बिध्योदय निमाबि र पुस्तकालय

बिध्योदय निमाबि र पुस्तकालय

2010 पुस्तकालय को स्थापना रिड टु रुम को आर्थिक सहयोग र गाजा युवा क्लब (बाग्लुङग) को प्रबिधिक सहयोगमा
2011 पुस्तकालय बारे ब्यानर सहित र-याली पुस्तकालय छ भन्ने जागरण र-याली
2012 मा बिद्योदय निमाबि वाखेत ले “डोको अभियान” गर्यो। घर घर मा पुगेर पुस्तकालय को लागी पुस्तक सँकलन गर्यो यसरी ८१ वटा पुस्तक संकलन मात्रै भएन पुस्तकालय को भूमिका र आबस्यकता समेट अभिभावकहरुले थाहा पाए फलस्वरुप हरेक पटक को पेन्शनमा वाखेत का भू.पू पेन्शनर अभिभावकहरुले १ पुस्तक पुस्तकालयलाई उपहार दिनु हुन्छ। यसरी बर्ष को कम्तिमा ७० नया पुस्तक थपिन्छ। बर्थ मा टडक भडक पार्टी गर्नु र चकलेट बाड्नु को सत्ता बिधार्थीले सामान्य – ३० -५० रुपैया पर्ने आफुलाई मन पर्ने पुस्तक उपहार पुस्कालय लाई दिन्छन यसरी ९० भन्दा बढि पुस्तक थपिएको छ।

2013
बिध्योदय निमाबि वाखेत:पुस्तकालय भ्रमण बर्ष- २०१३
यो अभियान को उद्देश्य पुस्तक जम्मा पार्नु मात्रै होईन पुस्तकालय पुस्तकालय को महत्व आम अभिभावक हरु, बिध्यार्थी र सामुदाय सम्म पुराउनु हो। हरेक महिना कम्तीमा ५ पुस्तक बिदेश बाट भन्ने जागरण अभियान हो।

डोको अभियान यति प्रभावकारी देखियो कि यसैको सिको सबै गाउँका , बजारका पुस्तकालयहरु डोको अभियान चलाए र अझै चलाउदैछन। परिणाम सबैले आफ्नो पुस्तकालयलाई अपडेट गरे।

यो पुस्तकालय भ्रमण बर्ष ले पनि यहि सन्देश दिएर जाने छ। हरेक गाउँले आफ्नो पुस्तकालयलाई आफैले पुस्तक जम्मा पर्ने छन र पार्नु पर्छ भन्ने जागरण छाडेर जाने छ।

बिध्योदय निमाबि पुस्तकालय अभियान ले यति राम्रो असर देखायो कि अव बिदेशमा रोजगार वाखेतेहरुले हरेक महिना स्वस्पुर्त रुपमा पुस्तक पुस्कालयलाई बुझाउने गर्नु हुन्छ।

ओम रोका (युके) ले अभियान कै शुरुवाट मै १३ पुस्तक स्कुल पुस्तकालयलाई बुझाउनु भयो। चेत्र महिना को १गते। वाखेत स्कुलले हरेक १गतेलाई बिदेश बाट आएको नयाँ पुस्तक दर्ता दिन कै रुपमा मनाउने निर्णय गरेको छ। जसमा बिहान ७ बजे देखी ९ बजे सम्म स्कुलको आँगन मा बैठक हुन्छ। त्यहि कार्यक्रम मा पुस्तक पुस्तकालयलाई हस्तान्तरण हुन्छ।

यस्ले सामुदाय लाई लैजाने सन्देश भनेको बिदेशी एनजिओ हरुको कार्यक्रम मा मात्रै भर परेर सुतेर नबसौ। भन्ने हो। म्याग्दी जिल्ला को ७५ ठाउँ मा यस्ता पुस्तकालय रिड टु रुम को प्रबिधिक सहयोग र गाजा युवा क्लव को सहयोग मा बनेको छ। यो अभियान ले यि सबै स्कुलहरु जस्ले पुस्तकालय पाएका छन र जुन गाँउमा पुस्तकालय छैन त्यो गाउँले पुस्तक यसरी नै जम्मा पारे भने आत्मनिर्भरता गाउँलेमा आउने छ।

एनजिओ हरुले सुरु गरेका प्रोजेक्टहरु प्राय उनिहरुले हात झिके पछि मर्दछन। तर २२ पुस्तकालयहरु अहिले सम्म सामुदायलाई हस्तान्तरण पनि भै सकेका छन। सामुदाय लाई हस्तान्तरण हुदा बित्तिकै यि प्रोजेक्टहरु बिस्तार निस्कृय भएर जान्छन यो निस्कृयता नआओस भनेर नै बिध्योदय निमाबि वाखेत ले स्थानिय सकृयता अभियान सुरु गरेको पुस्तकालय भ्रमण बर्ष -२०१३ को नाम ले यो अभियानले हामीले हाम्रो स्कुलई मात्रै पुस्तक जम्मा गर्ने छैनौ। स्व-जागरण को अभियान पनि फैलाउने छौ।

बैसाख महिना मा हामीले बिदेश बाट ५० पुस्तक बिध्यालयलाई पुराउदैछौ।

हरेक महिना कम्तीमा ५ पुस्तक स्कुललाई बिदेश बाट र हरेक महिना २० अभिभावक स्कुलको पुस्तकालयमा पुस्तक पढ्न र लिन आउने पुस्तकालय मा आउने बानी बसाउने काम यो अभियान ले गर्ने छ।

बिदेश बाट तपाई कसैले पुस्तक पठाउनु भयो र पुस्तक बुझाउन तपाई को अभिभावक स्कुलमा आउनु भयो भने तपाई को परिवार लाई ३ महिना सम्म हरेक हप्ता १ पुस्तक हाम्रा सकृय पुस्तकालय टिमले घर मै पढ्न को लागी दिएर जाने छ। पछि तपाई लाई नै पुस्तकालय मा आफै पुगेर राम्रो राम्रो पुस्तक छानी घर लैजाने र पढेर फिर्ता गर्ने लेजर मा रेकर्ड चढाउने बानी लाग्ने छ।

बिदेश बाट जम्मा पारिने पुस्तकहरु ब्यबसायिक र पेशागत बनाउने योजना गरिएको छ। जस्तै तालिम सम्बन्धी, ब्यबसाय सम्बन्धी, माछा पालन, कुखुरा पालन, बुङगुर पालन, माहुरी पालन, ब्यसायिक कृषी, सहकारी र बैङकिङ, सिलाई बुनाई, कुक बुक हरु लाई ध्यान दिईएको छ, दर्शन, सास्त्र र साहित्यका किताव हरु हाम्रो पुस्तकालयमा ४००० भन्दा बढि छ। तर ब्यबसायिक जागरण बढाउने पुस्तकको कमि छ। सामान्य रुपमा पुस्तक पसलहरुमा यस्ता पुस्तक नभेटिनु ले अभियानलाई अलि असजिलो भएको छ ता पनि सके सम्म यस्ता पुस्तकहरु किन्ने पहल भै रहेको छ।

यो अभियानले कम्ती मा म्याग्दीका ७५ पुस्तकालय लाई अपडेट राख्ने सजिलो तरिका हो भन्ने देखायो भने र पुस्तकालयमा आम अभिभावकहरु पनि आएर पुस्तक लगेर पढे भने बल्ल यस्को उपयोगिता भएको गर्व सबैलाई हुनेछ।

किताव नपढिदा सम्म मात्रै किताव हुन पढिए र ब्यवहार मा लागु भयो भने ज्ञानका खानी र देश बनाउने औजारहरु हुन।

मानौ

एउटा बियर लाई २५० पर्छ यस्तो बियर साथीहरु भेटिने हो भने हामी यस्ता २० वटा एकै साझ सक्न सक्छौ तर पुस्तकालयलाई हामीले यसरी सकिरहेको खर्च बाट १ पुस्तक दियौ, पढ्यौ भने र एउटा मात्रै कुरा सिक्यौ भने पनि पुस्तकालयमा राखिने पुस्तकले सयौ जनालाई एउटा एउटा कुरा सिकाउने छ।

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s