मौरीमय गाउँ बन्दैछ: वाखेत

मौरीमय गाउँ बन्दैछ: वाखेत

यो बर्ष लघुउद्दयम मार्फत सँस्थागत रुपमा ४५ घार माहुरी समुहको लागी तैयार छ भने यो बर्ष सबै गरी १८० घार माहुरी थपिदैछ। अहिले सम्म मा वाखेत ले स्यानो स्केल मा गरिरहेको छ सबै काम यस्लाई बिस्तारित तह मा लैजान को लागी नै यो बर्ष १८० घार थपिन लागेको हो । यो भन्दा पहिले पनि वाखेत मा माहुरी पालकहरु छन परम्परागत रुपमा र बिकासे घार मा गरी अहिले वाखेत मा लगभग १०० घार पहिल्यै पनि छ र अव १८० घार थपिए पछि अव वाखेत मा २८० घार बराबर को माहुरी वाखेत मा हुन्छ।

अव ब्यबसायिकता सोच को खाँचो

हाम्रो जिजू-बाजे- बाबा पुस्ता परम्परागत कृर्षिले कहिल्यै माथि उठ्न सकेनन। कारण – १ हल गोरू, ४ वटा गाई, १ माउ भैसी, २ झिरङगो कुखुरा। अनि परम्परागत खेती। हाम्रो अधिल्लो पुस्ताले धेरै दुख र मेहेनत गरे तर ब्यबसायिक रुपमा केहि गरेनन त्यसकारण नै उनिहरुले दुख पाए। मानौ सबै थोरै थोरै गर्नु को सत्ता एउटा धेरै गरेको भए उनिहरुलाई सजिलो हुने थियो। अहिले पनि वाखेत मा लगभग उस्तै उस्तै देखिने गरि सबैले घरमा ४ घार मौरी, २ बाख्रा १ पाडा, २ पाटा आलु, २ पाटा औवा, २ पाटा, १ पाटो केराउ, २-३ पाटो रायो लगाएका छन। यस्ले पनि हामीलाई ब्यबसायिक बनाउने छैन। अव हिम्मत गरौ यसरी छरिएर निर्वाह मुखी कृर्षी होईन बरु केहि गरौ। जस्तै मौरी धेरै बनाउ या बाख्रा धेरै बनाऔ, खेती मा पनि केराउ लगाऔ। या रायो कै ब्यबस्थित खेती गरौ।

बजार को समस्या छैन तर पैसा जम्मा छैन

अहिले सम्म को वाखेत को ब्यबसाय सबै खाँचो पर्दा बेच्ने जस्तै छ। पैसा चाहियो भने भाले बेचिन्छ नत्र चारो खाएर बस्छ। अट्टो पर्यो भने ध्यू खोज्नेलाई छ भनिन्छ नत्र हाप तिन मा थुप्रेर बस्छ। माहुरी को मह को हक मा यो अलग समस्या छ। मह हुनेहरुलाई मह किन्नेहरुले अग्रिम पैसा तिरे भन्ने मात्रै मह पाउदछन।

वाखेतेहरु सबै कुरा घरमै बिक्छ र पनि पैसा हुदैन ।

सबै कुरा बिकेकै छ तर पनि पैसा छैन कारण हामी थोक मा होईन थोरै थोरै गरेर बेच्छौ र पैसा पनि थोरै थोरै आउछ र सकिन्छ। अव ब्यबसायिक हुनु पर्यो। सबै मिलेर मह झार्ने मेसिन लिनु पर्यो। महलाई जम्मा पारेर लेबलिङ गर्ने , ग्रेडिङ गर्ने र बर्ष को २-३ पटक मात्र मह बेच्ने गर्नु पर्यो। यसो गर्दा पैसा एक मुस्ट आउछ र बचत गर्न कुनै काम गर्न सजिलो हुन्छ।

अव मह टुरिजम

जति पनि हाम्रो परम्परागत रुपमा बाटो हरु छन –
सेगमेन्ट:
१) बराह थान देखी- भङकसे जाने बाटो
२) बराह थान देखी- देउराली गैह्रा जाने बाटो
३) बराह थान देखी- ढिउदाना- गाज्ने बन जाने बाटो
४) मन्दिर- दाबिले-झर पानी जाने बाटो
५) गट्टेखोर-दुवाखर्क-भेडिखर्क जाने बाटो
६) चौताराबोट-भेडिखर्क मन्दिर- भड्के- जाने बाटो
७) फड्के गैरी-देखी गोफ्लेधार जाने बाटो

यति बाटो हरु मा आरुपखडा, आरु, काफल जस्ता माहुरी मैत्री र बाटवरण लाई सौन्दर्य बढाउने फलफूलका बोटहरु बाटो को ३ मिटर तल माथी दुबै तर्फ लगाउन सकेमा प्रकृतिक रुप मै सौन्दर्य थप्ने मात्रै होईन वाखेत को माहुरी मय गाउँ र ब्यबसायिकतालाई पनि लाभ पुग्ने छ।

यस्तो गर्ने सकेमा हाम्रो गाउँ नमुना मात्रै बन्दैन एग्रो-टुरिजम को सम्भावना पनि बन्छ। यस्तो देखाउनुस गाउँ कि आउ भन्न नपरोस। यस्तो बनाउनुस उत्पादन ता कि किन्नुस भन्न नपरोस। यस्तो बनाउनुस भबिस्या ताकि भोली मैले के खाँउला सोच्न नपरोस।

अव तालिम लिनु हामी अरु ठाउँ मा २-४ जना जाने सिकेर आउने र समुहलाई सिकाउने गरौ। बर्ष को १ पटक कम्तीमा पनि तालिमलाई गाउँ मै ल्याउने कोसिस गरौ।

बनसमितिले ले यो बर्ष २ किसिम को प्रयोग गर्नु आबश्यक

आरुपखडा र आरुका गेडा बाट बेर्ना तैयार गर्ने तरिका
कलामी बाट बेर्ना तैयार गर्ने तरिका

वाखेत लाई कम्तिमा पनि ४००० वोट फलफूल को बिरुवा चाहिएको छ। त्यो आफै उत्पादन गर्नु पर्छ। त्यसकोलागी अहिल्यै नै तैयारी थालिनु पर्छ।

ब्यबसाहिक बनौ र वाखेत लाई ब्यबसायिक गाउँ बनाऔ।

यसरी थालिएका काम हरुलाई सफलता को उचाई मा पुराएर नयाँ परिचय दियो भने बल्ल वाखेत हामीले आफैले भन्न नपर्ने गरी बन्छ।

“हाम्रो वाखेत, राम्रो वाखेत”

-स्यानु पाईजा

माहुरी सम्बन्धी समचार स्रोत- लोक ब. पुन, अनजे

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s