जमानाको कुराः राहुगढ को गहिराई को खतरा

जमानाको कुराः राहुगढ को गहिराई को खतरा

काली गण्डकीको सहायक मुल नडी मा राहुगढ पनि एक हो यस्को गहिराई ले यस वरिपरिका ठाउँहरु मा निकै ठूलो समस्या पार्ने छ। कुनै समाय मा यो राहुगढ वाखेत को फड्के भन्ने ठाउँ मा बग्ने गर्दथ्यो त्यही खोला तर्ने लाई बनाएको पुल को नाम नै फड्के हो। अहिले खोलावारी र पारी रहेका समान उचाई को ठाउँ लाई समान नाम वाखेत र फड्के भनिनु को पछाडी को कारण पनि यहि हो।

दग्नाम को नाम- वडारे, ओडारे, वडारे, बाँडरे, दग्दाम, दग्नाम

अहिले को दग्नाम गाबिस को कुनै बेला नाम वडारे थियो। समाय सँगै शब्दहरु को लेखाई तरिका फेरिन्छ। धेरै पहिले वाखेत लेख्दा औवाखेत लेखिन्थे, त्यस पछि उवाखेत, त्यपछी व पाई तल थोप्ला लगाएर वाखेत लेख्दा लेख्दै वाखेत बनेको छ। जस्तै त्यस्तै स्कुललाई – ईस्कुल, सरकारलाई- सर्कार लेखिन्थे। मगर बस्तीहरुको नाममा यसरी फरक उच्चारण आउनु मगर भाषा लवज मा उच्चारण हुने नाम को ठ्याक्कै नेपाली शब्द नहुनु हो।

दग्नाम को नाम मा पनि त्यस्तै भयो। जब कागजात हरुमा तल थोप्ला लगाएको वडारे को थोप्ला माथी सरेर बाँदरे भयो यो कागजात लेखाई को क्रम मा भएको तु्त्री थियो। पछि का पुस्ता ले मात्रै यस्लाई सच्चाएर बर्तमान को नाम दग्नाम दिए।

बुढापाका को कुरा सुन्ने हो भने कुनै बेला राहुगढ को गहिराई अहिलेको जस्तो थिएन भन्ने प्रमाण को रुपमा दग्नाम को ठिक वारी रहेको ओडारे गाँऊ र गर्बुजा बस्ती हरेर पनि अनुमान लगाउनु सकिन्छ। कुनै बेला अहिले को वारी पारी का गाउँहरु एउटै ठाउँ मा थिए। राहुगढ को गहिराईले मात्रै यि दुई गाउँहरुलाई फरक फरक पारिदियो। अहिले को बुक्लो को सिरान मा रहेको औवाखेत र फड्के भन्ने ठाउ र वाखेत को वाखेत र फड्के भन्ने ठाउँ, दग्नामको पुरानो नाम वडारे र झी को वडारे नाम ले बुढापाका ले भनेको कुरामा सच्चाई छ भन्ने प्रमाणहरु प्रस्सस्तै छ।

राहुगढ को गहिराई र खतरा

धौवलागेरी बाट निस्केका दिदी बैनी खोला म्याग्दी र राहुगढ को बहाई हेर्ने हो भने म्याग्दी खोला ले समथल भुभागहरु बनाउदै आएको छ भने राहुगढले खोच बनाउदै आएको छ। सातबिसे, बाह्र बिसे जस्ता समथल ठाउँहरु बनाउदै आएको म्याग्दी र खतरनाक खोज बनाउदै आएको यि दुई खोला को मुहान धौवलागेरी हिउँ पग्लेर बगेको पानी बाट सुरुवाट भएको छ। पुरानो किम्बदन्ती अनुसार राहुगढ र म्याग्दी खोला ले बेनीमा बोका को टाउको राखेर यो ठाउँ मा को पहिला पुग्ने भन्ने प्रतियोगिता गरेर अनि म छिटो पुग्छु भन्ने लोभमा राहुगढ छिटो छिटो बग्यो रे अनि यस्ले किनाराहरुमा फाँटहरु बनाएन खोच मात्रै बनायो भन्ने हामीले थुप्रै पटक सुनेका छौ।

राहुगढ को बहाब लाई नियन्त्रण नगर्ने हो भने कुनै दिन भयाबह स्थिति आउन सक्छ। १७ बर्ष पहिले वाखेत र झी को सिमाना मा पर्ने पाल्चौर को पारी पत्ती को रानी बन बगेर गयो। यस्को कारण राहुगढ को गहिराई नै थियो। यस्का किनारा मा ठुला ठुला चट्टानहरु छन राहुगढ को पानीले निरन्तर खार्दा यि चट्टानहरु टुक्रिन्छन नतिजा रानीबन, बनकुसुम जस्ता बनहरु कसैले थाहा नपाउने गरी एकै रात मा बग्दछन। यस्तै उदाहरण देउतीसारा को धान खेत पनि हो। कुनै बेला यस्तै पहिरो गएको ले पुरानो पुस्ताले रछा गर भन्दै देउतिनी को थान स्थापना गरे। आफ्नो देउतीनिलाई सारेर राखेको ले नै त्यो ठाउँ देउतीसारा रहन गयो। सत्य त्यही हो अहिले पनि त्यो ठाउँ मा फेरि पहिरो गएको छ र देउतीसारा भने अहिले सम्म बगेको छैन। बाँकी का धानखेतहरु यहि पुग्यो भन्ने निशाना छैन।

४-५ बर्ष पहिले रायखोर को पुरै गाउँ दिउँसै बग्यो।

पाखापानी गाबिस को एउटा गाउँ रायखोर हेर्दा हेर्दै बग्यो। कसो दिन मा भएको ले र सबै काम मा गाउँ बाहिर भएको ले जिउज्यान को खति भएन रातमा यो धटना घटेको भए कम्ती मा पनि १००-२०० जना को ज्यान जाने थियो। हेर्दा हेर्दै एउटा गाऊ र फाँट नै बग्यो। यस्तै समस्या मलकबाङ ले खेप्दै छ। यसको कारण पनि ढुँगा टुक्रिनु नै थियो। किनारा मा रहेको ढुँगा खोलाले लडाए पछि माथी का भागहरु चिप्लेर एकै चोटी राहुगढ मा मिसियो। राहुगढ को बहाई ले बगाएर सिँगो गाउँ र फाँत नै नामोनिसान नरहने गरी लग्यो।

रायखोर यसरी बग्नु मा गाउँ को बिचमा बनेको भुमिगत पानी को पोखरी पनि कारक बन्यो। जव तल को ढुँगा पल्टियो यो जमिन भित्र को पोखरी को पानी बग्यो पानी बग्दा जमिन भाँसियो र गाउँ नै बग्यो। त्यस पछि यो पहिरो मा बहुमुल्य पथ्थर हरु निस्किए। केहि ले त्यहि बेचेर आफुलाई सम्पन्न पनि बनाए तर आफ्नो गाउँ को अस्तित्व बचाउन रायखोर ले सकेन।

पाखापानी को पुछार मा गयो हिउँद मै ४०० मिटर पहिरो

राहुगढ ६ घण्टा थुनिएर गलेश्व बासी त्रस्त भएको धेरै पहिले होईन। त्यहि राती पाखापानी को पुछार पहिरो गयो र डाँडा काँडा मा हिउ पर्यो। यस्ले के सँकेट गर्छ भने बर्ष मा मात्रै होईन जतिबेला पनि हाम्रो नडिको किनार मा रहेका चट्टान टुक्रिनु सक्छ र पहिरो जानु सक्छ भन्ने हो।

यस्तै समस्या धेरै बर्ष पहिले नै चिमखोला को र दर्मिजा को बिचको एउटा पहाड नै पहिरो गएर देखिएको छ। राहुगढ को गहिराई लाई समाय मा ध्यान नदिने हो भने म्याग्दी सदरमुकाम बेनी बजार पनि सुरछित छैन। र यो आसपास का पाखापानी, कोटगाउँ, मल्काबाङ, झि, पात्लेखेत, वाखेत, घतान , दग्नाम, राखु जस्ता ठाउँ हरु ले जति बेला पनि रायखोर को नियती भोग्न सक्छन।

यसो त राहुगढ ले मात्रै यस्तो बिनास गरेको छैन। म्याग्दी खोले हरु पनि छ्यार छ्यारे को पहिरोले म्याग्दी खोला थुनिएर पुरै दर्वाङ नै जलमग्न परेको छ। यस्को कारण पनि पहिरो जानु नै थियो। दर्वाङ धुम्ती शिबिर मा नागरिकता बनाउनु जानु भएका हाम्रो हिदी को माईती बजै को प्रत्यछ पहिरो बर्णन सुन्दा फिल्म को कथा जस्तै लाग्छ। रात परेर रातो ढुँगा बास बस्नु भएको बजै पहिरो गयो भन्ने सुने पछि उकालो भाग्दा पैतला पैतला पानी को हुल्काले भेटको थियो । कति पयले सबे गुमाए भने धेरै ले झिरिङगो को को चल्लेरी माउँ बोकेर उकालो भागेका थिए रे। सम्पती को माया यति हुन्छ मान्छे बाचिन्छ कि बाँचिन्न थाहा छैन तर एक झिरिङगो माउँ र चल्ला को माया ले मान्छे ललायित हुन्छ भने। हाम्रो त सिँगो गाउँ र परिवार नै त्यहि छ। त्यसैले यस्ता दैबिक प्रकोप बाट बच्न सबै मिलेर लाग्ने बेला भै सकेको छ। ढिलो भयो भने पछुटो बाहेक केहि हुने छैन।

२००८ मा यस्तै बल्ग गर्दा धेरै ले अल्छिन नलेख भन्ने कमेन्ट पनि गर्नु भयो। तर सच्चाई त्यहि हो हामी सुरछित छैनौ। जुन बल्ग मा पाल्चौर को ४ सय मिटर ठुलो पहिरो को र खतरा बारे मा लेखिएको थियो। अव बोल्ने होईन गर्ने, सोच्ने होईन जाँग्ने बेला भै सकेको छ। सबै जाग्नु पर्छ।

स्यानु पाईजा

(जमानाको कुरा भित्र बाटः -राहुगढ को गहिराई को खतरा)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s