Mero Wakhet Gaun फेशबुक ग्रुप र उपलब्धी – स्यानु पाईजा

Mero Wakhet Gaun फेशबुक ग्रुप र उपलब्धी – स्यानु पाईजा

Mero Wakhet Gaun Fb Group मा छलफल भयो कसरी हामीले पुस्तकालयलाई सहयोग गर्न सक्छौ? बिश्वका १७ देशमा छरिएर रहेका १६५ जना गाउँलेहरुलाई फेशबुक ले सजिलै जोड्न सक्यो।

फेशबुक समुह ले छोटो अबधिमा धेरै उपलब्धीहरु हासिल गरेको छ। हाम्रो बिचारहरुलाई सेयर गर्ने चौतारो बनेको छ भने गाउँका कुराहरु आज को आजै सबैले एकै ठाउँमा हेर्न मिल्ने किन्न नपर्ने एउटै पत्रिका आफ्नै पत्रिका को काम गरेको छ। गाउँको लागी केहि गरौ भन्ने भावना भएका सबैलाई बिचार आदनप्रदान गर्ने ठाउँ बनेको छ।

2010 मा यस्ले बिधिबत रुपमा वाखेत रहेको स्कुल लाई स्तरउन्नती गर्ने छलफल चलायो। फल स्वरुप अहिले यो ८ कलास सम्म पुगेको छ। यस्ले छलफल मात्र चलाएन दिर्धकालिन उपयोगी कन्सेप्ट सहित वाखेत स्कुल को स्तर उन्नती को खाका सार्वजानिक गर्यो र बिधिबत बिदेशमा रोजगार हरुको सहयोग कोष ” चिनो” को स्थापना गर्यो। हुन कोष मा अहिले थुप्रै देशहरुबाट प्राप्त सहयोगहरु जम्मा भएको छ र आज को मिति सम्म १३ लाख ७० हजार जम्मा भएको छ। यो कोष परिचालन गर्नको लागी गाउँ मा कोष सन्चालन समिति छ। यो महिना देखी यो कोष लाई अझै पारदर्सिता बनाउन को लागी केहि नयाँ बिधिले समिति सकृय बन्दैछ। ४ वडा का आमा समुहका अध्यक्ष, सचिब, कोष-अध्यक्ष, युवाक्लव, बनसमिति, अभिभावक समिति बिध्यालय ब्यबस्थापन समिति का पधाधिकारीहरु सम्मेलित कोष परिचालन, अनुगमन समिति बनेको छ। कोष को परिचालन र अनुगमन यिनै समिति बाट चलेको छ।

अबिश्वास, अपारदर्शिता, असहयोग, आफुखुसी निर्णय नै समाजलाई पछाडि पार्ने कारकहरु हुन। त्यस माथी राजनिति ! हिण्दी मा एउटा उखान छ ” एक मछ्चर आदमी को हिजडा बनादेता है” हाम्रो समाज लाई यस्तै एक मछ्छरले हिजडा बनाएको जस्तो अबस्थामा थियो। समाज मै केहि गर्न नसक्ने अबस्था मा थियो। जाती,धर्म,ब्यसाय,रोजगार र राजनिति सबैको ब्याक्तिगत स्वतन्त्रताका बिषय हुनु पाउनु पर्छ तर गाँउ र समाज को सुधार र बिकास को लागी नैतिक एकता आवश्यक छ। हाम्रो सामुहिक हितलाई सबैले बुझ्नु पर्छ र साथ दिनु पर्छ भन्ने भावना को बिकास छलफल को माध्यमले बिस्तारै बिकास भयो।

– बिध्यालय स्तर उन्नती शुरु भयो।
-बिध्यालयलाई वाखेत -६ निवासी स्व. लाल ब. रोका परिवारले भौतिक निर्माण स्थलकोलागी जग्गा दान गर्नु भयो
-बिध्यालय ले बजेट पायो त्यहि जग्गा मा ३ कोठे भवन बनायो
-2010 मा सुरु भएको चिनो कोष मा शुरुकै बर्ष ६ लाख रुपैया जम्मा भयो।
-पुस्तकालय बन्यो ( रिड टु रुम को आर्थिक सहयोग, गाजा क्लव को प्रबिधक सहयोगमा)
-काठमाडौ बासीले पुस्तकालय भवन को लागी आर्थिक सहयोग गरे
-अबिश्वास, अपारदर्शिता, असहयोग, आफुखुसी जस्ता अ जोडिएका अ अरु निस्कृय बन्दै गए। र सामहिक छलफल को सँस्कार बिकास हुदै गयो।
-युवा कल्वलाई दरिलो बनाउन को लागी आर्थिक सहयोग कार्यक्रम आयो। १ लाख ६० हजार सहयोग जन्मा भयो
-आमा समुहले आफ्नो बचत ले पुरै गाउँको मोटर बाटोहरु खने
-आफ्नो भवन पनि निर्माण गरे।
-कल्वले आँखा शिबिर जस्तो शिबिर सन्चालन गर्यो।
-केशव पुन (हङकङ) ले बिध्योदय निमाबि मा हिमालयन वायरलेस ईन्टरनेट जडान खर्च र कम्पयुटर स्पोन्सर गर्नु भयो। जस्को सहायताले हरेलो मेला २०६९ लाईभ स्ट्रिमिङ भयो । हरेक दिन को अपडेट भयो।

एकता भए नहुने के रहेछ ? भन्ने सन्देश यो ३ बर्ष ले प्रमाण सहित देखायो।

हामी मा के समस्या थियो(छ) बुझ्दा सबै भन्दा ठुलो समस्या जेनेरेशन ग्याप र कम्युनिकेशन ग्याप नै देख्यौ। किन कि हामि एक अर्कोले एकै ठाउँ मा छलफल गर्ने कुनै पनि अबसर छैन। युवाहरुले आफ्नो कार्यक्रम गर्दा बुढाहरु को सहभागिता छैन। आमा समुहहरु बिचको एक समुह र अर्को समुह बिचमा छलफल छैन। हामी नितान्त ब्याक्तिबादी समाज मा हुर्किरहेको पायौ।यो सबै समुहहरु लाई एक ठाउँमा छलफल गर्ने बाटबरण को खाचो थियो त्यसैले सबैको छलफल र सहकार्यमा एउटा त्यस्तो सँस्था निर्माण मा लाग्यौ जुन हाम्रो होस र सबैको समानतहित को काम गरोस यसै को खोजी मा जन्मियो।

-Exe. Generation – सरो सहकारी
यो सरो सहकारी सहकारी भन्दा अलिकति फरक छ। यस्का सदस्यहरु को समान निरन्तर मार्षिक रकम जम्मा गरिन्छ र त्यो समुहा भित्रै लगानी गरिन्छ। यस्ले हाम्रो गर्जो तार्न पनि सजिलो भयो र छरिएर रहेका हामी एक ठाउमा महिना को १ दिन भेला भएर हाम्रा समस्याहरुको बारेमा छलफल गर्ने मौका पनि भयो। अहिले यो सँस्थामा १३० जना सदस्य छन। हामि १३० जनाले एउटा ब्यबसायिक खेती गर्ने हो भने हामी बजार सम्म पुग्न समस्या पर्ने छैन। आत्मनिर्भर अर्थतन्त्रको बिकास गर्न र कृर्षीलाई ब्यसायिकरण गर्ने यस्को लक्ष्य रहेको छ। अवको ५ बर्ष मा १ करोड पुजी भएको आफनै सरोसहकारी वाखेत को हुने छ। हरेक सदस्य बराबर पुजी- बराबर लाभाँश, हरेक सदस्य सँस्थापक मेम्बर र सँचालक को अवधारणा मा यो सरोसहकारी जन्मिएको छ।

हामीले सुन्यौ रिड टु रुम को आर्थिक सहयोग र गाजा कल्वको प्रबिधिक सहयोग मा बनेको पुस्तकालयहरु सामुदाय मा हस्तान्तरण हुदैछन। हाम्रो बिध्यालयको पुस्तकालयले २०११ मा म्याग्दी जिल्ला कै उत्कृष्ठ (रिड टु रुम ले म्याग्दी मा स्थापना गरेको ७९ पुस्तकालयमा मध्येमा) पुरुस्कार बाट सम्मान पायो। यसरी एनजिओहरुको सहयोग मा बनेका पुस्तकालयहरु उनिहरुको अनुगमन सकिए पछि निस्कृय भएको हामीले पायौ र हाम्रो स्कुलले पुस्तकालय मा सामुदायको सकृयता र उपयोगीता लाई निरन्तरता राख्न। स्वस्फुर्त रुपमा अभियान नै शुरु गर्यो

– डोको अभियान ( डोको बोकेर घर घर मा नयाँ पुराना पुस्तक सँकलन गर्ने) गर्यो
– जन्मदिन को पार्टीमा हुने खर्चालनु चलनलाई परिमार्जन सहित रु.३४-५० सम्म को पुस्तक किनेर उपहार दिने कार्य बिध्यार्थीहरुको सँगठन पुस्कालय साथी ले सुरु गर्यो फलस्वरुप एकै बर्ष मा जस्ले बर्थ डे मनाउछन उनिहरुले ६१ भन्दा माथी पुस्तक उपहार दिए।
-यस्लाई भुपु हरुले पनि राम्रो सँग बुझिदिनु भयो र उहाँहरुले पनि पेन्शन लिने बेला मा १ पुस्तक उपहार दिने चलन बसाए। फलस्वरुप बर्ष मा ६० पुस्तक पुस्तकालय मा थपियो।
-बिदेश मा रोजगार गाउँलेले पनि गाउँ को यो सबै सकृयतालाई बुझे त्यसैले 2013 लाई पुस्तकालय भ्रमण बर्ष कै रुपमा मनाउने र पुस्तकालय को महत्व र सकृयता को जागरण फैलाउने अभियान नै शुरु गर्यो।

बिध्योदय निमाबि वाखेत: पुस्तकालय भ्रमण बर्ष-2013

यस्को प्रचार बिदेश सम्म आईपुग्दा नेपाल मा फागुन महिना शुरु भै सकेको थियो। बिदेशबाट कसरी पुस्तकालयलाई पुस्तक उपहार पठाउने भन्ने बारे मा ग्रुपमा छलफल हुदा हाम्रा अग्रज मेम्वर ओम रोका (युके ) ज्यु र युनसाङ रोका ले सजिलो तरिका निकाल्नु भयो। हामी सन्सार छरिएर रहेका छौ। सबै सँग भेट भएर पैसा जम्मा गर्न तिर लाग्यो भने थुप्रै समाय लाग्छ बरु परिवारलाई पैसा पठाउने बेला मा कम्ती मा एउटा पुस्तक पुस्तकालयलाई पठाउने अभियान – हरेक महिना पुस्तकालयलाई पुस्तक उपहार पठाउने गरौ भन्नु भयो। हरेक पटक पैसा पठाउदा दिनु पर्छ भन्ने होईन हामी बिदेशमा १६५ भन्दा बढि छौ। बर्ष को २ किताव मात्रै उपहार पठाउने हो भने पनि ३४० पुस्तक नेपाल पुराउन सकिन्छ।

यसरी सुरु भयो हरेक महिना पुस्तकालयलाई पुस्तक उपहार अभियान

चैत्र १ गते २०७०

– ओम रोका (युके) (रु. २०००) – १९ पुस्तक

१.देखेको मुलुक………………..१
२.सम्झनाका कुइनेटाहरु……..१
३.म हिडेको वाटो………………१
४.मुलुक बाहिर………………..१
५.छापामारकी छोरी……………१
६.घर…………………………….१
७.नेपाली कथा…………………..१
८.प्रेतकल्प……………………….१
९.नेपाली निबन्धमाला…………..१
१०.उत्कृष्ट कथाहरु………………१
११.तरुण तपसी………………….१
१२.अन्तरे जन्तरे……………….१
१३.ओसामा बिन लादेनको भुमिगत जिबन………१
१४.मृगौला रोग र समाधान…………….१
१५.हात्ती पाइले रोग निवारण…………१
१६.एस्य एण्ड लेटर(अंग्रेजी)…………..१
१७.प्राइमरी स्कुल एस्य एण्ड लेटर ……….१
१८.जुनियर स्कुल एस्य एण्ड लेटर…………१
१९ साथमा यूके बाट आफैले पठाएको गणित बुक……….१

_________________________________________
बैसाख १ गते २०७०

तेजिन्द्र थापा अष्टेलिया रु १७००/-को

१. महिला शहित्यकार….१
२. १०१ उपचार………….१
३. पेमको अन्तिम लछ्य..१
४.राधा……………………१
५. नेपालका शपुतहरु……….१

भुपेन्द्र पाईजा (रु. १०००)

१. विष्व हल्लाउने महान हस्तीहरु…..१
२. मानसिक स्वाश्थ्य…………१
३.कुक गाइड…………१
४.मानिस छिन्ने २४ सुत्र……१
५.यस्तै रहेछ………..१
६. तयारी जितको…….१
७.सातौ रितु……१

हर्क वहादुर रोका (रु. १०००)

१.आस्था र गांथाहरु…………१
२.लेनिन……………………….१
३.कृर्षिबाट करोडपति………..१
४.मोज………………………..१

कुमार रोका (केश कुमार) (रु. १०००)

१.डिरिम बिज कम …….१
२.समयका आँखा………१
३. आस्था र गाँथाहरु….१
४.आधा बाटो…………..१

चुनु पाईजा (रु. १०००)

१. गृहुयुद्धको घाउ…..१
२.एउटी अर्को लाउरा..१
३.उनी………….१
४.नेपाली क्रान्ति….१
५.अमेरिकी सपना…१
६.विगेकि कटी…१

राम पाईजा (रु. १०००)

१.तपाइ के गर्न सक्नु हुन्न?…..१
२. शाहित्य निरुपण…………….१
३. तरुण तपसी……….१
४. उत्कृष्ट नेपाली बाल कथा….१
५.झुसिलकिराबाट कसरि पुतली बन्छ?….१
६. नेपाली जनयुद्ध……..१
७.धनकुटा गैडाको इतिहास…..१

पूर्ण कुमार रोका (रु. १०००)

१. सौंन्दर्यकी देवी…..१
२. झोला कथा संगह..१
३.डाक्टर नभएमा….१
४. शरनार्थी……….१
५.उद्घोषण कला…१
६.मनोवैज्ञानिक परामर्श ………….१
७. आशुको फुल ………१

त्यसै गरी स्थानिय चन्दादाता
भिम ब. राम्जालीबाट रु ५२५/-को थप

१.राष्टिय विभूतिहरु…..१
२.लोक शाहित्य र संस्कृतिका केहि पाटाहरु….१
३.ईश्वर निन्दा…..१
४.योग व्यायम….१

————————————————————————————————

बैसाख महिना भरि सँकलन भएको पुस्तक (जेष्ठ -१ गते २०७० मा हस्तान्तरण भएको पुस्तक बिबरण)

हंङकङ बाट

-.राज कुमारी पुन (थापा)….रु ६०००/
२.माया राम्जाली……….रु ५०००/र रु ५५०००/ (बिध्यालय स्तरउन्नती कोष “चिनो”)
३.चिरनदेबी रोका……….रु ५७७५/
४.याङकु पुन (पाइजा)….. रु २३१०/
५.हिरा पुन (राम्जाली…..रु ११५५/
६.हरि राम्जाली(दोवा)…..रु १७३२/
७.चित्र पुन( र्यालेखोर)….रु २३१०/
८.नारायणसिङ पुन(कुंहुँ)…रु २३१०/
९.राजु रोका(बरंजा)…….रु २३१०/
१०.मोहन पुन (सालिजा)….रु ११५५/
११.केशब पुन…रु १५००/
१२.शिजन स्टोर्स हङकङ श्री इन्द्र श्रेष्ठ रु १४४७/
१३. मन बहादुर बि. क…रु  १००५/

( हङकङ मा पुस्तक सँकलन अभियान लाई राजकुमारी थापा पुन ले सँयोजन गर्नु भएको छ)

 

पुस्तकहरु को बिबरण यस प्रकार छ। उहाँ सहयोग रासी र पुस्तक बिबरण निम्न अनुसार छ

१.राज कुमारी पुन (थापा) हंङकङ….रु ६०००/( पहिल्यै पनि प्राप्त बिध्यालय स्तर उन्नती कोष लाई १ लाख ५० हजार रुपैया)
पुस्तक उपहार सँख्या- ५

१.नेपाली उखान संग्रह……………………१
२.दैनिक जिवनका लागि योग…………..१
३.अक्वर र विरबलको कथा……………..१
४.संसारको सबैभन्दा महान सेल्सम्यान..१
५.लक्ष्मी प्रसाद देवकोटा…………………१

२.माया पुन( राम्जाली) (हङकङ) ……….रु ५०००/र रु ५५०००/ (बिध्यालय स्तरउन्नती कोष “चिनो”)
पुस्तक उपहार सँख्या- ९

१.चौतारी लक्ष्मीनारायण………………..१
२.मावोवादी देखि मनोक्रान्ति सम्म…..१
३.भिमसेनको अन्त्य……………………१
४.हाम्रो लोक कथा………………………१
५.गुरु…………………………………….१
६.तिम्री स्वास्नी र म…………………..१
७.आमाको सपना……………………….१
८.शहरको कथा………………………….१
९.म्यागवेथ………………………………१

३.चिरनदेबी रोका(पुन) (हङकङ) ……….रु ५७७५/
पुस्तक उपहार सँख्या- ५

१.प्रशासन…………………………………१
२.साबिती…………………………………१
३.विश्वेश्वर प्रसाद कोइरालाका कथा…….१
४.वास्तविक्ता चुनौति र अवसरहरु……..१
५.धुन्ने मेच माथि अन्धो मान्छे………१

४.याङकु पुन (पाईजा) (हङकङ) ….. रु २३१०/
पुस्तक उपहार सँख्या-६

१.मसान………………………………….१
२.गजल टुक्रिएको मन…………………..१
३.कथै कथा……………………………….१
४.उसको आसु…………………………….१
५.भिमसेन थापा………………………….१
६.साझा निबन्ध…………………………..१

५.हिरा पुन (राम्जाली) (हङकङ) …..रु ११५५/
पुस्तक उपहार सँख्या-७

१.भक्त भानुभक्त……………………………१
२.तयारी जितको…………………………..१
३.अन्धबेग…………………………………१
४.अर्को जन्मको प्रतिक्षा…………………..१
५.ऊ मरेको छैन……………………………१
६.हेमलेट…………………………………….१
७.मेरी बृन्दा यस्तै भइन…………………..१

६.हरि राम्जाली(दोवा) (हङकङ) …..रु १७३२/
पुस्तक उपहार सँख्या-४

१.नेपाली निबन्ध…………………………….१
२.Parable of the pipeline………………………….१
३.दमिनि भिर………………………………..१
४.वास्तु शास्त्र…………………………………१

७.चित्र पुन( र-र्यालेखोर) (हङकङ) ….रु २३१०/
पुस्तक उपहार सँख्या-८

१.अमर सिंह…………………………………..१
२.मैनका मान्छेहरु……………………………१
३.गजल लेख्ने मान्छे………………………….१
४.जिवन बदल्न चाहानेहरुका लागि…………१
५.नेपाली कविता भाग १…………………….१
६.रक्त कुन्द……………………………………१
७.तिम्रो मुटु भत्रको की सुन…………………१
८.फुच्ची बोकने परेवा…………………………१

८.नारायणसिङ पुन(कुंहुँ) (हङकङ) …रु २३१०/
पुस्तक उपहार सँख्या-५

१.संप्रखलन…………………………………….१
२.Knglish practice book……………………………१
३.शेक्सपियर कथा संग्रह……………….१
४.रेकी रहस्य?…………………………..१
५.चौबिसरिल…………………………….१

९.राजु रोका(बरंजा) (हङकङ) …….रु २३१०/
पुस्तक उपहार सँख्या-८

१.दोष कस्लाई दिऊ……………………..१
२.मध्य चन्द्रिका…………………………१
३.धुर्ब……………………………………..१
४.शिलसिला………………………………१
५.जयभँडी…………………………………१
६.फुटेको पुर्पुरो…………………………….१
७.नेपाली सजिलो ब्याकरण………………१
८.तुलनात्मक सुन्दर काण्ड……………….१

१०.मोहन पुन (सालिजा) (हङकङ) ….रु ११५५/
पुस्तक उपहार सँख्या-११

१.लंगडाको साथी…………………………..१
२.जुलियस सिजर………………………….१
३.आमा……………………………………..१
४.माइतिघर…………………………………१
५.बाँच्ने एउटा जिन्दगि……………………१
६.राष्टनिर्माण………………………………..१
७.लालित्य………………………………….१
८.तिन घुम्ति……………………………….१
९.जन्म मरण आशोज……………………..१
१०. शवेत भैरव……………………………..१
११.महत्वपूर्ण राजनिति……………………..१

११.केशब पुन (हङकङ) …रु १५००/ ( पहिले पनि प्राप्त बिध्यालय स्तर उन्नती कोष लाई १ लाख ५५ हजार रुपैया) भिजिट पुस्तकालय भ्रमण बर्ष को ब्यानर स्पोन्सर तथा बिध्यालयलाई ईन्टरनेट जडान र कम्पयुटर उपहार दाता)

उपहार पुस्तक सँख्या- १
१.गुठी मठ मन्दिरका गरगहना सम्बन्धी
केहि जानकरी………………………….१

१२.शिजन स्टोर्स (हङकङ) श्री इन्द्र श्रेष्ठ रु १४४७/
उपहार पुस्तक सँख्या- ६

१.नेपाली जनयुद्ध…………………………….१
२.English Grammer -7……………………..१
३.मनको भावाना नानु तिम्रो नयनमा…….१
४.Best word book………………………….१
५.गान्धीको आत्मकथा……………………..१
६.उनी देवता हुन ……………………………..१

१३. मन बहादुर बि. क (साउदी)…रु १००५/
पुस्तक उपहार सँख्या-५
१.देवताको जिवनी…………………………….१
२.मैया साहेव……………………………………१
३.विश्व आदीवासी आन्दोलन…………………..१
४.सरल नेपाली निबन्धमाला…………………..१
५.नेपाली सपुतहरु………………………………१
_______________________________________________________________
साराँश मा
हरेक महिना पुस्तक उपहार अभियान
जेष्ठ – १ गते २०७०
सहभागी दाता सँख्या -१३
पुस्तक उपहार सँख्या-७७
कुल सहयोग प्राप्त रकम – ८६५००

यसरी उहाँहरुले पठाउनु भएको सहयोग रकम बाट हरेको १ हजार रुपैया ले पुस्तक किनिएको छ र बाँकी उहाँहरुको नाम मा नै पुस्कालय स्तरउन्नती कोष मा दर्ता गरिएको छ। कोष पारदर्शिता र अनुगमन को लागी कोष परिचालन समिति र अनुगमन समिति बनाईएको छ।

हजुर हरु को यस्तै सहकार्य रहयो भने हामीले हाम्रो पुस्तकालयलाई अपडेटेड राख्न सफल हुने छौ। आत्याधुनिक ई-पुस्कालय को लागी भूपू हरु द्वारा भवन निर्माण को कन्सेपट छलफल मा छ। एकता ले नै बन्छ हाम्रो वाखेत राम्रो वाखेत।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s