जमानाको कुरा : टुङकैई (टुङ्के) भाषी- गीत

जमानाको कुरा : टुङकैई (टुङ्के) भाषी- गीत

आजको जमानाको कुरा – भित्र हामीले टुङकैई भाषी गीत को बारे मा सुन्ने छौ।

टुङकैई (टुङके) भाषी गीत के हो ?

टुङकैई (टुङके) भाषी गीत हामीले बिर्सिसकेको साईनो या अझै म्याग्दीका कुनै कुनै ठाउँ मा बोलिने साईनो बाट आएको गीत हो। साईनोमा नै प्रयोग गर्न पनि बिर्सेका नयाँ पुस्ताको लागी गीत को बारे मा बुझ्न समस्या नै पर्ला तै पनि हामी जमानाको कुरा मा त्यही बिषय बनाउने गर्दछौ जुन हामी बिर्सन लागी रहेका छौ तर तिन का छाप हरु समाज मा अझै छन।

टुङकै (टुङकई) – बाबाको दिदी (फुपु)
फुपु- बाबा को बैनी(फुपु) (बाँकी साईनो- हामीले सुनेका/नसुनेका साईनोहरु बल्ग मा हेर्नुहोस क्लिक गर्नुहोस) टुङ्के भाषी गीत यस्सै साईनो बाट आएको हो। कुनै समाय मा आफ्नो अधिल्लो पुस्ताले गाएको गीतलाई पछिल्लो पुस्ता ले पनि मन पराए त्यो गीत को के नाम त भन्ने उनिहरुले टुङकैई, टुङ्के ले गाए जस्तो गीत भन्दा भन्दै यो गीत को नाम नै टुङकैई भाषी रुपमा लामो समाय चल्यो।  अहिले हामीले सुन्ने सालैजो भाषी को सुरुवाटी रुप नै टुङकैई भाषी हो।

यसरी गाईन्थे टुङके भाषी

जस्तै –

केटा (टुङके -पुसाउ, फूपाजु) – हऽऽऽऽ हलहले खर्क हलोले जोत्यो….. जिलाउनु बाँकी छ। हऽऽऽऽऽऽऽऽऽऽ

केटी (टुङ्केई, टुङकै, फूपु) —  हामी गैर (गएर) जिलाउला ऽऽऽ हा ऽऽऽऽऽऽऽऽऽऽ

केटी ( टुङ्केई, टुङकै, बाबाको जेठी दिदी फुपु हरु दिदी बैनीलाई भनिने बेला को साईनो)

पुर्खेयौली गीतका थूप्रै हाँगाहरु छन। खास गरी पुर्खेयौली गीतले सँस्कारलाई गीत मा गाउँछ, कथालाई गीत मा (सोरठी) गाउँछ। रितिथितिलाई गीतमा गाउँछ। त्यहि भित्र मनोरन्जानात्मक पाटो पनि छ। ठाडो खेली र तेस्रो खेली भित्र कै  होर नि माया भन्ने टुक्का बाट यानी माया भन्ने गीत निस्किए। यानीमाया लाई तुलु राजाले हरिमाया रानी को मृत्यु बियोगमा गाएको गीत हो पनि भनिन्छ। कालन्तरमा यहि होर नि माया हुदै यानीमाया, अबिजालेमाया, शिरफूलेमाया, शिरैकोमाया, भैछसाईलो, राईलो जस्ता कालजायी गीतहरु जन्मिए। टुङकैईभाषी, साईलो भाषी,  राईलो भाषी,सालैजो भाषी हदै अहिले सम्म पनि ति भाषीहरु जिबित छन। भैल अहिले राईलो भाषीलाई (रोयला) बनाईएको छ।राईला (रोयला) भजन र लोक गरि दुई हाँगा मा गएको छ।  यि सबै भाषी जन्मिनु मा पछाडी रनीहरु मुख्या कारण थिए ( रनी को बारे मा यो बल्ग मा पढ्नुहोस)निस्चित उमेर समुह या ठाउँ, भेग मा समाय समायमा प्रचलनित हुने शब्द हो सबैको मुख मा(निस्चित समाय सम्म) झुण्डियो भने यो रनी हुन्छ भने कसै कसैले (एक जना ब्यक्तीको) बोली चाली मा दोहोराई रहे भने त्यो ठेगो हुन्छ।

अहिले सालैजो ले पुरै नेपाल मात्रै होईन जहाँ नेपाली पुगेका छन त्यो सन्सार नै छिचोलेको छ। जनजीवनका कथा-ब्याथा बोकेका गीतलाई रास्ट्रिय र अन्तराष्ट्रिय रुपमा परिचित पार्ने काम चाँही लोक गायक खड्क गर्वुजा र अन्य सँगीत प्रेमीहरुले गर्नु भयो।

खास गरी लोक गीतहरुलाई बुझ्नको लागी मानिस त्यहि परिबेश भित्र पस्नु पर्छ, हुर्कनु पर्छ।

जस्तै – “गाई खायो किराले, बाच्छी मर्यो आमा को पीर ले ”

यो गीत मा किरा भनेको बाघ हो, धौवलागेरीमा बाघलाई – किरा, सर्प लाई लामकिरा भनिन्छ। त्यसैले टुङकैई भाषी को  बारे मा बुझ्नु पनि त्यो बेला को गीत मै पुग्नु पर्छ र त्यो गीत सुन्नु पर्छ। अचेलका सालैजो मा फिेमेल सिँगरले फुर्का टुङ्कैई भाषीमा जस्तै गीतको हरफ नै पछि टुक्का जोडेका हुदैनन। तै पनि मेल गाएको गीतलाई दोहराएका हुन्छन र फास्ट बिटमा लामो टुक्का जोडेका हुन्छन। समायले टुङकैई लाई भुले पनि पुरानो पुस्ता ले सालैजो गाउँ नभनेर टुङकैई भाषी गाउ(म) भन्ने गरेको पाईन्छ। त्यस पछि शिरफूले भाषी गाउ(म), अबिजाले भाषी अहिले को पुस्ता ले शिरफूले भाषी भनेर चिन्दछन।

धन्यबाद ति अनाम टुङकेई, टुकैई हरुलाई जस्ले अहिले को पुस्तालाई पनि पुरानो नलाग्ने गीत हामीलाई    छोडेर जानु भएको छ। धन्यबाद अहिले को पुस्तालाई जो गाउनु नसके पनि नाँच्न सकेका छन। अव को पुस्तालाई पुरानो पुस्ताले नाँचेर बस्नु मात्रै दियो भने कुनै दिन यो हराएर जान्छ। त्यसैले यस्को महत्बलाई बुझाउदै गाउँ पनि सिकाउनु पर्छ।।

(जमानाको कुरा भित्र बाट:  टुङकैई (टुङ्के) भाषी- गीत)

स्यानु पाईजा

-पात्लेखेत ७, वाखेत म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s