जमानाको कुरा: जरङगे साग ले सम्झाएको चिहानहरु

जमानाको कुरा: जरङगे साग ले सम्झाएको चिहानहरु

झट्ट हेर्दा मनि प्लान्टको बोट जस्तै देखिने जँगली साग जरङ्गे लाई हामीले केटा केटीमा जँगलमा फेला पार्यौ र मनि प्लान्ट जस्तै छ भनेर खनेर गाना सहित घर ल्यायौ। यो जरङंगे सागले हामीलाई बिगत सम्म जोड्ने एउटा डोरी बन्यो। हामीले त्यो साँग जहाँ बाट ल्याएका थियौ भोली पल्ट नै डराउदै पहिले कै ठाउँ मा गाँडेर आयौ। बिस्तारै बिस्तारै जँगलमा भएका चिहानहरुको बारे मा बुझ्ने भयौ। हामीले जरङगे सागलाई मनि प्लान्ट जस्तै देखेर घर मा नल्याएको भए सायद नै हाम्रो पुस्ता ले जँगलमा रहेका हाम्रै पूर्खाको चिहान कहिल्यै चिन्ने थिएनौ। यसका पछाडीका बास्तबिकता कहिल्यै पनि बुझ्ने थिएनौ।

दाने को थिए ? कसरी मरे ?

दान ब. पाईजा भेडिखर्के सत्तली फूपु को भाई थिए। त्यो बेला पनि डाउरा कात्ने परीम (दफ्फा) लाग्ने चलन रहेछ। नयाँ गाउँ ( तोरी पानी नजिक को नयाँ गाउँ) र वाखेत का मानिसहरु पर्म मा सँगै काम गर्दथे। नयाँ गाउँ बाट जमानसिं थापा सहितको ६ जना र वाखेत का १० जना को दफ्फा तोली ले जँगलमा गएर सुकेको रुख कात्ने र एउटै रुखको दाउरा चिरेर भारी बनाई घर ल्याउने गर्दथे। अहिले को ध्वँजा बाध्ने देखि उता झी को जँगलमा असिलो गौडा को नजिक उनिहरुले सबै जनालाई पुग्ने गरी सुकेको खर्सु को रुख ढाले रूख ढल्दा रुखले अर्को रुख को हाँगा चोईटायो र सबै दफ्फालाई पुग्ने गरी मालिंगो निगाला को चोया को बन्धन बनाईरहेका दन्ने को टाउँकोमा त्यो हाँगा ले लाग्यो उनको मृत्यु त्यही भयो। स्व. गम ब. पुन, स्व. जमानसि थापा त्यो बेला को कुराहरु यसरी सुनाउनु हुन्थ्यो।

नयाँ गाउँले र वाखेत को परीम

नयाँ गाउँले र वाखेत एउटै परीम (दफ्फा) लाग्दथे। अचम्मै लाग्दथ्यो हाम्रो पुस्ता नयाँ गाउँ मा पुगेका पनि थिएनन, उतै ,मावली पर्ने बाहेक। तर हाम्रो पुर्वजहरु चाही नयाँ गाँउले सम्म परीम लाग्ने गर्दथे। त्यही क्रम मा नै जमानसिं थापा ले वाखेत मा बिबहा गरे र नि वाखेते भएर बसे। यस्ते दफ्फा को साईनो ले जोडेको सम्बन्ध कँहु र पुर्ण गाउँ लाई पनि जोडेको थियो। यस्तै सम्बन्ध का कारण नै कुँहु बाट वाखेतको मन्दलीथान मा रोकाहरु बसोबास गर्न आईपुगे। अहिले को गलेश्वर सँगै जोडिएको ठुलो सल्लेरी सामुदायिक बन को बिरुवा रोप्दा खाडल खन्ने र पर्खाल लगाउने हाम्रो जिजु बाजे पनि थिए। ठुलो सल्लेरी त्यति मात्रै होईन झी, पाखापानी, थाडाखानी सम्मका मानिसहरुले ले बृछ रोपन गर्दा खर्च बोकेर आएर सेउला को गोठ बनाई बसेर झारा तिरेको थिए। उनिहरुको यस्तो सम्झना हाम्रो लागी कल्पना बहिर को कुरा थिए।

दन्नेको चिहान चामरे बोट को असिलो गौडा (भिर काटे) को को तल्लो ठुम्का मा बाटो मुनि ठुलो कुकुरडाईनो को झ्याङ भएको ठाउँ मा छ भने लुगरो कात्ने चौतरा को माथी डाँडा मा चौतरे-चौतरर्नीको चिहान छ। त्यो बेला लास हरु गाडिन्थे र लोग्ने स्वास्नी को लास नजिक नजिक नै राखिन्थे। चौतरे चौतर्नी को चिहान ले यहि भन्छ। खास मा पुरानो राजा शासन (राणाकालिन जहानियाँ) भित्र को दरबारिया सेवा मा जागिर को कुनै पदबी हो। अहिले सुबेदारको श्रीमती लाई सुबेदार्नी र लाहुरेको श्रीमती लाई लाहुर्नी भने जस्तै त्यो बेला को जागिरे एउटा तह हो चौतरिया यस्लाई बोलीचालीमा बोल्दा बोल्दै चौतरे भनिए। चौतरे बाजे मैले थाहा पाउदा बित्नु भएको हो। उहाँले सरकारी बाट पेन्शन पाउनु हुन्थ्यो। कहिले कहि हाम्रा परम्पराहरुले पुरानो सेन्टिमेन्टहरुलाई पनि जोड्ने गर्दछ। चौतरे बाजे ले चौतर्नी बजै को नजिकै राखिदिनु भन्नु भयो रे अनि उहाँ लास पनि माथी डाँडा मा लगेर राखियो। यस्तै सानो मा हामीले टुकुना बाजे भनेर बोलाउने बाजे पछि चिहान पनि माथी भंङसेको डाँडा माथी रहेको छ। यसरी चिहानहरु चिन्ने क्रम मा बल्ल थाहा भयो टुकुना बाजे को नाम नै छुकुना रहेछ। उनी नामी झाँक्री थिए। उनी गुरु पाएका झाँक्री थिए। उनका गुरु बिम बाट पुर्णगाउँ आई बसेका बिमाले पाईजा थिए। बिमाले पाईजा बाजे को चिहान पनि भँकसे मै छ। बेला बेला मा गुरु पुजा लाउनेहरुले बिमाले को चिहान मा नेजा (झण्डा) चढाउने हुनाले पहिले पहिले यो चिहान चिन्नु सजिलो थियो। तर अहिले भने उनका चेलाहरु मरि सकेको हुनाले गुरुपुजा गर्नहरु सकिएको र पहिले जस्तो नेजा नचढाउने हुनाले पछिका पुस्ताले सोध्ने र जान्ने पनि छैनन यो केहो भनेर। दन्ने को चिहान मा जरङगे साग नखन्दै सम्म मैले पनि कुनै देउता को थान होला भन्ने सोच्दथे। पछि बल्ल थाहा भयो झाँक्री बाजे छुकुना को बारे मा र उहाँ कै जिउँदो चेला लाल बं पाईजा (लाचे) हुन। छुकुना बाजे चाँचरी रोका र भूजा पाईजा को बाबा थिए। दन्ने को चिहान नजिकै खोरिया मा भबिलाल पाईजा को दाई को चिहान पनि छ। अहिले को पुस्ता मा पुरानो पुस्ता सँग धुलमिल हुने बाटवरण कम छ। टिभीहरुले उमेर अनुसार को कार्यक्रम निर्मांण गरिदिएका छन घर भित्र पनि पाको सदस्य र युवा सदस्यको टिभी रुम नै अलग अलग भै सकेको ले यस्ता पुराना जमाना का कुरा हरु नयाँ पुस्तालाई पुस्तान्तर गरेर बुझाउन निकै गाह्रो हुने छ।

हाम्रा पुर्वज हरु को अन्तिम क्रिया मा मासु सहित को भोज गरिन्थे र लास हरु गाडिन्थे भन्ने पछिल्लो उदाहरण चौतरे-चौतरर्नी को चिहान हो भने वाखेत को मासु सहित को पछिल्लो किरिया मक्किना को भुपु प्रधानपञ्च धन ब. राम्जालीको श्रीमती को किरिया नै पछिल्लो मासु सहित को किरिया हो। उनको किरिया हुनु पुर्ब नै वाखेत मा मासु सहित को किरिया भोज हराई सकेको थियो। भुपु प्रधानपञ्चले हाम्रो रिति यस्तो पनि थियो भन्ने बताउन कै लागी उहाँ कै ईच्छा अनुसार हामीले थाहा पाउने समायमै पछिल्लो मासु सहित को किरिया भएको थियो। त्यस पछि को कौतुहल ले नै हामीलाई समाज र समाज का परिबर्तित नियम हरु लाई गहिरिएर बुझ्ने र खोज्ने प्रेरणा दियो। स्व. तुल ब. पुन, धन ब. राम्जाली, हल्दार बाजे, गम बं पुन, जमानसिँ थापा, जग ब. पाईजा भिम ब. पाईजा जस्ता अग्रजहरुको ले ठुलै सँघर्ष गरेर सँस्कारहरुमा सुधार गरेथिए कतिपयले आरोप पनि लगाए परम्परा नासे भनेर। मलाई चाहि मृत्यु सँस्कारमा मासु सहितको भोज भएको पहिले पनि थाहा थियो। मावली मा थापा खलकको मृत्यु सँस्कारको भोज मा मासुसहितको भोज हुन्थे।

मासु सहित को मृत्यु (किरिया) भोज हताउनु को कारण

प्रधानपञ्चनी को किरिया देखे पछि हामीले पुरानो पुस्ता सँग किन हरायो मासु सहित को अन्तिम किरिया भनेर जान्ने कोशिस गर्यौ। यस्को एउटै कारण थियो। खर्चालु भयो। पहिले पहिले सबैको घरमा भैसी हुन्थे, रागा, पाडा हुन्थे कुनै समस्या थिएन। बिस्तारे राँगा पाडा किनेर किरिया मा काटेर गरिने भोज ले कयौ परिवारहरु कम्जोर हुदै गए। हिजो सम्म हामी बराबरी को दाजुभाई त्यही भोज को रिण तिर्नुलाई जीवनभरि अरुको खेत बारी जोत्ने हली बन्नु पर्ने भयो। परिवार को मुली सदस्य बित्दा घर त्यसै पनि कम्जोर हुन्छ त्यस माथी यो मासु सहितको भोज नै हाम्रो समाजमा २ खाले मानिस को समाज बनाउने खतरा को रुपमा बढ्यो र यस्तो नहोस हामी सरोदाजु भाई सरोबरी नै हौ यस्तो चलन हताउऔ भनेर पुरानै भेजा र सरो चलन लाई मर्दा पर्दा दुबै मा सुल्टो भेजा, उल्टो भेजा, सुल्टो सरो उल्टो सरो भनेर ब्यबस्थित गरियो। केहि ले मासुसहित कै हुनु पर्छ पुर्खा को चलन छाड्नु हुदैन भन्नेहरु पनि थिए। मासु हुनै पर्छ परम्परा छाड्नु हुदैन भन्नेहरुलाई कुखुरा को भालेले पूजा गरेर मासु खुवाउने गरी मगरहरुले मृत्यु किरिया लाई परिमार्जन गरे अझे पनि त्यही चलिरहेको छ। सायद मनिप्लान्ट जस्तो लागेर जरङगे साग को बोट नउखलेको भए हाम्रो सँस्कार भित्र को यस्ता कुराहरु तिनै चिहान जस्तै माटो भित्र नै रहने थिए होला। पछि हामीले त्यो बेला ढालिएको खर्सु को रुख हेर्न गयौ। त्यति बेला सम्म पनि कसैले पनि त्यो रुख काटेको छैन। हाँगाहरु कुहिएर गएको भुई नछोएको अबस्था मा अर्को रुख को फेड मा अड्किएको देख्यौ। हेदा लाग्दथ्यो केहि बर्ष पहिले मात्रै होला तर सल्लेरी को सल्ला को रुख हेरेर अनुमान लगाउथ्यौ। यो कुरा नयाँ होईन। फेरी धेरै समाय पछि मलाई त्यहाँ जरङ्गे साग छ कि छैन हेर्न मन लागेको छ। जरङगे साग नभए पनि कुकुरडाईनो को झाँग पक्कै होला। अहिले तपाई खोज्दै जानु भयो भने दन्नेको चिहान तल्लो चामरेबोट को असिलो बाटो सकिए पछि आउने सानो डाँडा र माथील्लो असिलो बाटो को बिचको ठुलो ढुगाँ को बाटो मुनि हेर्नुहोला। चौतरे-चौतर्नी को चिहान त्यसै को माथी घुरी मा छ। भने छुकुना बाजे र उनको गुरु को चिहान भङकसेको देउराली चौतरा बाट अलिकति उकालो लाग्दा बाँझो को रुख भएको ढुँगाले अल्लो बनाएको चौतरा जस्तो छ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s