सम्झनाको स्पर्शहरु- पेन्शन यात्रा गर्व र पिडा सँग सँगै

जमनाको कुरा: पेन्शन क्याम्प
सम्झनाको स्पर्शहरु- पेन्शन यात्रा गर्व र पिडा सँग सँगै

1986 मा बाबा पेन्शन आउदा 2 कलास मा पढथे। आमा- बाबा को पछि लागेर थुप्रै पटक बाग्लुङ पुगियो र मन परेका थुप्रै नयाँ लुगा पनि किनियो। पहिलो पटक चैत्र महिना मा पेन्शन सोझिएर बाग्लुङ आउदा बाबा ले 2446 रुपेया पाउनु भएको थियो। 2446 रुपैया त्यति बेला एकदमै धेरै जस्तो लाग्दथ्यो। १२ रुपैया दिन भरि काम गरेको ज्याला हुन्थे। हाम्रो प्राबिको हेड सरले महिना को 1000 तलव पाउदछु भन्नु हुन्थ्यो। त्यो बेला चैत्र पाला मा कम्ती महिना को र मँगसीर पालो मा बढि महिना को २ सिजन पेन्शन बितरण हुन्थे। अहिले जस्तो ६-६ महिनाको थिएन त्यति बेला। मँगसीर पालो मा पेन्शन लिन जाँदा रहेल पहेल भनेर र पेन्शन एक मुस्तै 25 हजार भन्दा माथी पाउनु भयो सधै यति धेरै पेसा आऊने होला भन्ने लागेको थियो। अर्को बर्ष बाट भने चैत्रमा फेरी रेगुलर पेन्शन पाउनु भयो। ३ कलास मै भए पनि मैले बाबा ले कति पेन्शन पाउनु भयो आमा लाई सुतुक्कै भन्न सक्थे। आमा छोरा को क्याल्कुलेशन ले कति पेसा खर्च भयो निकाल्न लाई चिनी को पोकालाई यति, साबुनलाई उति १-२ हप्ता नै लाग्ने गर्दथ्यो।

पेन्शन जाँदा को रमाईलो

अरु बेला नुहाउनु लाई अण्डा फ्राई गरेर दिए मात्रे तैयार हुने म जस्तै केटा केटी पेन्शन आउदैछ भन्ने थाहा पाए पछि ढुँगाले घोटि घोटी घाँटी,पिडौला र कुर्कुच्चाका मयल पखाली रहेका हुन्थे। एउटा रमाईलो मेला जस्तै लाग्दथ्यो पेन्शन क्याम्प बजारमा सिमित ढुँगे घरहरु थिए। पेन्शन क्याम्प नजिकै भिमला को भकारी को होटेल क्याम्प वरिपरि धानखेतहरु थिए। कयौ पटक खेतको आलीमा ने सिरानी राखेर लस्करै सुत्दथ्यौ केटाकेटीहरु पेन्शनर पाका बाजे बजै, बाबा आमा हरुको रातभरी रक्सी खाएर यानीमाया गीत गाउथे। भने बिहानै देखी पेन्शन क्याम्पमा लाईन बस्न जान्दथे। बर्षको २ पटकमात्रै भेट्ने नम्मरीहरुको आत्मियता मन छुने खालको हुन्थे। बुढाहरु को पेन्शन पत्ता र पेसा सबै स्याहार पार्ने जिम्मा लाहुरनी आमा र बजैहरुको हुने गर्दथे। सुर्के झोलीमा पैसा पस्यो भने खाच्चै पर्दा मात्रै झोलीका सुर्काहरु खोलिन्थे। पेसा राख्ने चलन पनि अचम्मै को थिए। हजारको, पाँच सयको, सय को, पचासको,सम्मको नोटलाई गोलो चुरोट जस्तो रोल बनाएर फेरि प्लास्टिक को थैलीमा पोका पारे पछि ति नोटहरु आपत बिपत मा मात्रै निस्कन्थे। बाकी का साना नोटहरुलाई पनि त्यस्तै गोलो बेरेर झोली मा सुर्काएर राखिन्थे। सबैले कम्मरमा लामो धरो (पटुकी,कम्मरबन्दी) बेरेका हुन्थे। लाहुरे हरु पेन्शन लिन जाने बेलुका नै सके जति रक्सी र मासु खाने गर्दथे। पेन्शनको पैसा नबुझुन्जेल मिलेर बसेका बुढाबुढी का जोडिहरु पेन्शनको पैसा बुझे पछि झगडा गर्न पनि सुरु गर्दथे।

बर्ष भरि लाई पुग्ने नुन तेल, सावुन चिनी

प्राय गाउँमा कसैले पनि अन्न किन्दैनथे। अन्न पुग्ने जति घर घर मा उत्पादन हुन्थे। नुन तेल, सावुन, चिनी भने बर्ष भरि पुग्ने एकै पटक मा पेन्शन को पेसा बुझे पछि कन्दथे। चिम्खोले डोको मा बर्ष भरि पुग्ने ७.५ लिटर जाने जर्किन मा मट्टीतेल र चानचुन चाही बाग्लुङ बाटै किनिन्थे। कतिपय ले सस्तो हुन्छ भनेर बाग्लुङ बाटै नुन बोकेर फर्कन्थे। कुरुशले बुनेका डायमण्ड बुट्टे ठूलो झोला र बेला मौका मा मात्रै निकाल्ने ध्वाँसो लागेको चिमखोले डोकोको लस्कर जति लाहुरे उति नै हुन्थे। पछि खच्चर चल्न थाले पछि भने नुन, तेल ,चिनी सबै खच्चड मा नै बोकाईन्थे। लुगा धुनको लागी छाँया साबुन, चाहाना साबुन, नुहाउन को लागी सोल्टी साबुन। दुबैका खोल (र-यापर हुदैन्थे) तर बुढा बुढीहरुले चाही नामले भन्दा पनि हरियो साबुन र रातो साबुन को एक एक पेक ले भनेर माग्दथे। हामी चाही दिदीहरुको लागी अमला को तेल र लिरिल साबुन किन्नु पर्छ भनि रहेका हुन्थ्यौ। बर्ष भरि पुग्ने कलम कापी हरु पनि त्यति नै बेला किन्ने गर्दथ्यौ। यसरी लाई पुराएको कापी कलम लाई बाकस मा ताल्चा मारेर राख्नु हुन्थ्यो र पुरै पाना लेखेर सकेको नदेखाई सम्म नयाँ पाउदैनथ्यौ। कलम चाहि नलेख्नने भए पछि नयाँ पाईन्थ्यो। कलम मा चाही निक्कै बदमासी गरिन्थे। कस्को कलम मा कति मसी छ हेर्न को लागी कुचो को पातलो सिन्का छिराएर नाप्ने गर्दथ्यौ। निलो चार लाईन वाला बाहिर बाट सुईरो नदेखिने कलमहरु सँग धेरै मसि छ भनेर सातेको कलम भोली बाट लेख्न छाड्दथ्यो। उस्ले सासले मसि माथी तानेर नयाँ कलम सँग पुरानो कलम सातेको हुने गर्दथे। यसरी धोका भयो भन्ने लाग्यो भने दउरिनी को जुक्कीला ( ढुगा भएको ले खेती नहुने मकै को डाँढ को सोली) लगाउने ठाउँमा लडाई पनि हुन्थ्यो। कसैलाई स्कुलमा केहि मा चित्त बुझेको छैन भने जुक्किला मा पख्लास भनेर भनिन्थे। लड्नु नै मन छ भने त्यो अर्को ब्याक्ती जुक्किला को बाटो जाने गर्दथ्यो । डरायो भने बाटो छलेर घर पुग्ने गर्दथ्यो। लडाई पनि अहिलेको हाना हान चाहि होईन करौली पारेर जस्ले जस्लाई भन्काएर ढाल्न सक्यो उसैले लडायो, घोडा चढ्यो तल को मानिस ले प्रतिकार गर्न छाड्यो भने त्यो हार्यो झगडा खतम।

बाटो भरि डोको मा बोकेका अपाङग र असक्त बुढा-बुढी लाहुरे लाहुर्नीहरु

ब्रिटिश आर्मी को पेन्शन भने बेनी नेपाल राष्ट्र बैक बाट नै पाउदथे। अहिले को म्याग्दी जिल्ला अस्पताल बसेको ठाउँ पनि पेन्शन बितरण गर्ने क्याम्प कै रुपमा निर्माण भएको हो। तर खे के कुरा मिलेन त्यो पेन्शन क्याम्प नबनेर जिल्ला अस्पताल बनेको छ।

आमा र बाबा सँग पेन्शनमा ओहर दोहर गर्दा गर्दै बिस्तारै ठुलो हुदै गएर र डोको मा बोकिएर पेन्शन लिन जाने अशक्त र अपाङग लाहुरे हरुको लस्करले मन छुन थाल्यो। पहिले सम्म लाहुर भनेको पैसा दिने ठाउँ हो जस्तो लाग्दथ्यो। बुझ्ने भए पछि भाबुकताहरु मिसिए। हात गोडा नभएका, आँखा फुटेका गोलीका खतहरु बोकेका बाजे हरुको लस्कर हेर्दा युद्वका भयानक छापहरुको कल्पनाले मन चस्क हुने गर्दथे। गर्व र पिडा ले मन आधा आधा तराजु मा जोखिने गर्दथ्यो। ईण्डिया ले त्यसै पेन्शन दिएको छैन। बैश र शरिरको मुल्य तिरि रहेको छ जस्तै लाग्दथ्यो।

ढिकुरी

पेन्शनर बुढाहरु मिलेर निश्चित रकमलाई सबैले दामासामी उठाएर पेसा ढिकुरी (ढुकुटी) खेल्ने गर्दथे। पेन्शन बाट आएको भोलि पल्ट नै पेसा बोकेर धोपा को मा पुग्दथे। घोपाले खानपिन बनाउथे र घोपा खर्च पाउदथे। घोपाले सबैको रकम जम्मा गरेर बुझाएको र खाना खुवाए बापत ब्याज तिर्नु पर्दनथे। ब्याज भने अरु भन्दा सस्‍तो हुने गर्दथे।

ढुँगे धारो मा नाला हरु थिए।

लाहुरे हरु पेन्शन आए पछि ढुँगे धारा हरु मा पाईप का बनेका थिए। पाईप लाई बुढाहरु नाला भन्थे। लाहुरे हरु निक्कै मेहनती हुन्थे र ईमान्दार पनि। उधारो खाएको छ भने सबै तिरन तारन गर्दथे।

झी को ढुँगे नाला

नाला को अर्थ पछि लाग्दा नालापानी किल्ला र बलभद्र कुँवर सम्झिए मैले नेपाली को किल्ला काँगडा मा किल्ला कै बाटो भएर पानी लगिएको थियो। त्यही पानी पिएर नै युद्व लडेको ईतिहास पढेको याद आयो। पानीको कुलो लाई त्यो बेला नाला भनिन्थे। बुढाहरुले प्लास्टिक को नाला भन्दथे पाईप लाई। नाला कै प्रसँग मा झी को तल्लो गाउँ को बाटो मा पर्ने पानीलाई ढुगाको नाला भित्र गाउँको अर्को छेउमा निकालिएको प्रसँग निस्कियो। अहिले को पुस्तालाई अनुमान पनि लगाउन गाह्रो हुने गरी त्यो बेलाका बुढा पाकाले गाउँ को पानीलाई जमिन भित्र भित्र गाउँ कै अर्को छेउ मा पुराएका छन। अहिले त्यो प्रयोग मा छ कि छैन त्यो थाहा छैन। हाम्रो पुर्खाहरुले बनाएको ढुगे नाला चाही झी को गाउँ मुनि को फाँतको गर्व कहि पुरिएको छ जुन पानी खाएर कयौ पुस्ता हुर्किएका छन।

धेरै जसो लाई पुराना कुरा हरु आउटडेट औषधी जस्तै लाग्छ। तर यो नयाँ पुस्ताको लागी प्रेरणा पनि हुनु पर्छ।

फाईव र सिक्स कमिशन ले पेन्शन निक्कै बढ्यो। अहिले पेन्शन दर्जा अनुसार ६ महिना को 75 हजार
देखी 1 लाख 50 हजार सम्म भुपु हरुले लिने गर्दछन। महगाई पनि बढेको छ। एक चोटी बाजे को छेउमा बसेर सुन्नुहोस। 6 पैसा को बुटपालिसको कुरा। 16 रुपैया महिनाको बेटन थापेको कुरा। लाहुर पुगेर जुत्ता लगाएको कुरा। १ महिना लगाएर आफैले बोकेको स्याउ मात्रै खादँ घर छुट्टी आएको कुरा त्यस्ले ले पनि यि कुरा जमानाको कुरा हुन। बर्तमानले सिक्नु पर्ने धेरै कुरा हुन सक्छन त्यो हो धर्य लगनशिलता, ईमान्दारीता हामीले गर्ने गर्व भित्र को पिडा बाट सिक्नु पर्ने पाठहरु पनि हुन सक्छन। जस्ले लेखेका छैनन ।मात्रै देखेका र भोगेका छन जीवन र जीवनको सँघर्षको कथा जस्लाई हामी लाहुरे भन्छौ र पेन्शन देखेर डाहा गर्दछौ। सुन्नुहोस र लेख्नुहोस।

स्यानु पाईजा
(जमानाको कुरा भित्र बाट
सम्झानाको स्पर्शहरु – पेन्शन यात्रा गर्व र पिडा सँग सँगै)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s