पात्लेखेतमा मौषमी तथा बेमौसमी तरकारी खेती तालिम सुरु

प्रताप बानियाँ
साभार बेनी अनलाईन http://benionline.com.np/30204.html

महिला समन्वय समिति जिविस म्याग्दीको आयोजनामा शनिबारदेखि म्याग्दीको पात्लेखेत गाविसमा तरकारी खेतीसम्बन्धी तालिम सुरु भएको छ । तरकारी खेती लगाउने तरिका र कृषिजन्य सामग्रीको जानकारी दिने उद्देश्यले समितिले मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरेको हो ।

तालिममा तरकारी खेतीका लागि बिउविजन छनोट, तरकारी खेती, प्लाष्टिकको घरभित्र नर्सरी व्यवस्थापन, घरेलु तरिकाबाट रोग किराको नियन्त्रण, काँक्रा, करेला, काउली र घिरौैंला खेती प्रविधि तथा नर्सरी स्थापना एवं व्यवस्थापन लगायतका विभिन्न विषयहरुमा सहजीकरण गरिएको छ ।

३ दिनसम्म चल्ने तालिममा सहजीकरण गर्दै जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्राविधिक सहायक श्यामराज क्षेत्रीले गोलभेँडा खेती लगाउने तरिकाको बारेमा बताएका छन् । उनले गोलभेंडाको जरादेखि ३० सेमीसम्मको ४० प्रतिशत पात फाल्नुपर्ने र टनेलमा गोलभेंडा खेती गर्नेले दिनको एकपटक अनुगमन गर्नुपर्ने बताए ।

उनले एक बोटदेखि अर्को बोटसम्मको दुरी ४० सेमी सम्म हुनुपर्ने बताउँदै ५ मिटर चौडाई, १० मिटर लम्बाई र ५० वर्गमिटरमा १ सय ८० देखि २ सय सम्मका गोलभेंडाका विरुवाहरु लगाउन सकिने बताए । उनले आयआर्जनको राम्रो स्रोत गोलभेंडा खेती भएको बताएका छन् ।

राम्रो र आधुनिक खेती प्रणाली अपनाएर गोलभेंडा खेती गरेमा एउटै बोटबाट २० किलोसम्म गोलभेंडा खेती उत्पादन गर्न सकिने र त्यसबाट मनग्य आम्दानी हुने बताए । तालिम समन्वय समिति सदस्य एवं सो तालिमको संयोजक ज्योती लामिछानेको विशेष उपस्थिति र पात्लेखेत गाविसका ४५ जना महिलाहरुको सहभागीतामा सञ्चालन भैरहेको छ ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s