ब्रिकेटले बजार नपाएपछि उद्यमी विस्थापित

ब्रिकेटले बजार नपाएपछि उद्यमी विस्थापित ( बेनी अनलाईन बाट साभार)

म्याग्दीको बाखेतका उद्यमीले उत्पादन गरेको बायो ब्रिकेटले बजार नपाएपछि उनीहरू सो कामबाट विस्थापित बनेका छन् । सीप र कच्चा पदार्थ भएपनि उत्पादित ब्रिकेट बिक्री नभएपछि उद्यमीहरू विकल्पको खोजीमा लागेका हुन् ।

वनमारा प्रशोधन गरेर बनाएको बि्रकेटले बजार नपाएपछि उद्यमी सो कामबाट विस्थापित बनेका वाखेत लद्युउद्यमी समूहका अध्यक्ष लोकबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार पात्लेखेत गाविसको वडा ६, ७, ८ र ९ नम्बर वडामा पर्ने सो गाउँका १० जना महिला तथा पुरुषले ब्रिकेट उत्पादन गर्दै आएका थिए । विभिन्न सङ्घ-संस्थाले तालिम सञ्चालन गरेर सीप सिकाएपछि उनीहरूले ब्रिकेट बनाउन थालेका हुन् ।

पहिलोपटक उत्पादन गरेको बि्रकेट सदरमुकाम बेनीसम्म पुर्‍याउँदा पनि नबिकेपछि ब्रिकेट बनाउने काम छाडेको उद्यमीहरुले बताएका छन् । दुई सय वटा ब्रिकेट बोकेर बिक्री गर्न सदरमुकाम बेनी पुगेपनि १२ वटामात्र बिक्री भएको अध्यक्ष पुनले बताउनुभयो ।

ब्रिकेटको सहरी क्षेत्रमा उच्च माग हुने गरेको सुनेपनि पोखरा, काठमाडौँलगायत स्थानका व्यापारीसँग सम्पर्क नहुँदा समस्या भएको उनीहरूको भनाई छ ।

ब्रिकेट बिक्री नभएपछि वाखेतका उद्यमीले विकल्पमा माहुरीपालन गर्न थालेका छन् । महको मागपनि उच्च भएको र उचित मूल्य पाइने भएकाले वाखेतका लद्युउद्यमी व्यावसायिक माहुरीपालनतर्फ आकषिर्त बनेको स्थानीय उद्यमी ओमकुमारी राम्जालीले बताउनुभयो । रासस

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s