बिध्योदय निमाबि स्तर उन्नतीको लागी कोरिया बाट वाखेतमा पुग्यो २ लाख ५५ हजार

बिध्योदय निमाबि स्तर उन्नतीको लागी कोरिया बाट पुग्यो वाखेतमा  २ लाख ५५ हजार
९ कलास सन्चालन गर्न को लागी पहल एवम हौसला बढाउनकै लागी बैसाख १ गते नै यो रकम स्कुल ब्यबस्थापन समितिलाई हस्तान्तरण गरिने छ।

बिध्योदय प्राबि लाई -निमाबि- माबि ‌+2 बनाउने (2010-2015) शिक्षा बिकास को पहिलो चरण को तेस्रो बर्ष मा कोरिया ले ठुलो उत्साह थपेको छ। हर्क ब। रोका, पूर्णकुमार रोका, कुमार रोका (केश कुमार) चुनु पाईजा र भबिन्द्र पाईजा ले दामासामी ५१ हजार ले सँकलन गरि सँयुक्त रुपमा २ लाख ५५ हजार यहि बैसाख १ गते को कार्यक्रम मा बिध्यालय ब्यबस्थापन समितिलाई हस्तान्तरण हुने गरी रकम नेपाल पुगी सकेको छ। सोही कार्यक्रमा उहाँहरुले पुस्तकालय भ्रमण बर्ष- २०१३ लाई ५ हजार रुपैया पुस्तक किन्न को लागी पनि रकम उपलब्ध गराउनु भएको छ। यस पटक तेजिन्द्र थापा (अस्ट्रेलिया) ले पनि पुस्तकालयलाई १७ सय रुपैया उपलब्ध गराउनु भएको छ। उहाँहरुले उपलब्ध गराउनु भएको पैसा ले पुस्तकालयलाई आबश्यक पुस्तक किनेर दाता को नाम मा नै दर्ता गरी पुस्तकालयमा को रेकर्ड मा दर्ता हुने छ।

वाखेत मा फैलिएको जागरणले वाखेतलाई सफलता तिर लम्काउने छ। यसका चुनौतीहरु पनि छन हामी सबै एकजुत भएर अगाडी बढ्नु पर्छ।

धन्यबाद आफ्नो बिदेशमा पोखिएको पसिनाको मुल्य बाट यति ठूलो दान “चिनो” कोषलाई प्रदान गर्नु भयो। कोष ब्यबस्थापन समितिले छिटै यो कोष को अपडेट गर्ने छ। कोरिया बाट रकम थपिनु अधि यो कोष मा ११ लाख रुपैया जम्मा छ।

हृदय देखि कै धन्यबाद सबै दाताहरुलाई हजुर हरुको पसिनालाई स्कुल ब्यबस्थापन समितिले सदैव स-सम्मान गर्व कै रुप मा सँन्चालन गर्ने छ।

कोष को बारे मा बुझ्न को लागी सम्पर्क गर्नुहोस
प्रअ- मनबीर किसान -००९७७९८५७६२३२२९
अध्यक्ष- ईन ब. पुन ‍ -००९७७९८४७७२३७७०
कोषअध्यक्ष – प्रेम रोका -००९७७९८४७७२३६१७

हामी हाम्रो पुस्ताकालय हामी नै अपडेट गरौ भन्ने अभियान ” बिध्योदय निमाबि : पुस्तकालय भ्रमण बर्ष- २०१३ ” मा हामीले अभिभावक बाट ८१ थान पुस्तक
चैत्र १, गते – ओम रोका युके बाट – १३ थान पुस्तक जम्मा गरि सकेका छौ ।
यहि क्रम मा
बैसाख १ गते पनि ६ जना पुस्तक दाताहरुले रकम स्कुलमा पुराई सक्नु भएको छ बैसाख १ गते सार्वजानिक गरिने छ।
हरेक महिना को १ गते बिहान -६ बजे देखि ९ बजे सम्म Exe.Generation-सरोसकारी को भेला हुने भएको ले सो भेला मा नै यो पुस्कालयको लागी प्राप्त पुस्तक दाता कै नाम बाट स्कुल पुस्कालय रेकर्डमा दर्ता गरिन्छ।

एउटा पुस्तक हामीलाई र हाम्रो भबिस्यका पुस्तालाई सगुम बाटो देखाउन सक्छ। हाम्रो एकाता राम्रो समाज बनाउ सक्छ।

धन्यबाद।

स्यानु पाईजा
वाखेत डायरी बाट

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s