सम्झना को स्पर्श: रामु, कालु र झलके को म:म: पसल

सम्झना को स्पर्श: रामु, कालु र झलके को म:म: पसल

साँच्चै समाय कति छिटो फेरिएको छ सम्झने हो भने ति दिन हरु साँच्चै कै अचम्म लाग्ने खालका थिए। गाउँ भरि एउटा दुईटा रेडियो थियो। आज को जमानाको कुरा यस्तै जमाना को चर्चा छ।( आज को पोस्ट हरेलो ग्राउण्ड को भए पनि हरेलो मेला को बारे मा होईन हरेलो स्पेशल बल्ग छिट्टै लेख्ने छु।)
वाखेत हरेलो मेला को ग्राउण्ड अहिले को ग्राउण्ड को आधा भन्दा पनि कम्ती मात्रै थियो। यो ठाउँ मा पहिले चौतरा र पिपल को रुख थियो। भने यो ग्राउण्ड बनाउने बेला मा नै माईथान पनि ग्राउण्ड को तल्लो पर्खाल मा सागुरिएको थियो। जहाँ चैते दशैमा माई पुजा गर्दथे। हरेलो ग्राउण्ड लाई नाँच लगाउने चौतारा भनिन्थ्यो भने यस्को साईज पनि ठ्याक्कै त्यही चौतरा सम्म मात्रै थियो जहा मुस्किलले भलिबल को ग्राउण्ड अट्डथ्यो । हरेलो मा भकारी को तर मुनि लाग्ने होटलहरु ले मेलाभरि रक्सी मासु, चाऊ चाऊ , भात बेच्दथे।

हरेलो मा म:म: को वाखेत यात्रा

पहिलो पटक हरेलोमा रामु, कालु र झलके को म:म: पसल चलाए। म:म: पकाउने भाँडा किने, प्रेशर कुकर किने यो त्यो समायको कुरा हो जति बेला प्रेशर को सिटि लाग्दा मानिस तर्सन्थे। हरेलो मेला मा प्रेशर कुकर कराएको र म: म: पाकेको हेर्नु लाई भिड नै लाग्यो। हामीले पनि हत्केला मा १ रुप्पेको २ वटा म:म: हातै मा थापेर खाएको याद आउछ। पाका हरुलाई भने म:म: सुप ( झोल) मै दुबाएर कतौरा मा दिईन्थ्यो। एक प्लेट म:म: को कति थियो ठ्याक्कै याद छैन तर हामी जस्तै केटाकेटीहरुले एक रुपैयाको २ वटा म:म: खाएको मेरा दौतरीहरुले पहिलो पटक म:म: चाखेको त्यही हो। म:म: पसल राम्रो चल्यो।

कुरामा कुरा चल्दा रामु दाई सँग हामीले बचपन मा खाएको २ वटा म:म: प्रसँग निकाल्दा ले उहाँलाई म:म: पसल ले घाटा परेर दिल्ली पस्नु परेको सम्झना हामीलाई खुबै रमाईलो पाराले सुनाउनु हुन्थ्यो। हामीलाई रमाईलो लागी सुनाउनु हुन्थ्यो या साँच्चै हो यो त रामु दाई लाई नै थाहा होला।

म:म: को घाटा

त्यो बेला तरुनी थुन्ने चलन थियो। हरेलो मा म:म: पसल गरेका पसलेहरुले ३-४ दिन सम्म पसल मै पाखापानी र झी को तरुनी थुने। मेला सकिने बेला सम्ममा ब्यपार पनि भयो समान पनि सकियो तर म:म: तिमीहरु जस्तै केटाकेटीलाई रुप्पेको २ वटा बेचेर घाटा पर्यो हाँस्दै भन्नु हुन्थ्यो। रहेल पहेल बेलुका मा बचेको तरुनीहरुले खाए सकियो। डोको ढल्यो, (लगानी उठेन) म:म: को भाँडा, आँटा, तेल सबै उधारो मा डोको हालेको डोको तिर्ने पैसा पनि भएन ।

हामफालेर मर्नु लाई पाल्चौर

ब्यपार मा घाटा भएर डोको तिर्नु नसके पछि ३ जना ब्यापारीहरु हामफालेर मर्नलाई पालचौर गए रे। पाल्चौर को डिल मा पुगे पछि को पहिले हाम फाल्ने भन्दा भन्दै निकै समाय बित्यो। कोहि पनि पहिले हामफाल्न राजी नभए पछि एकै चोटी हात गासेर हाम्फाल्ने सल्लाह भयो । हामफाल्न नसके पछि झलके को टोपी टिपेर पाल्चौर को डिल बाट तल फाल्ने टोपी तल खस्यो भने ३ नै जना हामफाल्ने नखसे नहाम्फाल्ने भन्ने सल्लाह भयो रे। पाल्चौर मा बतास उकालो तिर चलिरहेको चाल पाएको छट्टु रामु दाईले टोपी टिपेर तलतिर फाले रे टोपीलाई बतास ले उडाएर आफै माथी फर्काएर ल्यायो। उनिहरु हामफालेर मर्न त मरेनन तर उधारो लिएको समान को पैसा कमाउन चाही दिल्ली भाग्नु पर्यो रे।

रामु, कालु लाई म:म: बेचेको याद अझै पनि आउछ होला मलाई पनि म:म: ले हत्केलामा पोलेको याद आउछ। यो बनाएको कथा जस्तै देखिन्छ तर यो घटना सत्य हो। अनि यो कथा बाट सबैले बुझ्नु पर्ने मोरल भनेको ब्यवसाय जुन सुकै होस ब्यबसायीले लागत बारे मा बुझ्नु पर्छ। अनुभव नभएको कामले घाटा हुन्छ र बिदेश भाग्नु पर्छ। पेशालाई ईमान्दारीताले निभाउनु को साथ साथै नाफा र नोक्सान को पुर्बअनुमान पनि गर्नु पर्छ।

(जमानाको कुरा भित्र बाट:
सम्झना को स्पर्श: रामु, कालु र झलके को म:म: पसल )

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s