Ramjali Naru बाट २१ पुस्तक, भलिबल & नेट – ३ सेट, बास्केटबल- १ सेट & २ नेट उपहार प्रात्त

वाखेत अपडेट
Ramjali Naru बाट २१ पुस्तक, भलिबल & नेट – ३ सेट, बास्केटबल- १ सेट & २ नेट उपहार प्रात्त

असार -१ गते हरेक महिना पुस्तक उपहार अभियान मा यो महिना हाम्रो Mero Wakhet Gaun मेम्वर Ramjali Naru (USA) बाट १७ वटा पुस्तक अनि समाज का सबै तहलाई सक्रिय बनाउनु पर्छ र खेलकुद ले नै एकता र समाजलाई सकृय बनाउछ भन्ने सन्देश दिन ३ सेट भलिबल र नेट, बास्केट बल र बास्केटबल नेट आज पठाउनु भएको छ र बेनी पुगी सकेको छ। यो असार -१ गतेको कार्यक्रम मा हस्तान्तरण हुने हुना छ। यो भलिबल युवा क्लव, आमा समुह र स्कुले नानीहरु को लागी १-१ सेट हो भने बास्केटबल युवा कल्वका साथीहरुलाई हो।

यसै कार्यक्रम मा रेशम पाईजा साउदीले उपहार पठाउनु भएको पुस्तक र भुपु हरु बाट उपहार प्राप्त पुस्तक पनि असार – १ गते नै हस्तान्तरण हुने छ। हरेक महिना पुस्तक अभियान अर्को बर्ष को चैत्र सम्म चल्छ।

आफ्नो परिवारलाई पैसा पठाएको बेला मा १ पुस्तक बर्षमा १ पटक दिने गरौ बिध्योदय पुस्तकालयलाई अपडेट राखौ। कम्ती मा महिना को १ नयाँ पुस्तक पुस्तकालय बाट लिएर पढ्ने फर्काउने बानी को बिकास गरौ। न पढिए सम्म पुस्तक मात्रे शब्द कोरिएका कागज हुन। पढे र उपयोग गर्न सके पुस्तक मार्ग दर्शक हुन।

आसार -१ गतेको फोटो सम्झना

नर ब. राम्जालीले पठाएको पुस्तक र नगद पुस्तकालयलाई हस्तान्तरण गर्दे

नर ब. राम्जालीले पठाएको पुस्तक र नगद पुस्तकालयलाई हस्तान्तरण गर्दे

नर ब. राम्जाली (अमेरिका) ले उपहार गरेको पुस्तक को बिल

नर ब. राम्जाली (अमेरिका) ले उपहार गरेको पुस्तक को बिल

शेर बहादु पुन बराह थान को स्कुल लाई नर राम्जाली ले उपहार लिदै

शेर बहादु पुन बराह थान को स्कुल लाई नर राम्जाली ले उपहार लिदै