कृर्षि अपडेट: रायो ले पहेलै वाखेत

कृर्षि अपडेट

रायो ले पहेलै वाखेत

खास गरी वाखेत मा २ किसिम को रायो रोपिन्छ अचेल। दुबै रायो बिउ उत्पादन गर्नको लागी रोपिन्छ। अहिले वाखेत रायो मय भएको छ। मार्फा रायो ले भर्खरै फूल फूल्न सुरु गरेको छ भने मनकामना रायो ले कोसा लगाई सकेको छ। मनकामना रायो मार्फा रायो को तुलना मा कम उचाई को हुन्छ र छिटो पाक्छ। मार्फा रायो ढिलो पाक्छ र यस्को साग राम्रो र बिउ को पनि धेरै मुल्य पर्छ। यो साल को बिउ प्रतिकिलो मनकामना – 200 रुपैया र मार्फा 400 रुपैया छ। पोहर साल मार्फाको बिउ 600 रुपैया प्रति किलो थियो। बजार मा चाहिने भन्दा बढि उत्पादन भए पछि ब्यपारीले आफु मन लागी मुल्य निर्धारण गर्ने गरेको गुनासो उत्पादक को छ।

औवा पाक्न थाल्यो

हिजो ईन्द्र पाईजा को गैह्रा बारी मा औवा कात्ने काम भयो। अहिले वाखेत मा परम्परागत खेती को साथ साथै अलिकति ब्यवसायिक खेती पनि शुरु भएको छ। बर्ष को २ बाली आलु लगाईदैछ। भने केराउ खेती पनि सबैले आफुलाई पुग्ने गरी उत्पादन शुरु भएको छ। अव नगदे बाली तिर नै बिस्तारै वाखेत लाग्दैछ।

सानो स्केल को उत्पादन ले बजार समस्या

३ बर्ष देखी अलैची लगाएका श्याम ब. रोका ले अलैची वाखेत मा आफुले मात्रै रोपेको ले स्यानो स्केल मा उत्पादन भएको र कहाँ लगेर बेच्ने समस्या भएको ले मुठी मुठी सबैलाई बाँडेरै सकिने गरेको अनुभव छ। यहि अलैची मन को ६० हजार सम्म बिक्री हुन्छ। एक मन मा ४० किलो हुन्छ किलो को १५०० पर्ने अलैची बाँडेरै सकिनु भनेको बजार सम्म पुग्न नसक्नु हो। हामीले उत्पादनलाई बजार पुराउन कत्तिको सजिलो छ र बजार मुल्य मा हाम्रो लगानी आउछ कि आउदैन। खेती पहिले अध्यान हुनु जरुरी छ।

टनेल गोलभेडा र बजार

अर्को बर्ष देखी वाखेत मा ब्यबसायिक गोलभेडा उत्पादन हुनेछ। यस्को लागी अहिल्यै नै सम्भावित बिक्रेताहरु सँग मुल्य र उनिहरुले खपत गर्ने मात्रा को बारे मा अध्यान हुन जरुरी छ। किन भने गोलभेडा भने को लामो समाय सम्म राख्न मिल्ने खेती होईन। तैयारी भएको ३-४ दिन मा बजार पुगेर पनि उपभोक्ताले कन्ज्युम गरि सक्नु पर्ने खेती हो।

ब्यबसायिक खेती गर्ने कृषक लाई मेरो सुझाव

उत्पादन गर्नु पुर्व लागत, उपभोक्ता (बजार) को अध्यान गर्नुहोस। सके सम्म कम रिस्क खाले खेती बाट ब्यबसाय सुरु गर्नुहोस। जस्तै दाल, प्याज, खुर्सानी, बेसार जस्ता लामो समाय सम्म बजार मा पठाए पनि फरक नपर्ने खेती बाट ब्यबसाय सुरु गर्नुहोस। सके सम्म कम लागत खेती। जस्तै खुर्सानी, प्याज, केराउ, दाल जस्ता उत्पादन बाट ब्यबसाय सुरु गर्नुहोस। जस्तै खुर्सानी को बिउ किन्न १ किलो खुर्सानी किन्दा पनि ब्यबसायिक खेती को लागी पुग्छ जस्को लागत कम्ती हुन्छ। प्याज पनि त्यस्तै खेती हो, मुला , रायो, दाल त्यस्तै खेती हो। ठुलो लगानी लाग्ने खेती भनेको – आलु, गोलभेडा, बेसार, अदुवा यो ठूलो लागत लाग्ने खेती हुन। तर यि खेती को लागी ब्यबसायिक रुपले सोच्ने हो भने पहिलो बर्ष बिउ उत्पादन को हिसाब ले खेती गर्ने र अर्को बर्ष ब्यबसाहिक खेती गर्ने हो भने खासै ठुलो बजेट लाग्दैन।

ब्यसायिक खेती र सँस्कारीक समस्या

हामी ब्यबसायिक छैनौ र सधै फुर्सदिला छौ। फुर्सद नै हाम्रो मुख्य समस्या हो। समाय बिताउनै पर्यो अनि सुरु हुन्छ समस्याको सुरुवाट, धेरै जसो गाउँ यसरी नै उठ्ने नसक्ने गरि भासिदैछन। फुर्सद को समाय मा जुवा, तास र रक्सी ले हाम्रो समाज को ठुलो हिस्सा उत्पादन शक्ति फ्रिज भएर बसेको छ। माथी बाट हुने बिबहा, छेवर, गुन्युचोली, किरिया, पुजा जस्ता कुराहरुमा मानिस लामो समाय सम्म अल्झेर बस्दा हाम्रो आर्थिक हैसियत दिन दिनै कम्जोर बन्दैछ।

हामीले गर्न सकिन्छ के ?

सँस्कार नछाडि कन पनि ब्यबसायिक बन्न सकिन्छ। ब्यबसाय र सँस्कारलाई समाय छुट्टाउनुस। जस्तै दिन को ८ घन्टा काम गर्नु हुन्छ भने ५ घण्टा आफ्नो ब्यबसायलाई दिनुस र ३ घण्टा सामाजिक सँस्कार लाई दिनुस। तर हामी के गर्छौ भने आज मलामी जान्छौ, भोली जन्ती, पर्सि टाउको को झोल खान बस्छौ। मान्छे मरे पछि किरिया नसकिदै सम्म लस्कर लागेर तास खेल्न जान्छौ। आमा समुहहरुले नबुझेको कुरा मान्छे मर्दा र बिबहा बर्तबन्ध हुदा तास पैसा को खेल्ने निस्चित दिन मात्रै हुनु पर्ने हो । तर यो बारे मा कसैले ध्यान नदिदा सँस्कार सिक्ने ठाऊ तास खेल्ने जुवाघर जस्तो देखिएको छ। बिबहा , पर्व सबै तास खेल्ने अवसर जसरी हेरिन लागिएको छ।

तास खेल्नु मलाई पनि रमाईलो लाग्छ

तास खेल्नु निकै रमाईलो हुन्छ। रमाईलो हुन्छ भन्दै मा सँस्कार मै असर पर्ने गरि तास खेलिएको छ। यस्ता कुरा हरु बुझाउन को लागी कसैको कर बल ले हुदैन। मानिस को भित्र बाट हामीले यसो गर्यो भने हाम्रो सन्तानहरुले पनि यहि सिक्छन त्यसैले यस्ता कार्यकलापहरु कम्ति हामीले नै गर्नु पर्छ भन्ने भावना को बिकास हामी भित्र नै हुनु पर्छ। हामी ले ब्यबसायिक उत्पादन गर्यौ भने तास खेल्नु केहि समाय छुट्टाए पनि खासै फरक पर्दैन। उत्पादन सुन्य र तास ले हामीलाई मात्रै होईन हाम्रो सँस्कार र समाजलाई समेत नकरात्मक बाटो मा लैजाने पक्का छ।

हामी यो गरौ त्यो गरौ भनेर अरुलाई भन्नु भन्दा पनि आफैले आफैलाई एउटा बाटोमा लैजाऔ। जहाँ सँस्कार पनि नमरोस र हामी पनि सजिलो गरी सँस्कार चलाउन सकौ।

-स्यानु पाईजा
वाखेत अपडेट बाट

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s