सम्झनाको स्पर्श- माले जुराप (मोजा) को भकुण्डो

जमानाको कुरा :
सम्झनाको स्पर्श- माले जुराप (मोजा) को भकुण्डो

आज को जमानाको कुरा हामीले बाल्यकाल मा खेलेको माले जुराप (मोजा) को बारे मा छ।

मानिसलाई जीवनको सबै भन्दा मन पर्ने कुरा के हो ? सोध्ने हो भने सबै को आफ्नै आफ्नै रोजाई हुन सक्छ। खास गरी अहिले को जमाना मा त झन आधुनिक ग्याजेटहरु नै पर्न सक्छन। घुमघाम, पार्टी, डेटिङ स्थल पर्न सक्छन। तर मेरो लागी भने हामीले बाँचेका पलहरुको सम्झना नै सबै भन्दा मनपर्ने कुरा हो।

माले जुराप

क्यान्टिन बाजे २ वटा पेन्शन पकाएर ईण्डिया बाट नेपाल आउदा उहाँ सँगै उहाले लगाएका थुप्रै जोडी माले जुराप पनि आए। त्यहि जुराप (मोजा) नै हाम्रो लागी भलिबल र फुटबल भए। त्यो बेला का मोजाहरु एकदमै लामो हुने गर्दथे। घुडा सम्म पुगेर पनि एक फोल्ड गर्न मिल्ने लामा मोजाहरु प्राय सेतो र हरियो स्ट्रिप धर्के हुने गर्दथे। त्यसैलाई हामी जुराप माले भन्ने गर्दथ्यौ। बाजेका फाँटेका मोजामा प्लास्टिक का झोलाहरु बटुलेर जम्मा गरिदथ्यौ। त्यो बेला अहिले जस्तो प्लास्टिक जहाँ तही भेटिदैन थे। गाई बस्तुले खायो भने पेटमा गएर घाउँ बन्छ भनेर प्लास्टिक लाई प्रयोग गर्न नसकिने गरी फाँट्यो भने आगो मा जलाईन्थे। त्यसरी जलाउदा जलाउदै पनि हामी फेरी ति प्लास्टिक का गुच्चाहरु बनाउने गर्दथ्यौ। कहिले कहि तातो प्लास्टिकले नराम्रो गरी हात पोल्ने पनि गर्दथे। गाउँ भरि दुलेर प्लास्टिक बटुलेर मोजा भित्र गोलो गरी खाडे पछि बन्यो लाईफ टाईम बल, कहिल्यै नफुट्ने कहिल्यै न च्याटिने। पुरानो गुन्द्री को छेउली त्यो बेला गुन्द्री बुन्दा बिचमा बाबियो को डोरी र छेउ मा पुवा (अल्लो, जँगली सिस्नुको फाईबर) को छेउली हाल्ने चलन थियो। त्यही थोत्रो गुन्द्री का छेउलीहरु बटुलेर हामीले डोरी बनाउने गर्दथ्यो र त्यही नै बल नेट हुने गर्दथे।

एउटा ले त्यस्तो बल बनायो भने गाउँका अरु बच्चाहरुले पनि त्यस्तै सिको गर्दथे र आफ्नो बाबा, बाजेको नयाँ जुराप बल बनाएर कुटाई पनि खान्थे।

डेम्मर बोट को ग्राउण्ड

खास मा यो ग्राउण्ड पनि क्यान्टिन बाजे कै खाला ग्राहा ( धान को दाई गर्ने ठाउँ) नै थियो। पहलमान बाजे (पुर्णे कान्छौ को बाबा) पाईजा गाउँ देखी डेम्मरबोट सम्म को ढुँगे बाटो बनाउदै लगे पछि पानी को निकास को लागी क्यान्टिन बाजे ले पनि त्यो जग्गा छोडिदिनु भयो। त्यो ठाउँ मा पुर्खौयौली समुहले बनभोज खाने गर्दथे। बनभोज खास गरी मँगसिरमा हुन्थे त्यो बेला। बनभोज त खाला ( धानको दाई गर्ने ठाउँ) मा खाने होईन र भन्ने प्रश्न को उत्तर मा यो पनि कुनै समाय मा खला गह्रा नै हो भन्ने थाहा भयो। गाउँ देखी चुनु को घर सम्म को बाटो पहलमान बाजे ले बनाए पछि त्यो भन्दा माथी को बाटो चौतरा बोट सम्म झारा ले बनायो। सबै भन्दा ठुलो ढुगा को छपनी बोक्ने क्यान्टिन बजै को हात को छाप अझै पनि ग्राउण्ड को नजिक को ढुँगा को छपनी मा छ।

पछि हामी केटा केटी हुदा बेगम दाई को बगाल ठिटा हुदै थिए उनिहरुले त्यो ग्राउण्डलाई भलिबल ग्राउण्ड को रुपमा खने र निक्कै समाय सम्म भलिबल पनि खेले। गाउँ कै मैदान को रुपमा थियो त्यो कुनै बेला। नाँच लगाउने चौतरा को ग्राउण्ड मा मेला मा बल खेल्न सक्ने खेलाडीले खेल तालिम गर्दथे भने मेला मा बल खेल्न नजाने मसिना खेलाडी ले डेम्मर बोट को ग्राउण्ड मा तालिम गर्दथे। ठुलो हरु बल नखेलेको मौका पारेर हामी पनि नाँङगो खुट्टा कालो निलो हुने गरी फटबल खेल्ने गर्दथ्यौ। माले जुराप को। कहिले चुनु दाई को आँगन को निगला को ताङग्लो ( लुगा सुकाउन बनाएको ताङग्लो) लाई जाली मानेर आफै पास उठाउने आफै सट (स्पाई) हान्ने गर्दथ्यौ।

त्यसो त हाम्रो सिजनल हरु बलहरु पनि हुने गर्दथे। जँगली फूल कुँडो(रो) यो कुँडो कुनै बेला जन्ती लाई पहिचान गर्नुलाई लगाईने चिनो पनि थियो। त्यही कुँडो जम्मा पारेर हामीले माकुराको जालो ले बेरेर लक गर्दथ्यो। यो एकदमै लामो समाय लाग्ने गर्दथे् बारी बारी दुलेर माँकुराको जालो मा बललाई बेर्दै लगिए पछि यो बल को आकार मा हुन्थ्यो। माँकुरा को जालोका लेयर बलियो लक गर्दथे तर पानी मा पर्यो भने चाही खेल्न नसकिन गह्रौ हुने गर्दथे।

अहिले त्यो बेला नै छाडिएको चौर मा खला गह्रा भेटिनु ले वाखेत मा घैया धान धेरै पहिला पनि रोपिन्थे भन्ने पुष्टी हुन्छ।

त्यही ग्राउण्ड मा ठुलो बगाल र स्यानो बगालले जोली पिङ हाल्ने गर्दथे। अहिले त्यस्तै ग्राउण्ड चौतरा बोट मा बनेको रहेछ। र पिङ पनि त्यही हालिने रहेछ।

(जमानाको कुरा भित्र बाट
सम्झनाको स्पर्श:-माले जुराप (मोजा) को भकुण्डो )

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s