छन। देउतीनीका २ थान हरु बनेका छन। देउतीनीलाइ उच्च ठाउँ मा स्थापना गर्नु पर्छ भन्दै भेडिखर्क मा थापना गरे पनि होईन जहाँ पुरानो छ त्यही हुनु दिनु पर्छ भनेर पुरानै ठाउँ मा पूजा गरिन्छ।

स्यानु पाईजा, पात्लेखेत-७ म्याग्दी
(जमानाको कुरा भित्र बाट: मण्डलीथान, मण्डली पूजा, वाखेत म्याग्दी २ अलग मान्यता र ब्याख्या)

(नोट-कतिलाई के पनि लाग्ला भने चिम्खोला को चर्चित मण्डली को नाम आफ्नो देउतीनी को प्रचार गर्यो भन्ने पनि लाग्ला तर सत्य त्यही नै हो हामीले आज को नोट राख्यौ भने भोली यो हाम्रो ईतिहास बन्छ। हाम्रो पुर्वज ले त्यहि नै गल्टी गरे उनिहरु ले नोट राखेनन र ईतिहास कथा बनेका छन। ईतिहास मात्र कथा होईन समाय को घटना क्रम को रेकर्ड हो। वाखेत डायरी आज को यस्तै पलहरु को सँगालो हो। बुढापाका जिउँदो छदै अध्यान गर्नुहोस,सोध्नुहोस , लेख्नुहोस बुझ्नुहोस नत्र यि कथा पनि रहने छैनन ईतिहास पर को कुरा भैहाल्यो)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s