गोलभेंडाबाट मनग्य आम्दानी

प्रताप बानियाँ
साभार बेनी अनलाईन –
http://benionline.com.np/30206.html

म्याग्दीको पात्लेखेत–४ की स्थानीयवासी जानकी शर्माले गोलभेंडा खेतीबाटै मनग्य आम्दानी गर्न सफल भएकी छिन् । उनले यसभन्दा अघि आफैले घरको लागि मात्रै गोलभेंडा खेती गरेपनि सहमति संस्थाले टनेलका लागि आवश्यक सामग्री सहयोग गरेपछि आम्दानीमा वृद्धि भएको बताएकी छिन् ।

उनले माघ महिनामा टनेल निर्माण गरेर गोलभेंडा खेती लगाएपछि जेठ महिनादेखि टिपेर घरमै खान थालेको र बोटबाटै हालसम्मा १ सय ५० केजी बिक्री गरेको र सोबाट १० हजार भन्दा बढी आम्दानी गरिसकेको बताइन् । उनले गोलभेंडा पाकेपछि गाउँमै बिक्री हुन थालेकाले बजारसम्म ल्याउनुपर्ने बाध्यता नभएको बताएकी हुन् ।

सहमतिले टनेलका लागि प्लाष्टिक सहयोग र गोलभेंडाको बिउ उपलब्ध गराएपछि खेती सुरु गरेको बताउँदै उनले गोलभेंडा बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च चलाउन, बालबालिकाको पढाई खर्च जुटाउन र समूहमा बचत समेत गर्न सकेको बताइन् । हाल टनेलमा ५ सय केजी भन्दा बढी गोलभेंडा अझै बिक्री गर्न बाँकी रहेको जानकारी दिइन् ।

त्यसैगरी म्याग्दीको झिँ गाविसस्थित ९ वडाका स्थानीय ठाकुरप्रसाद थजालीले पनि सहमति संस्थाको सहयोगमा गोलभेंडा र काँक्रो खेती लगाएको बताएका छन् । उनले सहमतिबाट टनेलका लागि प्लाष्टिक, बारबन्देज गर्न तार, रोग किरा नियन्त्रण गर्न विषादी र विषादी छर्न हजारी तथा स्प्रे सामग्री सहयोग गरेको बताए ।

उनले टनेलबाट गोलभेंडा खेती गरेर हालसम्म ५० केजी गोलभेंडा र काँक्रा बिक्री गरिसकेको बताए । उनले सो बाट हालसम्म १० हजार भन्दा बढी आम्दानी गरेको बताउँदै छोटो समयमै धेरै कमाई गर्न सकेको बताएका छन् । बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च लगायत अन्य क्षेत्रमा खर्च गर्न सकेको बताएका छन् । उनीहरुले गोलभेंडा र काँक्रालाई ४० देखि ५० केजीसम्म प्रतिकेजीका दरमा गाउँमै बिक्री गर्ने गरेको बताएका छन् ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s