सम्झनाको स्पर्शहरु: 30 बर्ष पहिलेको वाखेत हरेलो

जमानाको कुरा:
सम्झनाको स्पर्शहरु: 30 बर्ष पहिलेको वाखेत हरेलो

30 बर्ष पहिलेको हरेलो को बिगत सम्झने हो भने सपना जस्तो मात्रै होईन एक किसिम को रोमान्चक लहर मन भित्र कुड्ने गर्दछ आजको त्यही पलहरु मा पुगेर त्यो बेला को हरेलो मेला को सम्झना पुग्ने कोशिस गरिएको छ।

हरेलो तैयारी

गाँलेहरु ले सेतो र रातो कमेरो ले घर चट्ट सिगार्ने गर्दथे। दशैमा सिगारिएका घरहरु बर्षा को पानीले केरकार पारेका हुन्थे। बर्षाले बिगारेको ठाउँ मा सिगारेका घरहरु साँच्चैका सुन्दर देखिन्थे। केटा केटी भने छुट्टै उत्साहले हरेलो लो लागी २-४ दिन पहिल्यै बाट अतिरिक्त घाँस सोत्तरहरु जम्मा गर्दथे। हरेलो सुरु भए पछि पनि बिहानै घाँस सोत्तर गरेर हरेलो मेला सबैले रमाईलो गर्दथे। आफन्तहरुलाई हरेकोमा बोलाउन को लागी २-३ दिन पहिले नै घर-घर मा पुग्दथे। टाढाका आफन्तहरु पनि हरेलो मेला हेर्न र आफन्त भेट्नको लागी आउने गर्दथे।

खानपिन

घुमारे रोटी ( सेलरोटी) , चेप्टे रोटी (पुरी), आलुको र दवारे (एक किसिम को ठुलो उन्यु को मुना) को हरेलो बिशेष परिकार, घर घर मा हरेलो लाई पुग्ने भार भरि मासु। चामल, पिठो पार्नलाई पहिल्यै देखि ताम झाम हुन्थे। सेलरोटी, मकै र चामल को पिठो बाट हुन्थे। जस्लाई ढिकी मा कुटेर पिठो बनान्थे। त्यो बेला सोडा, राईजिङ पाउडर हरु पुगेका थिएनन गाउँमा। भुईचापो भन्ने बारी को काल्ला मा पाईने बिरुवा को जरालाई सोडा र राईजिङ पाउडरको सत्ता मा प्रयोग हुन्थे। कसै कसेले काउलोको बोक्रा मिसाउथे। त्यो सबै सँग हुदैनथे त्यसैले धेरैले भईचापो (चिप्ले) को जरा प्रयोग गर्दथे। भुईचापो पहिले पहिले मर्केको ठाउँमा पट्टी प्लास्टर गर्न पनि प्रयोग गरिन्थे। सफा कपडाले मर्केको ठाउँ मा बेरे पछि भुईचापो को जरा कुटेर कपडाको बाहिर बाट लेप लगाउथे यो सुके पछि अहिले सिमेन्ट प्लास्टर गरे जस्तै कडा हुन्थे।

चामल, पिठो सबै ढिकी मा कुटिन्थे। त्यो बेला नजिक का कुटानी पिसानी मिलहरु भनेको लुङदी (पर्वत मिलन चोक) , कोत्रबाङ (थाम डाँडाको आसपास) भन्ने ठाउँ मा मात्रै थिए। त्यो पनि त्यतिबेला का मानिसहरुले तोरी को तेल बनाउन मात्रै मिल मा पुग्ने गर्दथे। तेल को लागी तोरी खेती गरिन्थे। भुटन खान सबैले प्रयाय ध्यु नै प्रयोग गर्दथे। तोरी को तेल खाने देखी लाउने बच्चा लाई आगोले सेक ताप गर्ने बेलामा समेत प्रयोग हुन्थे।

मासु जोगो को तरिका

असार साउन रोपाई को बेला मा खेत धेरै हुने या दफ्फा (पर्म) हिड्ने मानिस नहुने घर ले दफ्फा किन्ने गर्दथे। यसरी सामुहिक रुपमा दफ्फा बेचेको पैसा लाई सँयुक्त रुपमै मासु खाने कोष मा राख्दथे उनिहरु यस्तो दफ्फा सके सम्म सबै समुहलाई हरेलो मा मासु खाने पैसा नपुग्दै सम्म हिड्ने गर्दथे। धेरै खेती हुनेहरु पनि थुप्रे हुन्थे उनिहरुले दफ्फा किन्ने गर्दथे। त्यो बेला मासु कै लागी पैसा खर्च गर्नु पर्ने भन्दा पनि परिश्रम बेच्नु पर्ने हुन्दथ्यो। त्यसैले धनी गरिब सबैको घरमा मासु हुन्थे। त्यो समायमा मासु चाँड पर्वहरुमा मात्रै खाईन्थे त्यसैले पनि चाँड पर्वहरुको खास पर्खाई हुन्थे। दफ्फा सकिएको भोलि पल्ट ने दफ्फा खाने भन्ने भोज रमाईलो पनि हुन्थ्यो। केटाहरुले दुध उठाएर खीर पकाउथे केटीहरुले दफ्फा चुक्दा दफ्फा खाने मा खाने भनेर तैयारी पहिले नै गरेका हुन्थे उनिहरुले रोटी र रक्सी बनाउथे दफ्फा चुकेको दिन खानपिन गरेर रमाईलो गर्दथे। बनभोज, पिकनिक जस्ता अहिलेका प्रचलनहरु त्यही दफ्फा खाने प्रचलन कै आधुनिक रुपहरु हुन। राँगाको मासु नखानेहरुको लागी घर मै पालेका कुखुरा हरु हुन्थे। लुगा र मसला बाहेक पर्व के लागी भनेर किनु नै पर्ने आवश्यकता र चलन त्यो बेला थिएन।

होटल र दुकानहरु

मेला ब्यबस्थापन समितिले हरेलो ग्राउण्डमा होटेलको लागी होटल वाला को डिमान्ड अनुसारको साईज का एरियाहरु प्लट प्लट मा छुट्टाउने गर्दथे। बिक्री भएका पल्टमा जति एरिया बिक्री भएको हो त्यो ठाउँमा कुटो-कोडालो ले कुलो बनाएर सिमाना छुट्टाएका हुन्थे भने बिच मा एउटा बलियो किलो गाडिएको हुन्थे कसैले चुलो बनाउने ढुँगा जम्मा पारेर छाडेका हुन्थे। यसरी किलो ठोकिएको ठाउँ खालि छैन बिक्री भएको छ भन्ने सँकेट हुन्थे। हरेलो मेला लाग्नु भन्दा एक दिन पहिले नै उनिहरुले भकारी को तर (गोठ) बनाउथे र रक्सी मासु, टुम ( बरम, गिन्टी-आन्द्रामा पिठो र मासु भरेर पकाएको ससे) बेच्थे। दोकानहरु मा चुराउटेहरुले चुरा र शृगारका समानहरु लिएर आउथे। खानेकुरा मा जेरी पसल पनि मुख्य हुने गर्दथे। त्यो बेला खाजा भनेके जेरी हो जस्तै हुन्थे। जेरीलाई जल्फी(पी) भन्थे। मिठाई, बिस्कुट खेलौना का पसलहरु हरु हुन्थे भने खोरखोरे (डाईस) लक्की सेबेन, रिङ, कप लडाउने जस्ता पैसाका खेलहरु पनि थिए।

साँस्कृतिक झाँकी, नाँचगान

लाखे मेला को प्रमुख आकर्षण हुन्थे। लाखे खास गरी अमुक नाट्यको पहिलो रुप हो। जुन बेला वाक स्वतन्त्रता थिएन त्यति बेला मुक पात्रहरुले हाउँ भाउँले गरेको अभिनय नै लाखे हो। खास गरी लाखे ले मानिसहरुलाई लाईन मा हिडाउने कार्यक्रम स्थलमा भिड हुन नदिने खाले काम गर्दथे। यस्ता स्वयम सेवकहरुलाई जोक्कर भन्थे। लाखे मा सहभागी पात्रहरुले मुकुन्डो (मास्क) लगाएका हुन्थे त्यसलाई खप्पर भनिन्छ। त्यो बेला को जोख्खरहरुले कम्मर मा घाँडो (जँगल जाने गाई भैसी को मुली ले लगाउने बेल को सानो बेल) भिरेका हुन्थे। नियम बिपरित कसैले कुनै काम गरेको छ जस्ते लाईन बिगारेको छ या कसैलाई दुख दिएको छ भने उनिहरु उस्को नजिकै गरेर घाँडो लाई जोर जोर ले बजाउने गर्दथे। यस बाट बुझ्नु पर्दथ्यो कि यसो गर्नु हुदैन। यति पछि पनि त्यो दोहोरियो भने हातमा लठ्ठी, भैसी को पिसाव थैली लाई सफा गरेर हावा भरेर वल जस्ते बनाएका हुन्थे त्यस्ले टाउको टाउको मा हिर्काउथे। पुर्खेयौली गीत गाउने बुढा-पाका टोलीले आफ्नो रमाईलो गर्दथे। गाउँ गाउँ बाट आएका लाखेहरुले आफ्नो आफ्नो कार्यक्रम देखाएर जान्थे। त्यो वेला झी बाट समेट लाखे आउने गर्दथे। लाचे र भिम ब. पाईजा को पाला मा वाखेत को लाखे झी को हरेलो र पूर्णगाउँको तिज सम्म जाने गर्दथे।
गाउँ गाउँ बाट नाँचगान लिएर आउने गर्दथे। स्टेज पनि भकारी के गोठ मा पर्दा लगाएर बनाएका हुन्थे र मैनटोल (ग्याँस बत्ती मट्टीतेल ले बल्ने चम्किलो बत्ती) बालिन्थे। ठाउँ ठाउँ बाट आएकाहरुले आफै मौखिक गाउँने बजाउने र नाँच्ने गरेर जान्थे। त्यो बेला नै गीतहरु को मौलिकता अचम्मको हुन्थे। हरेक टोलीले ३ आटईटम नृत्य प्रस्तुति दिन्थे। सालेजो, कौडा, तमाङसेलो जस्ता पृथकता दिएर जान्थे।

स्वागत कार्यक्रम

स्वागत हामी गर्दछौ भन्दै ठाउँ ठाउँ बाट आएका पाहुनाहरु र गाउँ का गन्यमान्य लाहुरे र प्रतिनिधिहरुलाई अधल्लो लाईन को बेन्चमा राख्ने गर्दथे र फूल माला लगाएर खानेकुरा दिने गर्दथे। यसरी स्वागत गरिए पछि आफ्नो ईच्छा ले कति रुपैया दिनु मन लाग्छ सबैले आफूले झिकेर अगाडी को पछ्यौरी मा राख्ने गर्दथे यसरी प्राप्त भएको रकम आयोजकले छिमेकी गाउँ बाट आएका पाहुना कलकार टोलीलाई पुरुस्कार स्वरुप अलि अलि गरेर सबैलाई दिने गर्दथे। बचेका रकमले साँस्कृतिक टोलीले मादल,बाध्यबादन शृँगार समाग्री किन्न प्रयोग गर्ने गर्दथे। चुरा, लाछा, जडी र भेष भुसा नै त्यो बेला का शृँगार समाग्री पर्दथे। कहिले कहि नाँच गान को बिच मै मुसुल्धारे पानी पर्ने गर्दथे।

खेलकुद

भलिबल, बास्टकेट बल लठो तान्ने समुह गत प्रतिस्पर्धात्मक खेल थिए भने ठेलो (छेलो) ब्याक्तीगत प्रतिस्पर्धा थिए। भलिबल, बास्केटबल जस्ता खेलहरुमा रनिङ शिल्ड र रकम पुरुस्कार हुने गर्दथे। शिल्ड पच्चा गर्न को लागी २ बर्ष लगतार जित्नु पर्ने हुन्थ्यो। कुनै कुनै ठाउँ मा शिल्डहरु ३ बर्षे पनि हुन्थे। त्यसैले पनि मेला को रौनक अझै रमाईलो हुने गर्दथे। शिल्ड पच्चा गर्नु सक्नु लाई ठुलो शान को कुरा मानिन्थे। आफ्नो गाउँले शिल्ड पच्चा गर्यो भन्ने खवर गाउँमा पुग्यो भने खेलाडी ला लिन बाँजा गाँजा सहित गाउँलेहरु जान्थे। एक किसिम को रमाईलो हुन्थ्यो। जस्को गाउँमा जति धेरै शिल्ड जितिएको छ त्यो गाउँ त्यति नै सम्पन्न या बिकासित मानिन्थे। लाहुरे हरु मेला मा खेल्न कै लागी लाहुर बाट आईपुगेका हुन्थे। लाहुरे हुने टिम को खेलाडी को सान नै अलग पल्टन बाट लाहुरेहरुले खेलाडी को नयाँ ड्रेस ल्याएका हुन्थे। गेम फि र मेला मा खाने बस्ने खर्च जस्ता खर्चपर्च पनि उनिहरुले नै गरेका हुन्थे। गाउँले भाई बैनीहरु नाँच्दा फर्माईस गरेर नगद दिन्थे लाहुरेहरु लाएको बेला मा कलकारहरु पनि बढि उत्साहित हुन्थे।

छेलो र लठो तान्ने खेल को फाईनल दिन मा हुन्थे। दोहरी गीत प्रतियोगीता र नृत्य खास गरी राती हुने गर्दथे। छेलो मा जित्ने लाई धरो (पुगरी,फेता) बुटाउने गर्दथे भने आफन्तहरुले फूल लगाई दिन्थे। अबीर र पैसा (नोटहरु) फूल लगाईदिने चलन थियो। थेलो मा जित्ने मानिस मेला के मुख्य आकर्षण हुने गर्दथ्यो। त्यो बेला मेला ५-७ दिन सम्म लाग्ने गर्दथे।

तरुनी तन्नेरीहरु

अहिले जस्तो होटेल मा बस्ने चलन थिएन। एउटा गाउँ मा गयो भने खाने,सुत्ने बन्दोबस्तो त्यो गाउँका युवा-युवतीले गर्नु पर्दथ्यो। खास गरी तरुनी तन्नेरी थुन्ने चलन भनिन्थे यस्ता चलनलाई आफ्नो गाउँ मा मेला लाग्दा अरु ठाउँ वाट आएका युवा-युवतीलाई मेला अबधि भरि खान पिन र सुत्ने बन्दोबस्तो सजिलो होस भनेर नै यस्तो चलन आएको हुनु पर्छ। यस्ते चिनजान मा कति को बिहे हुन्थे। तर सम्बन्धहरु त्यो बेला निकै पारद्रशि हुने गर्दथे। कुनै केटा ले कुनै केटीलाई मन पराउदछ भने साथीहरुले नै केटी फकाईदिने काम गर्दथे। केटिले मान्यो मन मिल्यो भने बिबहा हुन्थे यसरी मेला मा भएका बिबहाहरु पनि बैध ने मानिन्थे। त्यसपछि का परम्परागत कुरा हरु चलनचल्टी अनुसार नै हुने गर्दथे। यसरी बिबहा हुने हुनाले पनि कहिले देखि बिबहा सम्बन्ध कायम भयो भन्ने पत्ता लगाउनको लागी ने ३ दिन को दिन मा चोठो (रक्सी को ठेकी) लैजानु सहित कुटुम्व-केटी पक्षको मा अनिबार्य पुग्नु पर्ने चलन चलेको हुनु पर्छ।केटा तर्फे को चिना जानी पछि चित्त बुझेन भने केटा र केटीलाई बोलाईन्थे र केटीलाई राजी खुसीले बसेको हो कि करकाप ले भनेर सोधिन्थे। केटीले राजीखुसी ले भन्यो भने बिबहा का परम्परागत सँस्कारहरु अगाडी बढ्थे। केटीले करकापले भन्यो भने केटा एकलै फर्कान्थे। मेला सकिएको भोली पल्ट यसरी मेला मा आएका तरुनी तन्नेरीहरु बिदा भएर आफ्नो आफ्नो गाउँ फर्कन्थे। उनिहरु को गाउँ मा मेला लाग्दा जसरी आउनु भन्ने निम्तो छाडेर जान्थे। जाने बेला को भाबुकता अलि अचम्मै हुने गर्दथे। निकै बेर दुबै तर्फका केटा केटी रुने गर्दथे। मेला लाग्ने तर्फको केटा केटीले छुटेर जाने केटा केटीलाई निस्चित ठाउँ सम्म बिढाई गर्न जान्थे। बिढाई को बेला मा भालई भालई भन्ने शब्द प्रयोग गर्दथे। आँखाले देखुन्जेल सम्म उनिहरु लाई बिढाई गरेको ठाउँ मा हात हल्लाउदै बस्दै गर्दथे। यसरी मेला मा जोडिएका जोडाहरु ले जुनी काटेका कयौ प्रमाण हरु हाम्रै समाज मा छन।

(नोट- हरेलो मेला – अरु ठाउँ मा साउन को अन्तिम मँगलबार हुन्छ भने वाखेत मा भदौ को पहिलो मँगलबार हुन्छ। वाखेत पात्लेखेत गाबिस को ५-६-६-७-८-९ बडा को सँयुक्त नाम हो। पात्लेखेत गाबिस बेनी बाट उत्तर ४ कोष टाढा पर्दछ। यहि बाटो भएर झी, पाखापानी जस्ता गाबिसहरु मा पुगिन्छ। )

जमानाको कुरा:
सम्झनाको स्पर्शहरु: 30 बर्ष पहिलेको वाखेत हरेलो
स्यानु पाईजा पात्लेखेत- ७ वाखेत

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s