वाखेत मा सातौ मार्षिक बैठक र तेस्रो मार्षिक पुस्तक हस्तान्तरण कार्यक्रम हुदैछ।

वाखेत अपडेट

आज Exe. Generation – सरो सहकारी को सातौ मार्षिक भेला र हरेक महिना पुस्तक उपहार कार्यक्रम को तेस्रो मार्षिक कार्यक्रम आज वाखेत मा चल्दैछ।

मार्षिक भेला मँगसीर १गते बाट निरन्तर चल्दै सातौ महिना मा पुगेको छ भने पुस्तक उपहार कार्यक्रम चैत्र बाट सुरु भएर तेस्रो महिना मा चल्दैछ।

जेष्ठ १ गते को पुस्तक उपहार कार्यक्रममा हङकङ बाट राज कुमारी थापा ( सुस्मा पुन) को सँयोजन मा १३ जना सहभागी हुनु भएको छ भने साउदी अरव बाट १ जना गरी १४ जनाले यो महिना को पुस्तक उपहार कार्यक्रम मा सहभागी जनाउनु भएको छ।

आज कै कार्यक्रम मा स्कुल स्तर उन्नती कोष “चिनो” लाई सुश्री माया राम्जाली (हङकङ) बाट प्राप्त सहयोग र ५५ हजार र पुस्तक को लागी प्राप्त सहयोग ५ हजार पनि सोही कार्यक्रम मै हस्तान्तरण हुदैछ। माया पुन लगायत सबै दाताहरुलाई धन्यबाद।

तपाई पनि बिध्योदय निमाबि: पुस्तकालय भ्रमण बर्ष-2013 ले शुरु गरेको हरेक महिना पुस्तक उपहार कार्यक्रम मा सहभागी हुन चाहानु हुन्छ भने। तपाईले आफन्तलाई नेपाल पैसा पठाउने बेला मा पुस्तकालय को लागी पनि १ पुस्तक उपहार पठाएर सहभागी हुन सक्नु हुन्छ। यो महिना भरि सँकलन हुने पुस्तक र सहयोग लाई बिधिबत रुपमै अर्को महिना को १ गते हुने मार्षिक बैठकमा हस्तान्तरण र दर्ता गरिन्छ।

सहभागी कसरी तथा कार्यक्रम को बारे मा बुझ्न सम्पर्क गर्नुहोस

प्रअ- मनबीर किसान -००९७७९८५७६२३२२९
अध्यक्ष- ईन ब. पुन ‍ -००९७७९८४७७२३७७०
कोषअध्यक्ष – प्रेम रोका -००९७७९८४७७२३६१७

(बिध्यालय स्तर उन्नती कोष “चिनो” मा सुश्री माया राम्जाली (हङकङ) बाट प्राप्त रकम थप हुदा अहिले १४ लाख २५ हजार रकम बचत भएको छ सो रकम लाई कोष परिचालन समितिले स्थानिय स्तरमै लगानी गरी प्राप्त ब्याज स्कुलको स्थानिय स्रोत बाट राखिएका टिचर को टलवमा खर्च गरिएको छ)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s