सम्झनाको स्पर्शहरु- झिं र वाखेत को साईनो

जमानाको कुरा:

सम्झनाको स्पर्शहरु- झिं र वाखेत को साईनो

म्याग्दी सदरमुकाम देखी ५ कोश उत्तर पर एउटै अक्षरले बनेको गाबिस को नाम र एउटै गाउँ ले बनेको गाबिस नै झि को युनिकता हो। पहिले पहिले सिरान गाउँ, थजाली गाउँ, सेर्जाङ (सेरपुन्जा गाउँ), डाँडा गाउँ गरेर अलग अलग गाउँ बस्ती बिस्तार सँगै सबै डाँडा गाउँ देखी सिरान गाउँ सम्म र माईथान देखि देउराली सम्म एउटै गाउँ जस्तै गरी बस्ती बढेको ले एउटै गाउँ को एउटा गाबिस जस्तै भेसकेको छ। त्यसैले झिं एउटा गाउँ एउटै गाबिस जस्तै भएको छ। यता वाखेत पनि कहिले घतान कहिले झी सँग छुटेर अलग गाबिस को रुपमा आफ्नो परिचय बनाउदेछ।

आफन्तले जोडेको साईनो हरेलो मेला

खिराबोटे बजै हाम्रो बजैको कान्छी बैनी भएको ले बजै जिउँदो छदै सम्म अरु बेला मुखे समचार पठाए पनि झिं को हरेलो मा भने ३ दिन पहिले नै आफे बोलाउनु आईपुग्नु हुन्थ्यो। झिं मा साउन को अन्तिम मँगलबार हरेलो मेला लाग्ने गर्दछ भने वाखेत मा भदौ को पहिलो मँगलबार मेला लाग्दछ। खेत रोपाई सकेर मकै बाली थन्काई सके पछि कुँजी र थारे खर्क उकालीएका गोठहरु छाडिन्थे यसरी छाडिएको गोठहरु सोझै आएर बारीहरुमा पस्ने गर्दथे भने गाउँलेहरु छिमेकहरु बोलाएर घर घरमा स्पेशल हरेलो खान पिन गर्ने गर्दथे। यो मेला आफन्तहरु भेट्ने राम्रो माध्यम बन्ने गर्दथे। खास गरि केटा केटी लाई अझै रमाईलो लाग्ने गर्दथ्यो। लाखे, साँस्कृतिक नाँच, खेलकुद, गाउँले होटेल अलगै रमाईलो बिहान गएर बेलुका फर्कने हामी बजैको मा खाना खाएर फूपु को मा खाजा खाएर घर फर्कने गर्दथ्यौ। भदौ को पहिलो मँगलबार बिहानै खाने गरी आउनुस भन्ने निम्तो छाडेर हामी आउदथ्यौ। आफन्तहरु को घर जुनै गाउँ मा पनि हुने गर्दथे। जस्को आँगन मा पनि हाम्रै गाउँ का मानिसहरु भेटिन्थे। छैठौ दिन मा झी को मेला सकिन्थ्यो र होटेल, जेरीपसलहरु खेलौना पसलहरु सोझे वाखेत आउने गर्दथे। केहि खेलाडी र मेला मा भुल्नेहरु झी को मेला बाटै वाखेत को मेला मा सर्ने गर्दथे। यति मात्र होईन झी को हरेलो मा वाखेत ले लाखे लिएर जाने गर्दथे भने यस्कै को वाखेत को हरेलो मा झीले पनि लाखे ल्याउने गर्दथे। उता को यता बिबहा र यता को उता बिबहा ले यो साईनोहरु अझै नबिकरण गरि अरु मजबुत बन्दथे।

त्यो बेला नै बिकास को नमुना झी मा

25-26 वर्ष पहिले गाउँ मा शिसु स्याहार केन्द्र खोलिनु, म्याग्दी सदरमुकाम बेनी सँग सँगै झी स्थानिय स्तरमा बिधुतिकरण हुनु, धुवारहित चुलो त्यो बेला नै घर घर मा जोडिनु बिकासको लहर सँगै पहिल्यै नै जोडिएको अनुभुति गर्वका लायक थिए। स्कुल को मुनि तिर शिशु स्याहार को भवन थियो भने घाङगेरी खोला बाट बिजुली निकालिएको थियो। बिधुतिय कुटानी पिसानी मिल र पावर हाउस देखी गाउँ मा जोडिएको लोकल फोन ले सदरमुकाम मा मानिसहरु आवा, टेलिग्राम, टेलिफोनमा पुग्दा झी का मानिसहरु गोठ नजिक को पावरहाउस बाट फलाना को गोरुले किलो डाम्लो गर्यो,गाई भट्ट नास पार्यो, गोठ मा खर्च सकियो पठाईदेउ भन्न भ्याउथे। पहिलो पल्ट बिजुली बल्दाको अनुभव हामी पाहुना गएको हरुलाई सुनाउदा को उत्तिसार। उज्यालो देखेर मुसा लस्कर लस्कर भाग्यो। उज्यालो देखेर फलनाको भाले राती बास्यो। को जाती को बौउ कति दिन सम्म निदाईनन रे । फिउज गै रा फेर्दा कोजाती को बा लाई झट्का लाग्यो रे। अरब बाट आएका टेपहरु देउराली बजाएको माईथान सुनिन्थे।

अब्बल खेलाडी र आँटिला युवाहरुको गाउँ

कुनै बेला सम्म वाखेत पनि झी कै एउटा गाउँ थियो। कतिपय को अझे पनि नागरिकता र लालपुर्जा झी कै छ। केहि पाईजा हरु वाखेत बाट झी झरेका हरु पनि छन। एउटै घर का ६ जना सम्म खेलाडी निस्कने तुले दर्जी को घर। त्यो बेला नै गाउँमा बिजुली हुनु पर्छ भन्ने सोच भएको थम्मर ब.पाईजा जस्ता आँटिला युवाहरुको गाउँ झीं हो। बिस्तारै बसाई सराई, अस्थिर राजनितिले चपेटा मा झी पर्यो। २६ बर्ष पहिले नै सुधारिएको चुलो प्रयोग गर्ने गाउँ बल्ल पोहर- परार धुवामुक्त चुलोको गाउँमा फेरि दर्ज भयो भने अव बल्ल केन्द्रिय लाईन मा जोडिएर पुन उज्यालो हुने तरखर मा छ।

हरेलो को दाग

मेला निक्कै ठुलो हुने गर्दथे। राखु,हिस्तान तिर बाट खोरखोरे (डाईस) खेलाउने हरु मेलामा आएका थिए। खोर खोरे खेलाउने समुह कै सदस्य सँग खे के मा भना भन भयो 2047-48 साल तिर को हरेलो मेला मा पाखापानी को ईच्छा पाईजा को छुरा प्रहार बाट घटना स्थल मै हत्या भयो। यस्तो दुर्धटना पछि पनि धेरै बर्ष सम्म झिं को हरेलो उहि उचाई मा लागि रहयो। परिवार को एक्लो छोरा त्यही बर्ष एसएलसी दिएर बसेका थिए पछि पास भएको रिजल्ट आएको थियो उनि गलेश्वर माबि धतान तोरीपानी का बिध्यार्थी थिए तर दुर्भाग्य उनिले त्यो बेला को दुर्लभ सफलता मानिने एसएलसी पास को गर्व सयेर गर्नु पाएनन। झीं को हरेलो ईतिहासको कालो दाग यहि नै हो।

पुस्तान्तर मा हरेलो मेला

बजै र फुपु पुस्ता सकिए पछि बैबाहिक नयाँ सम्बन्धहरु कम हुन थाले परिणाम पुरानो साईनोहरु बिस्तारै नयाँ पुस्ताले बिर्सदै गए। अहिले बाजे बजै को पाला को परिवार नै जाने आउने हरेलो चलन पनि फिटलो भएको छ। अहिले झीं मा हरेलो मेला लाग्दछ खेलकुद र लाखे कार्यक्रम बिहिन खानपिन गरेर मात्रै लाग्छ। यस्का थुप्रे कारण छन। द्वन्दकाल एउटा कारण हो भने मेला हरु मा बढेको पुरुस्कार रासी र समाय अबधि पनि अर्को कारण हो। अचेलका मेलाहरु पहिले का मेला जस्तो ४-५ दिन मा सकिदैन। किन कि हरेलो मेला मा तेस्रो दिन मात्रै खेलकुद शुरु हुन्छ। झी को मेला कै अर्को हप्ता वाखेत मा मेला लाग्ने हुनाले पनि यो मेला हटेको हो। यस्तै जुझान पहिले पात्लेखेत मा पनि भएको थियो। पात्लेखेत मा तिज मा मेला लाग्ने गर्दथ्यो। कहिले कहि तिज पनि वाखेत को हरेलो को बिच मै पर्दथ्यो। त्यसैले अहिले पात्लेखेत मा नयाँ बर्ष तथा भूमेपूजा मा मेला लाग्ने गर्दछ।

चाँड पर्व को लस्कर

साउनको अन्तमा झी को हरेलो बाट सुरु भएको मेला वाखेत भदौ को पहिलो मँगलबार वाखेत सर्दछ भने वाखेत सकिए पछि यो तिज को रुपमा पुर्णगाउँ सर्छ। त्यस पछि दशैको टिका को दिन फाईनल हुने गरी कुँहु पुग्दछ र कँहु को फाईनल भए पछि यो पाखापानी को कोटगाउँ दशै को दिन देखी खेलकुद हुने गरी सर्दछ। यसरी बर्षा सकिए पछि को मेला यो लाईन मा सकिन्छ र फेरी हिउदे सकिए पछि को मेला भूमे पूजा को रुपमा फेरी पात्लेखेत-वाखेत, झी, कोटगाउँ, चिमखोला, दर्मिजा र दग्नाम हुदै अर्मन, बरङजा फर्कन्छ। भविस्यको टुरिजम प्याकेज यि स्थानिय मेलाहरु हुन सक्छन। यस्लाई मौलिक ब्यबसायिक प्याकेजमा ब्यबस्थित गर्न सक्ने हो भने। यस्तै कालीवारी र काली पारी पनि यस्तै मेलाको चेन छ। कालीपारी र काली वारीको यि सँस्कृतिक मेलाहरुलाई लोकल टुरिजम प्याकेज मा होम स्टे को शैलीमा बिकासित गर्ने हो भने मेलाहरु रमिता गर्ने, खर्च गर्ने मात्रै होईन स्थानिय टुरिजम लाई ब्राण्डिङ गर्ने हो भने यि मेलाहरु स्थानिय आर्थिक स्तर सुधार गर्ने अवसर पनि बन्नु सक्छ।

पछिल्लो समाय मा आएको साईनो को कम्जोर कडीलाई कुनै न कुनै रुपमा जोडेर पुन बलियो बनाउनु आवश्यक छ। मेला को साथ साथै लोकल टुरिजम को अभियान नै गाउँ गाउँ बिचको कम्जोर हुदै गएको साईनो नबिकरण को नयाँ तरिका हुन सक्छ। यस्ले भावनात्मक रुपमा आफ्नोत्वले समाज लाई जोड्छ। समाजहरु को बिच को सुमधुर सम्बन्ध ले नै गाउँहरु बलियो हुन्छन। अहिले रितिथिति, भेष भुषा, सँस्कारमा बिबिधता मिसिनुको मुख्यकारक यहि साईनो र भाबनात्मक आफ्नोत्वको कमि नै हो। अहिले जति पनि भाषा, भेषभुषा, परम्परा र सँस्कारको सुधार र बिकास को कुरा गरे पनि गाउँ गाउँ बिचको सम्बन्धको कडिहरु नजोडिदा सम्म त्यो उल्टो बेरिएको लठो जस्तै हो माथी कसिलो बनाउदै घुम्दा तल खुकुलो भएर कम्जोर भएको हुन्छ।

हामी सँग धौवलागेरी को शान छ। तातोपानी को उपचार छ। महिना नबिराई लाग्ने साँस्कृतिक मेलाहरुको लस्कर छ उपयोग गर्ने जान्ने हो भने हामी जन्मदै आत्मनिर्भरता को सम्भावना भित्र जन्मेका छौ। अव यो ठाँउमा आपसी एकता , ईमान्दारीता र ब्यबसायिकताको बिकास चाहिएको छ।झि र वाखेत मात्रै होईन। अचेल हाम्रा छोरी चेलीहरु गाउँ नाघेर जिल्ला, अञ्चल देशका बिभिन्न ठाउँमा पुगेका छन भावनात्मक एकता हुने हो भने अहिले झन पहिले भन्दा सजिलो छ।

जमानाको कुरा:

सम्झनाको स्पर्शहरु- झिं र वाखेत को साईनो

स्यानु पाईजा, पात्लेखेत-७ , वाखेत म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s