सरी !!

सरी !!

त्यति लामो कथा सकेछौ
यति छोटो शब्दमा………
मलाई त्यही कथा मन पर्यो
याद हरु सँगालीए छन
भुट्कामा सँगालेको पैसा जस्तै
एउटा तारा धेरै टाढा चम्कियो
राती यति मधुरो रोशनीमा
मलाई त्यही रात मन पर्यो
अल्झैछ मन त्यही कतै
जता अल्झीयो उतै मन पर्यो
यति लामो मन को कथा
सल्किए छ एकै सर्कोमा
धुँवा उड्यो आधी रातमा
ऐठेन पर्यो रातमा 
ईशारा न बुझी बिचारा
बाँसुरी को धुन बनेछ बिरह
सुन्नेलाई धुन मन परेछ।
धुँवा धुँवा नै त हो
आँखामा परेर आँसु झरेछ।
रँगमञ्चको पर्दा थुनिनु अधि
जिवन्त अभिनय सम्झी
मलाई जस्तै मन परेछ।
त्यति लामो कथा
सकिएको यति छोटो शब्दमा
“सरी”

Comment Here