जमानाको कुरा: नुन छरेका (छाडेका) खोरियाहरु

जमानाको कुरा: नुन छरेका (छाडेका) खोरियाहरु

आज को जमानाको कुरा मा नुन छरेका खोरिया को बारे मा चर्चा गर्ने छौ।

के हो नुन छरेको खोरिया ?

नुन नेपाली समाज मा थुप्रै सँस्कार को सुरुवाट मात्र गरेको छैन। छुत अछुत सम्म पनि को कालो दाग सम्म नुन नै मिसिएको छ भने समाजसेवा र दान को सुरुवाट पनि नुन बाट नै भएको छ। खोरिया भने को कुनै ब्याक्ती को भोग चलनमा रहेको पर्खाल भित्रको जमिन भन्ने बुझिन्छ। म स्यानो छदा नुन छरेको खरिया मा नुनको बोट कस्तो हुन्छ होला भन्ने कौतुहल लागेर त्यहाँ उम्रेका बिरुवाको पातहरुलाई टिप्दै चाटेर चाख्दै गरेको सम्झना छ मलाई। धेरै पटक को यो असफल प्रयास पछि नुन को बोट फेला बजैलाई सोध्नु नै पर्यो नुन को रुख कुन चाही हो ? अनि पो थाहा भयो नुन छरेको खोरिया को अर्थ। परिवारका कुनै सदस्यको अकाल मा या अबिबाहित मृत्यु हुन्छ भने त्यो सदस्यको अँशमा पर्ने जग्गा जमिनलाई फेरी कसैले भोगचलन गर्न नपाउने गरी सर्वजानिक सम्पती को रुपमा छोड्नु लाई नुन छरेका (छाडेका) खोरिया भनिन्थे।

किन छाडिन्थे खोरिया यसरी ?

कुनै समाय थियो जतिबेला मानिस मरे पछि गाडिन्थे। ठाउँ ठाउँको फरक सँस्कार अनुसार अझै पनि कतै गाडिन्छन। कतै जलाईन्छन। कतै टुक्रा पारेर चिल, गि्दवहरुलाई खुवाईन्छन यो आफ्नै बिश्वास र सँस्कारहरु आफ्नो ठाउँमा छन। तर हाम्रो पुर्खाको सुरुको चिहानहरु सम्म पुग्ने हो भने म्याग्दी मै पनि मानिस गाडिने गरिएको थुप्रै निसानाहरु अझै छन। जव मानिस मर्दथे उस्ले उपयोग गरेका र उस्ले आर्जन गरेका धन सम्पती पनि उसैको लास सँगै गाडिन्थे कुनै समायमा तर समाय सँगै मानिसमा अभाव र लोभ भरिदै गयो। र त्यही धन सम्पती हरु चिहान बाट पनि मानिसहरुले चोरेर निकाल्न थाले। चोरहरु ले चिहान भट्काउन थाले यसरी सुन चाँदी हरु चिहान बाट चोरि हुन थाले पछि मानिसहरुले धन सम्पती लास सँगै पुर्न छाडिए। र परिमार्जित रुपमा खोरिया हरु छाडिन थाले।

नुन र नुनले बनाएको सँस्कार

नुन मानिसले किन खाए? कहिले देखि खाए यो एकिनन कतै प्रमाण छैन। तर कुनै बेला नुनलाई सुन भन्दा बढि महत्व दिएको पाईन्छ। नुन सात्न कै लागी हाम्रो पुर्खाहरु धेरै लामो लामो ठाउँ सम्म पैदल पुगेको पाईन्छ। यसरी नुन लिएर फर्केको दिन उनिहरुले राँगो, बोका, बाख्रा, भेडा जे छ त्यहि कातेर नुन लिन जाने हरु सबैमिलेर भोज गर्ने गर्दथे। यहि नुन लिनु जाने र नुन लिएर फर्के पछि मासु भोज गर्ने चलन नै पछि गएर मृत्यु सँस्कार मा मिसियो। नुन लिन जाने समुहको मानिस को मृत्यु भयो भने उस्को सम्झना मा एक दिन नुन नखाने चलन नै कालान्तरमा नुन बार्ने चलन को रुपमा समाज मा बिकास भयो। कुनै बेला नुन लिन गएका मानिस मर्यो भने उस्ले लिएको नुन पनि उ सँगै गाडिने चलन पनि थियो। त्यसैलाई सँस्कारले पछि पनि पछ्यायो। अहिले पनि कहि कतै मानिस गाड्दा नुन हालेको देखिन्छ। र अचेल लास छिटो कुहिने भएको नुन हालिएको हो भन्ने ब्याख्या गरिन्छ। तर सुरुवाट उस्को सम्पती उसै सँग गाडिनु पर्छ भन्ने नै थियो।

अझै पनि मतवालीहरुको मृत्यु सँस्कार भोजमा मासु को प्रयोग को हुदैछ। कतै हराएको छ भने कतै अझै पनि निरन्तर छ। अचेल पनि भाईखलक मर्दा नुन छाडिनु पनि त्यही युग को निरन्तरता हो।

यस्को नजिक को प्रमाण भनेको म्याग्दी जिल्ला को पात्लेखेत गाबिसको वाखेतको देउराली जाने बाटो नजिक का खोरियाहरु नुन छाडेका खोरियाहरु हुन। भने हरेलो ग्राउण्ड भन्दा अलि पर मात्रै चिहान काते भन्ने ठाउँ कुनै बेला चिहान मा गाडिएका सम्पतीहरु चिहान कातेर चोरिए भन्ने बलियो प्रमाण हो।

समाजमा चलि आएको परम्परागत कुराहरुलाई फेर्न निक्कै मेहेनत गर्नु परेको उदाहरण हाम्रो मृत्यु सँस्कारमा अझै पनि छ। कतिपय मगर गाउँमा मासु सहितको मृत्युसँस्कार हुन्छ भने कतिपय ठाउँमा हुदैन। तर पनि मगरहरु ले मृत्यु सँस्कारलाई मासु सहित को भोजले गर्दथे भन्ने प्रमाण चाहि अझै पनि ३,५,७ जना को बिजोर सँख्यामा १एउटा भाले लगेर अलि पर गरिने भोजले सम्झाउछ। यो त्यही मासु सहितको मृत्यु सँस्कारको अवशेष हो। जुन मानिसले परिमार्जन सहित मासुलाई मृत्यु सँस्कार मा हताउन खोजे तर कतिले यसै को बिरोध गरे र मासु चाहिन्छ भन्नेहरुलाई मासु खुवाउन सुरु गरिएको भाले ले पूजा गर्ने चलन पछि सँस्कार मै मिसियो र अहिले पनि हाम्रो मृत्यु सँस्कार (किरिया) मा भालेले पूजा गर्ने र बिजोर सँख्याले मासु खाने चलन यथावत नै छ भने कतै कतै त्यो बेला को जसरी नै राँगा,बोका, सुगुर ले नै मृत्यु सँस्कारको अन्तिम भोज गरिदैछ।

 

(स्यानु पाईजा, जमानाको कुरा: नुन छरेका (छाडेका) खोरियाहरु बाट)

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s