सम्झनाको स्पर्शहरु: अलैची को सन्देश

जमानाको कुरा
सम्झनाको स्पर्शहरु: अलैची को सन्देश

गलेश्वर माध्यमिक बिध्यालय घतान तोरीपानी म्याग्दी

बहुदलिय प्रजातन्त्र पूर्व गलेश्वर माध्यमिक बिध्यालय घतान तोरीपानी हाम्रो सबै भन्दा नजिकको एउटै मात्रै माध्यमिक बिध्यालय थियो। कुईने मँगले, ठाडाखानी, कोटगाउँ, पाखापानी, झी, पात्लेखेत, पूर्णगाउँ, डडुवा, नयाँ गाउँ, पुलाचौर, जस्ता अहिलेका गाबिस र गाउँहरु को एउटै मात्रै साझा स्कुल थियो। बहुदलिय प्रजातन्त्र पूर्व आफ्नै शान सहित यो बिध्यालय ले उत्कृष्ट नतिजा दिन सक्दथ्यो। म्याग्दी जिल्ला टप गरेको ईतिहास भएको यो बिध्यालय बहुदलयि प्रजातन्त्र पछि भने निल जोगाउने स्थिति मा थलियो। २०४५ सालमा नै यो कलेज बन्ने उत्साह मा थियो। बहुदल पछि झी, पाखापानी, चिमखोला सबै जसो स्कुलहरुले प्राबि स्कुललाई निमाबि हुदै माबी सम्म पुराए। तर नजिकैको पात्लेखेत गाबिस मिठो निद्रा मा निदायो। बिध्यालय को निरासाजनक नतिजा मा प्रमुख कारण थिए। बहुदल पछि माध्यमिक शिक्षा निशुल्क भयो शिक्षकहरु शिक्षक कम राजनिकति कार्यक्रता र नेता बढि भए । पहिले गाउँ गाउँ बाट बिध्यार्थीहरु आउथे एकले अर्को भन्दा उत्कृष्ठ म हुनु पर्छ भन्ने प्रतिस्प्रधात्मक भावना ले स्कुलको गुणस्तरमा लाभ पुराएको थियो। ठाउँ ठाउँ मा निम्नमाध्यमिक र माध्यमिक बिध्यालय बन्न थाले पछि ति बिध्यार्थी हरु उतै रोकिए। प्रतिस्प्रधात्मक भावना हरायो र एसएलसीमा झण्डै झण्डै निल को स्थिति मा बिध्यालयहरु पुगे।

खलबलेको बन मा अलैची र शन्देश

ठाउँ ठाउँ मा निमाबि र माबि तह खोल्नु भन्दा पहिल्ये गलेश्वर माबि घतानले आफुलाई क्याम्पस बनाउने तरखर मा थियो। स्कुललाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत स्कुल को हाता मा रहेको जग्गा मा फलफुल खेती सुरु गरेको थियो। खलबलेको बन मा अलैची रोपेको थियो। 2044 साल मा ने अलैची म्याग्दी पुगेको थियो। जति बेला पुर्वका गाउँहरुमा अलैची खेती भर्खरै मात्र सुरु गरिएको थियो। कुनै समाय मा घतान देखी कुईने मँगले सम्म नै एउटै गाबिस रहेको थियो। खलबलेको २०-३० रोपनी जग्गा स्कुल को आर्थिक कोष को लागी स्कुलले पाएको थियो। पछि त्यो गाबिसहरु छुट्टिदा पात्लेखेत को भुमी मा परे पनि स्कुल साझा सम्पती भएको ले पुराने भोगचलन लाई निरन्तरता पायो।

यसरी रोप्यौ अलैची

20 भन्दा बढि प्रथामिक बिध्यालय बाट नयाँ भर्ना हुन आएको बिध्यार्थीहरु सहित ८ कलास भन्दा माथी को २ जना त्यो भन्दा तलको को कलास को २ जना हरेक समुहमा ४ जना बिध्यार्थी ( छात्रा र छात्र ) हुने गरि कलास मनिटरहरुले समुह बिभाजन गरे हरेक समुहले ४ खाडल खन्नु पर्ने गरि कार्य बिभाजन गरियो। नयाँ उत्साह बोकेका बिध्यार्थीहरुले एकै दिन मा सक्ने गरी ४ होईन ८ सम्म खाडल खने र एकै दिन मा अलैची को खाडल पुरा भयो। १ मिटर लम्बाई – १ मिटर चौडाई र मुढे हात गहिरो भएको खाडल हामीले जेष्ठ महिना को कुनै शुक्रबार खनेर सक्यौ। चाहिने औजारहरु सबैले घर घर बाटै लगेर गएका थियौ । अलैची रोपियो अर्को बर्ष हामी गोडमेलको लागी पनि गयौ।

नर्शरी तैयार गरियो।

अर्को बर्ष नर्शरी मा बेर्ना तैयार गरेर बिरुवा बेची स्कुलको कोष जम्मा गर्ने भनेर ५ कलास भन्दा माथीका हरेक बिध्यार्थीले दिन को ४० थैली भर्ने गरी नर्सरी थैलोहरु मा माटो भर्यौ। स्कुलको नजिकै को सरस्वती मन्दिर को अगाडी नर्शरी ब्याड तैयार गर्यौ। त्यो अलैची रोपेको पछिल्लो बर्ष थियो। हामी असार साउन को २ महिने छुट्टी सकेर नर्शरी मा बिरुवा उम्रे कि उम्रेनन हेर्न जाँदा त्यहाँ दुबो बाहेक केहि पनि उम्रेको थिएन। बिस्तारै बहुदलिय प्रजातन्त्रको आन्दोलन ले उचाई लियो। स्कुललाई कलेज बनाउने लहर मा लागेका टिचरहरुको उत्साह पनि बिध्यालय को नतिजा ले सेलाउदै गयो। त्यो उत्साह त्यति बेला को हो जति बेला गलेश्वर माबि घतान तोरीपानीले भरत केसी जस्ता टपर बिध्यार्थी उत्पादन गर्दथ्यो। नर्शरी असफल नै भयो। हामीले भरेका नर्शरी ब्याड का थैलाहरु हेर्दा हेर्दै दुबो ले पुरिए। सफा गर्ने बिउ रोप्ने जस्ता काम नै भएन या रोपेर उम्रेन नर्शरी कार्यक्रम हेर्दा हेर्दै असफल भयो।

गलेश्वर माध्यमिक बिध्यालयको लेखा कार्यालय मा आगो लागी भयो।

बहुदल घोषणा हुन भन्दा १-२ दिन पहिले स्कुलको लेखा अफिस मा आगो लाग्यो। अहिले भर्ना फि र फि महँगो भयो भनिन्छ। त्यो बेला पनि फि हरु महँगो नै थिए। 350 रुपैया भर्ना हुन तिर्नु पर्दथ्यो। 16 रुपैया 6 कलासलाई महिना को फि थियो। त्यति बेला सामान्य खेतला को 1 दिनको ज्याला 25 रुपैया थियो। यानी बिध्यार्थीले महिना को १ दिन आफै काम गरेर पनि फि तिर्न सक्थे। हामी बिहान स्कुल पुग्दा लेखा बाट धुँवा आईरहेको थियो। ढोका फोडिएको थियो र ६ कलास तिर उत्तर तिर को छानो का केहि ढुँगाहरु फालिएको थियो र प्रष्टरुप मा धुलो मा नाङगो पैतला को छापहरु थिए। कस्ले जलायो किन ? जलायो हामीले थाहा पाएनौ। तत्कालीन प्र.अ. माधब रेग्मी थिए। त्यस पछि भद्र कार्की ले प्र.अ. भयो। स्कुलले यति कम्जोर नतिजा दिन लाग्यो कि कलेज बन्ने सपना त हरायो कसरी निल जोगाउने भन्ने हुन थाल्यो।

अलैची लाई बेवास्ता

खलबलेको बन मा अलैची नफलेको होईन हाम्रा स्कुले साथीहरु जो तल्लो बाटो आउथे उनिहरुले बनमकै जस्तो देखिने रातो रातो दानाहरु ल्याएर आउथे गुलियो तर्रो रातो पाकेको दाना अलैची हो भनेर हामीलाई पनि चाख्न दिन्थे। स्कुलले अलैची लाई लगायो र बिर्सियो। गोड्मेल कति बेला गर्ने पाक्छ कति बेला टिप्ने, कहाँ बेच्ने पुरै बेवास्ता भयो। अलैची फलेर पनि टिपिएन। केहि ले बिरुवा हरु चोरेर आफ्नो बारी मा लगे उनिहरुले पनि त्यसलाई फैलाउने काम गरेनन। १-२ झाङ रोपेर बेवास्ता गरे। पुर्वले आफ्नो आम्दानी को ठुलो हिस्सा अलैची बनाउदा पश्चिमले भने अलैची लाई बुझ्नै सकेन। तोरीपानी स्कुल ले अलैची बाट राम्रो आम्दानी ल्याउन सफल भएको भए त्यो ब्यबसायिक खेती बन्ने पक्का थियो। सफल छाप छोड्न सकेन। परिणाम यहाँ ब्यबसायिकता सुरु नै भएन। लाहुरे हुने, डिल्ली जाने लाहुरे हरु मात्रै उत्पादन भए। बिस्तारै अरव हरु- साउदी र बहरायण बाहेकका अरव मुलुक कतार, युएई, मलेशिया जस्ता ठाउँहरुमा रोजगार खुले पछि त झन पढने भन्दा पासपोर्ट निकाल्ने हरु धेरै भए। यो अलैची अभियान सफल भएको भए यति बेला अलैची सन्देश पश्चिम का सबै ठाउँ मा पुग्ने थियो। गाउँलेहरु आत्मनिर्भर हुने थिए।

क्याम्पस बन्ने योजना बोकेको 20-22 बर्ष पछि 3 बर्ष पहिले मात्रै गलेश्वर माध्यमिक बिध्यालले +2 सन्चालन गर्यो त्यति बेला खलबलेको बन लाई प्लाईउड बनाउने फ्याक्ट्री ठेक्दारलाई 14-16 लाख मा १ मुष्ट उत्तिस का रुख कात्ने ठेक्का दियो। त्यति बेला कच्ची सडक सन्जाल ले खलबले लाई छोई सकेको थियो मिनि ट्रकहरुले ओसारे खलबलेका काठ। गाउँलेले चन्दा उठाए अहिले +2 सम्म को पढाई चलिरहेको छ।

अलैची सफल भएको भए

अलैची लाई बेवास्ता नगरिएको भए बन नै उजाड हुने गरी यसरी उत्तिसहरु ठेक्का मा बेच्नु पर्ने थिएन अलैची कोष ले नै सजिलै स्कुल चल्न सक्थे। अझै पनि ढिलो भएको छैन। त्यो वेला रोपिएका अलैची का गाँजहरु अझै पनि छन जगेर्ना गर्ने सके मात्रै पनि यस्ले अझै पनि उत्पादन दिन सक्छ। नभए पनि पुरानो गाँज बाट नजिक का सामुदायिक बनहरुलाई सुपथ मुल्यमा मुल बेर्ना बेचेर भए पनि अलेचीलाई पुन: स्थापना गराउन सक्छ। 5 रुपैया गोटा को हिसावले मात्रै मुल गाना बाट बिउ निकाल्ने हो भने ५ लाख को बेर्ना सजिलै तैयार हुन सक्छ र पुरानो गाँजहरुले गोडमेल जस्तै मौका पाउने छन र ५ लाख बिरुवा नजिक का सामुदायिक बनहरु मा रोपिए भने र यस्तै किसिमले बिस्तार गर्दै लेजाने हो भने तोरिपानी स्कुल+2 मात्रै होईन मल्टिपलकलेज बनेर आफ्नो शान र सेवा दुबै बढाउन सक्छ। तर हाम्रो चलन चाही प्रायस नै नगरी यहा केहि पनि हुदैन भनेर हार मान्ने खाले छ। ठुलो कुरा नगरौ सानो काम गरौ। अहिले सामुदायमा पहिले को भन्दा बढि जागरण आएको छ। खलबलेको अलैचीलाई अलेची बेर्ना उत्पादन नर्शरी को रुपमा फेरी प्रयोग गरौ। यस्ले स्कुल को आम्दानी मात्रै बढ्ने छैन। नयाँगाउँ, तोरीपानी, पात्लेखेत, झी, पाखापानी हुदै म्याग्दी खोला वारपार यस्ले अलैची को बलियो सम्भावना र आर्थिक सम्पन्नता पनि दिने छ। भोली के कसरी चलाउने कलेज, स्कुल भनेर चन्दा माग्दै हिड्नु पर्ने र मरि मरि चलेको स्कुल , कलेज बन्नु बाट जोगाउने छ।

(जमनाको कुरा भित्र बाट
सम्झनाको स्पर्शहरु: अलैची को सन्देश)

-स्यानु पाईजा, पात्लेखेत- ७ वाखेत म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s