म्याग्दीको वाखेतलाई ‘मह गाउँ’ बनाउने अभियान

साभार बेनी अनलाईन बाट
http://benionline.com.np/29034.html
म्याग्दी, २० जेठ । स्थानीय कृषकले माहुरीपालन व्यवसाय विस्तारमा गरेर म्याग्दीको पात्लेखेत गाविसको वाखेतलाई “मह गाउँ” का रुपमा विकास गर्ने अभियान सुरु गरेका छन् ।

पात्लेखेतको ६, ७, ८ र ९ मा पर्ने वाखेतका कृषक माहुरीपालन व्यवसायलाई मुख्य आयस्रोत र बस्तीलाई नै माहुरीपालन व्यवसायमा नमुना बनाउन ‘मह गाउँ’ निर्माण अभियानमा जुटेका हुन् । सोका लागि वाखेत लद्युउद्यमी सङ्घको नेतत्वमा एक घर एक घार माहुरी अभियान सञ्चालन गरिएको छ ।

एक सय ५० घरपरिवारले बसोबास गर्ने वाखेतका प्रत्येक घरमा कम्तीमा पनि एक घार व्यावसायिक माहुरी पालन गर्ने अभियान चलाइएको सङ्घका अध्यक्ष लोकबहादुर पुनले बताउनुभयो । अहिले ३० घरमा व्यावसायिक माहुरीपालन सुरु भइसकेको छ ।

उनीहरुले कम्तीमा पाँचदेखि १५ घार माहुरी पालेका छन् । अन्य घरमा पनि कम्तीमा एउटा घार माहुरी रहेको छ । काठे तथा परम्परागत घारलाई परिवर्तन गरी आधुनिक घार प्रयोग गर्न थालिएको छ । मध्यम किसिमको हावापानी पाइने र जङ्गल नजिकै रहेको सो गाउँमा एपी सेरेना जातको माहुरी पालिएको छ ।

‘मह गाउँ’ बनाउने अभियानमा विदेशमा काम गरेर फर्केका १५ जना युवा कृषक सक्रिय बनेका छन् । बजारमा महको माग उच्च रहेको र गाउँमा उपयुक्त वातावरण भएकाले परम्परागतरुपमा गरिँदै आएको माहुरीपालनलाई व्यावसायिक बनाएको इराकमा रोजगारी गरेर आएका डेग पुनले बताउनुभयो ।

बाख्रा, गाईभैँसी, कुखुरालाई जस्तो स्याहारसुसार र धेरै लगानी गर्न नपर्ने भएकाले माहुरीपालन व्यवसाय सजिलो भएको कृषक पुनको भनाइ छ ।

गाउँ नजिकै जङ्गल भएको र घर वरिपरिका खेतबारीमा पनि माहुरीका लागि आवश्यक चरन भएकाले माहुरीपालन व्यवसायका लागि वाखेत सम्भावनायुक्त स्थान भएको अर्का युवा कृषक जयप्रसाद पुर्जाले बताउनुभयो ।

प्रतिघार सिजनमा सात लिटर मह उत्पादन हुने गरेको कृषकहरु बताउँछन् । माहुरीपालनका लागि पकेट क्षेत्र मानिएको वाखेत गाउँमा वार्षिक रु २० लाख मूल्य बराबरको मह उत्पादन हुने गरेको लद्युउद्यमी सङ्घका अध्यक्ष पुनले बताउनुभयो ।

वाखेतमा उत्पादन हुने मह गाउँबाटै प्रतिलिटर रु एक हजारका दरले बिक्री हुने गरेको छ । गत महिनामा मात्रै वाखेतमा ४५ घार माहुरी थपिएको छ ।

जिल्ला कृषि विकास कार्यालय, लद्युउद्यम विकास कार्यक्रम, सङ्गम म्याग्दीलगायत सङ्घसंस्थाबाट माहुरीपालनका लागि प्राविधिक सहयोग हुने गरिएको छ ।

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s