जमनाको कुरा : मालिका पूजा

(भोली मालिका पूजा) कस्ले कस्ले पुग्नु भएको छ मालिका बिचार सेयर गर्नुहोस

जमनाको कुरा : मालिका पूजा

मालिका को ओडार पानी चुहियो ट्यापु ट्यापु
बैश आउला भन्दा दाह्री आयो च्यापु च्यापु

पानी पर्ने सिजन जेठ महिनामा गरिने पूजा कै लागी भेला भएका तरुनी तन्नेरीहरु ओडार मा बसेर गीत गाईरहेको बेला मा ओडार मा पानी चुहियो र गीत मै मिसियो। लोक गीतका बिशेषता भनेकै यहि नै हो। तत्काल गीत सृजना गर्नु सक्नु नै लोकगीतले दिएको मौलिक कला हो।

परम्परागत रुपमा गरिने मालिका पूजा हरेक वर्षकार्तिक पुणिर्मा, बैशाख पुणिर्मा र चण्डि पुणिर्माका दिन गरिन्छ।  अचेल मालिका पूजा भाईटिका को अधिल्लो रात पनि गरिन्छ र यो पूर्णिमा नपरेर औसीमा पर्छ। यो चलन पछिल्लो समायमा थपिएका हुन। मालिका का थान हरु ठाउँ ठाउँ मा स्थापना गरिएको हुन्छ। जहाँ जस्लाई नजिक पर्दछ त्यहि ठाउँ मा मालिका को पूजा गरिन्छ। अझ कतिपय ठाउँ मा मालिका का थान हरु लेक मा हुने र लेक लाग्ने समस्या भएका मानिस पुग्न असजिलो हुने हुनाले बुढा बुढी र मालिका नै पुग्न नसक्ने को लागी भनेर तल तल पनि मालिका मा मानक थान हरु थापना गरिएको हुन्छ।
म्याग्दी जिल्ला को मालिका

हुन त हरेक ठाउँ मा मालिका को स्थापना गरिएको ले कतिपयलाई मालिका भनेको यहि हो भन्ने लाग्छ। तै पनि मालिका को लामो ईतिहास छ। जुन बेला मानिस गोठाले जिवन बिताउथे त्यति बेला देखि नै मालिका प्रचलन छ। देबी का ३ बिहिनी मालिका, जालिका र कालिका मध्ये मा मालिका को थान अहिले को दर्वाङ गाबिस को समिप मा पर्दछ। यो अहिले को जस्तो गाबिस को सिमाना ले छुट्टिनु भन्दा पहिलेको देखि नै प्रचलन मा आएको पूजा हुनाले अहिले मात्रै यहाँ सिमा का कुराहरु उठेका हुन। त्यो बेला साझा रुपमा नै मालिका को पुजा गरेको पाईन्छ। यो पाखापानी, बिम र दर्वाङ को सिमाना मा पर्दछ। उचाई को लेक भएको ले अचेल यो मालिका म्युजिक भिडियो र केहि फिल्म हरु मा पनि छयाङकन हुन थालेको छ। “मेरो सानु गाँउ” पाखापानी भिम पुन ले बनाएको डकुमन्ट्री फिल्म मा मालिका का दृष्यहरु समेटिएको छ।

पुरानो समाय को मालिका

मालिका पूजा एक किसिमले लेकाली गोठालो हरुले उभौली पूजा को रुपमा सुरु गरेको पूजा हो। गोठलाहरुले माथिल्लो खर्क मा गोठ सार्ने बेला मा गरिने पूजा नै मालिका पूजाको रुपमा परिबर्तित भएको हो। किरात राई हरुले मनाउने उभौली र उधयौली पर्व को पनि यसै पूजा सँग निकतता छ। भलै ब्याख्यात्मक रुपमा जस्ले जसरी ब्याख्या गरिए पनि उभौली र उधौली पूजा भने को पशुपालक किसान ले आफ्नो खर्क माथि र तल लैजाने बेलामा गरिने पूजा हुन। मालिका पनि उभौली पुजा कै परिमार्जित रुप हो् । हिउद को बेला चिसो र हिउँ पर्ने हुनाले चरण पुरिने हुनाले गोठहरु बेसी झर्ने बेलामा उधौली पूजा र बर्षा लागे पछि लेकमा चरणहरु हुने बेला मा गरिने उभौली पूजा हो। उभौली पूजा कै रुपमा गरिएको मालिका पूजा अचेल बर माग्ने पूजा को रुपमा स्थापित छ। मानिसहरु को बढदो चाप र महत्वकाँछा को कारण भेटी, बलि चढाएका बोका का टाउको को लाभ को कारण अचेल मालिका मा स्वामित्व बिबाद पनि चर्कने थालेको छ। पुरानो समाय मा यो मालिका सम्पुर्ण गोठालो हरु को भन्ने कुरा त्यहाँ रहेका, बिमाले, हिडाले, कुवाले, झ्याले, अँसारे (वाखेते) नामक ओडारहरुले बताउछ। ति ओडारहरु मा हाम्रा पुर्वजहरुले रात बिताएका छन। गीत गाएका छन हरेक पटक गोठ लेक सार्दा गरिने पूजा उभौली पूजा गरेका छन।

धेरै पहिले देखि मेला लाग्ने थाडाखानी, दुखु जस्ता ठाउँ को मेला ले पनि यि ठाउँको बारेमा केहि न केहि बताउछ। बर्तमान पुस्ताले मालिकालाई भाकल पुरा गर्ने पूजा को रुपमा लिए पनि पुरानो पुस्ता (बराजु पुस्ता) ले यो पूजा उभौली पूजा को रुपमा सुरु भएको बताउनु हुन्छ।

अचेल यहाँ भौतिक बिकास गरिएको छ। सिमेन्टेट मन्दिरहरु बनेका छन। यस्ले मौलिकता लाई बिस्थापन गरिरहेको छ।

अचेलका पुस्तालाई थाहा हुन पनि सक्छ नहुन पनि सक्छ कुन ओडार कस्का थिए ? अचेल प्राय रमाईलो को लागी मालिका जाने गरेको पाईन्छ। हुल बाधेर दौतरीहरु पुग्दछन र रमाईलो गरेर फर्कन्छन। मालिका को ईतिहास लाई लिखित रुपमा बचाउन को लागी र नयाँ पुस्तालाई चिनाउनको लागी स्याम्बोलिक रुपमा ति ओडारहरुलाई जस्ताको तस्तै सँरक्षण गरिनु पर्छ र मालिका का ब्यबस्थापक हरुले पनि यो ठाउँ को बिषेशता बारे मा नयाँ पुस्तालाई बुझाउन मालिका को ईतिहास बुझाउने बोर्ड हरु राख्नु पर्दछ। आन्तरिक टुरिजम को हिसावले पनि मालिका गन्तब्य बन्ने प्रचुर सम्भावना छ।
यस्लाई समाय मै ब्यबस्थापन नगर्ने हो भने मालिका बिबाद ले यस्को आस्था माथि नै मानिस लाई भ्रम फैलिन सक्छ।

(मालिका आउनुहोस- अचेल मुवाईले पनि काम गर्छ टुईट गर्नुस, फेशबुक मा लाईभ अपडेट गर्नुहोस। मेरो जीवनको सपना म जहाँ पुग्छु त्यहाँ को लाईभ अपडेट गर्ने छ तर भाग्यले वाखेत २०६९ को हरेलो बाहेक अरु लाईभ अपडेट गर्ने मौका मिलेको छैन)

जमनाको कुरा: मालिका पूजा

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s