हरेक महिना विद्यालयलाई पुस्तक

हरेक महिना विद्यालयलाई पुस्तक (साभार बेनी अनलाईन)

हरि गिरी
म्याग्दीको पाप्लेखेत गाविस–८ स्थित वाखेतमा रहेको विद्योदय निमावीलाई प्रवासमा रहेका स्थानियले हरेक महिना पुस्तक पठाउने अभियान सुरु गरेका छन ।

पाखापानी स्रोतकेन्द्र अन्तरगत पर्ने विद्यालयमा चैत्र महिनाबाट अभियान सुरु गरिएको साउदी अरवमा रहेका स्यानु पाईजाले बताए । ‘विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न निरन्तर सहयोग संकलन गरिरहेका छौ’पाईजाले भने,‘प्रत्येक महिना प्रवासमा रहेका स्थानियमार्फत सहयोग संकलन गरिने छ ।’ पुस्तक सहित अन्य पुर्वधार समेत विस्तारमा समेत सहभागिता जनाउन अपिल समेत गरिएको छ ।
DSC05649
अभियानको क्रममा साउदी अरवमा रहेका स्यानु पाईजा, दक्षिण कोरियामा रहेका पुर्णकुमार रोका, भुपेन्द्र पाईजा, केसकुमार रोका, हर्कबहादुर रोका, चुनु पाईजा, युकेबाट ओमबहादुर पुनले विद्यालयको भौतिक पुर्वाधारका लागि ५० हजार सहित प्रत्येक महिना पुस्तक पठाउने विद्यालयका प्रअ मनविर किसानले बताए । ‘प्रवासी म्याग्देली र स्थानियको सहयोगमा विद्यालय स्थापना गरिएको हो’ किसानले भने,‘ सहयोगले गुणस्तरिय शिक्षामा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।’
SAM_6585
उनका अनुसार वैशाख महिनालाई संकलन गरिएको पुस्तक एक कार्यक्रमको आयोजना गरी १ गते हस्तान्तरण गरिने छ । विद्यालयमा सन २०१० मा रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा गाजा युवा क्लव बाग्लुङले पुस्तकालय स्थापना गरेको थियो । पुस्तकालय भ्रमण बर्ष २०१३ सुरु गरेपछि भ्रमण बर्षलाई सफल बनाउन समेत प्रवासी गरिरहेका छन ।
विद्यालयले विद्यार्थीको जन्म दिन, अभिभावकको जन्मदिन पुस्तकालयमा मनाउने ब्यवस्था गरेपछि अहिले १ सय ५५ जनाले पुस्तकालयमा जन्म दिन मनाएर एक देखि तिन वटासम्म पुस्तक उपहार दिने गरेका छन । त्यस्तै गाउँमा रहेका पुर्व ब्रिटिस तथा भारतीय सेना कार्यरत भएका अभिभावले बर्षको दुईपटक आफुँलाई मन पर्ने पुस्तक विद्यालयमा ल्याउने गरेका छन । १ देखि ८ सम्म रहेको विद्यालयलाई मावि हुदै उच्च माविसम्म बनाउने योजना विद्यालयको रहेको छ ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s