मञ्चन नभएको एउटा ड्रामा – फेशबुक

मञ्चन नभएको एउटा ड्रामा – फेशबुक

अन्दाजी २०-२५ बर्ष पहिले झिं को हरेलो मा हाम्रो समुहले एउटा ड्राम देखायो – “भैरे”
ड्रामा को लागी हाम्रो टोली मञ्च मा पुग्यो। त्यहा सबै सरहरु थिए। भरत केसी सरले सोध्नु भयो ड्रामा को निर्देशक हो ? मञ्चमा पुगेको निर्देशक नै लजायो र अचानक आफैले अरुको नाम “हिरा थापा” भनेर सँगै गएका हिरा को नाम भनिदिए। “भैरे” ले हसायो

2069 को हरेलोमा पनि लौ एउटा १० मिनेट को ड्रामा गरौ भनियो तर ताल मेल मिलाउन नै सकिएन हतार मा ड्रामको स्क्रिप्ट लेखिए तर मञ्चन भएन। अधुरो र मञ्चन हुन नसकको ड्रामा “फेशबुक” को अधुरो स्क्रिप्ट यस्तो थियो।

ड्रामा- फेशबुक
( पात्र- जेठा, साईला, कान्छा)
ईण्डियन आर्मिका ३ पेन्सनवाला साथीहरु

लोकल टु्यन मा लेखिएको ले शब्दमा मिठास नहुन सक्छ।

दृस्य १
जेठा सबै भन्दा पहिले आउछ चौतारीमा साईला र कान्छा आएका हुदैनन। जेठा लाई बिदेश बस्ने नातिनीले ल्यापटप ल्याईदिएको हुन्छ र फेशबक एकाउन्ट खोल्दीएको हुन्छ। Facebook भनेको के हो भन्दा नातिनीले चौतारा जस्तै हो बाजे सबै साथीहरु बनेर एकै ठाउँ मा भेट हुन्छ भनेर फेशबुक को अर्थ सिकाईदिएको हुन्छ। अरु नभएको देखेर चौतरालाई FACEBOOK भनेर लिखिदिन्छ र दिशा गर्नु जान्छ। त्यति नै बेला साईला र कान्छा आई पुग्छन।

साईला र कान्छा एकै छिनमा – आज यो जेठाले किन ढिलो गरिचन।
साईला – हेर हेर कान्छा यो चौतारामा कोले के लेखेचा पर पर तैले त अलि नाउरोरा देख्चस नि मैले भन्दा
कान्छा- चौतारा=FACEBOOK (फेशअबुओओकअ) फेशबुक पो लेखे रैछ

त्यतिकै मा जेठा आईपुग्छ- बसुम गाँठेरु किन अवेला गरतेउरा ?
साईला – के लेख्तेउरा दाई ईस्तो

जेठा- नातिनीले फेशबुक भनेको फेशबुक भनेको चौतारा जस्तै हो भन्त्योरा अरुले नी जानुन भनिरा या लेख्दिन्चु नै।

कान्छा- हाम्ले त दाईले फेशबुक को शाखा चौतारा मै खोलेचन भनेर खङङरङै परेको नै।

साईला- ल्याकटोक लाई नि पिसाव फेराउनु लगटेउरा दाई

जेठा- हत्तरे यो त ७० हजारको हो रे। हरायो भने त भोलि बाट चौतारा मा के हेरेर बस्ने नई। उखो फोटो उखो फोटो हेर्दा हेर्दै दिन कात्नु सजिलो भा छ र। साथै दुलाउनु पर्यो नि।

कान्छा- लौ दाई हाम्लाई नि नातिनि लाई भनिरा खाता पाता खोल्देउ भना

साईला – खाता पाता खोलिरा काँ हेर्चसरा कान्छा, तिबी मा फेशबुक आउदैन। तेरो ल्याकटोक छैन। अर्का को मा हेर्नु हेर्नु जेठा के मा हेर्या भो नि।
(सबै हाँस्छन)

साईला- कान्छा नातिलाई अस्ती भनेको भन्नु ता जेठालाई नातिनीले ल्याकटोक ल्याईदेछ। सस्तो सस्तो मलाईनि लेईदे भनिरा।

कान्छा- बाबै तेरो त खुव खेलाउनु दिन्चा त्यो तेरो पनातिरुले

कान्छा- कोई बेला उनिरुले खेलानी स्कुल गाको बेलामा मैले खेलामला भनिरा नै। सारै नाउरो पो हुने रैचा का। खडग गर्बुजा नि यहि बाटा आउने, बिमा कुमारी नि यहि बाटा आउने। हुनुमान, शिब पार्बती नि यहि बाट आउने। राछेश हमाल नीठिल सबै आउने। अमिताभ बच्चन, अमरिसो पुरी मरि सगेको नि आउने हुने रैचाका यो ल्याकटोक भन्ने मा ता।

जेठा- मन बादुर को नि हेरिम, धन बादुर कोनि हेरम फोटो। अजिबै अजिबै त्यो हममयाँ को आमा ता कस्तो रा मोटाको। हिजो राती ईसो मनो मनो गन्चुरा ता २७ जाना बो गा रैछन युके त।

साईला – के गर्ने दाई कर्ममा थो रा बो बितिस नु लाउरे भए अन्दा अईले उतै गए। हाउरो त कर्म मा नै ईन्डिया को उसिना चामल लेखेको।

जेठा- हुन देउ गाठेँरु। अर्काको देख्ने होईना बो।

कान्छा- उता गाको रु साबै चिलो चिल्लो भा छन रा मन चम्किन्चा नै।

साईला को नातीनी नि छ नि उतै त्यस्को फेशबुक होला कि नहोला।
स्यानु मा त त्यस्को नाम – सोम माया थियो। पछारी नु आफैले सिमा राखेथ्यो। एसएलसी मा त झन हाम्लेनी था नपाको सदिछा राखे रैचा। सातीपिकेत हेर्नु रा बो था पाको। केरातीमा त झन छुचुन्दरी- मुसी बो भन्तिम तो तोलाई ता। खोजा खोजा तै नि पैला सोम माया भनेर खोजा तो। पाईना भने सिमा भनिरा खोजा दिनभरि मा ता भेटिला नि अस्ती त्यो खिनाउरी छोरीको छोरी कुनाउरी नाम नि फूलमया थ्यो करे ले त नाम नि रोक्सी राखे छ भन्तेरा म केखो रक्सी होला भनेरा हास्दा हास्दा गर्चुरा बो आरओओसिसिई रोजी लाई पर्नु नजानिरा रोक्सी भन्या रैछुम रोसी बनेको त गुलाव को फूल हो रे का हा हा हा हा ।

जेठा- हेरा हेरे यै हैना रा साईलाको नातिनी फोटो त उस्तै छ हेराना हेरा। हो हो यै हो ला फेला परो। नाम सम्झेउत के छ। भोली खोज्दा सजिलो हुन्छ।

साईला – हो हो ऐई हो। फेला पर्यो मिसेज गरा तो ।

जेठा- ओ साईला तेरो नातिनि को ना पर पर त त मभन्दा धेरै परेको होस नि।

साईला – हत्ततरे दाई ईङलिस मा नि शिर बिन्दु र चन्द्र बिन्दु हुन्चारा ? ए कान्छा तेले हेर त नाउरोरा अलि थेगननाउचस कि। मैले त पर्नु नि नजाने जस्तो पो भयो तो । एम चन्द्रबिन्दु सि सिर बिन्दु सिएचयुचएचआई
म एउटा एउटा भन्चु तैले लेक(ख)। मुँसं,छुची हा हा हा हा हा मुसी छुची त्याक्कै हामीले बोलाउने नाम राखे रैचानी। ओ हो यो उमेर मा नि सिक्नेहो भने त ईंलिस नि सजिलो पो हुने रैचा। के होला के होला भने को ता मुसी छुची भनेको रैछा। अब सारे एक धण्टा भयो आज त बेथरी नी छिट्टै सकियो। भुली अलि छटै आउनु है अरान्दा नाउरो रा फोटो हेरुम्ला।

कान्छा- साईला ले भनेको नि ठिकै हो। फेशबुकमा एकाउन्टेन्ट त हुनै पर्यो भो यो जमानामा ता पोर नु परारनु पेन्शन लिनु जाना पाखापानी नु सँगीरुले तेरो मुबाईल नम्मर ले भन्ते यो पाली त २-४ जाना ले फेशबुक मा केछ र तिम्रो नाम भनेर सोधे गाँठे।

साईला – कान्छा तेरो घरा को आछन रा ? जाम भो थरमस मा च्या बनाई रा राख्या छु गैरा खाम।

(अरु —३ दृस्य थिए त्यस्लाई हामीले मौखिक सर्कल गरेको थियौ। ) १० मिनेट मा नसकिने हुनाले छाँटकाट गर्दा गर्दै झन ड्रामा नै पनि गरिएन।

-स्यानु पाईजा, पात्लेखेत‍-७ म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s