चिमखोला को भूमे पूजा

जमानाको कुरा: चिमखोला को भूमे पूजा

म्याग्दी का गाउँ बस्ती मा अव भूमे पूजाको लस्कर लाग्छ। चैत्रमा चिमखोला बाट सुरु भएको भूमे पूजा असार मा राप्ती पुगेर सकिन्छ। म्याग्दी जिल्ला आफैमा सुन्दर छ यो भन्दा बढि सुन्दर यहाँ को मौलिक सँस्कृति सुन्दर र युनिकता छ। आज यस्तै युनिक सँस्कृति भित्र को मौलिक पर्व चिमखोलाको भूमे पूजा को बारे मा आज को जमानाको कुरामा चर्चा गर्ने छौ।

पुरानो एउटा गीत

चैतको महिना, भुईमा पात

डालीमा केहि छैन।
तर चिमखोला मा आउनुहोस चैत्रको महिना मा भूमे पूजा मेला लाग्छ।
माथीलाई पर्यो मण्डली थान, तल पर्यो चिमखोला
अर्कै को छोरा अर्कै को छोरेी, माया लाग्ने किन होला?

कहि साईलो भाका को रौनक अलगै, कतै सालैजो भाका को रमाईलो अलगै एउटा अलग रमाईलो र परिचय बोकेर युगौ देखी जिबित छ चिमखोला को भूमे पूजा।

चिमखोला

धौवलागेरीको काखमा राहु गँगा नदि को काख मा लाम्पसार चिमखोला गाउँ मौलिक सँस्कृति र युनिक परिचय बोकेर गर्व ले शिर ठाडो पारेर बसेको छ सिगो बस्ती। चिमखोला मण्डली को आसिर्वाद लिएर। चिमखोला ले युनिक परिचय मात्रै बोकेको छैन। राष्ट्रिय कलकार धन कुमारी थापा, स्व. गोपाल पुन लगायत अन्य प्रतिभा वान कलाकारलाई पनि जन्माएको छ। यति मात्रै होईन पञ्चयात को पालामा भग ब. पुन म्याग्दी जिल्ला सभापति, र बहुदल पछि साम्सद र सभासद थम माया थापा जस्ता राजनितिक हस्तिहरु पनि यहि गाँउले जन्माएको छ। आज को चर्चा भने चिमखोला को भूमे पुजा को हो।

चिमखोला को भूमे पूजा को मौलिकता

चैत्र महिना मा भूमे पूजा हुनु नै चिमखोला को भूमे पुजा को युनिकता हो। प्राय चैत्र महिनालाई सुन्य महिना मानेर पूजा आजाको काम प्राय अरु ठाउँ मा गरिदैन तर चिमखोला को भूमे पुजा चैत महिना मै पर्छ। मण्डली बजै को थान मा थुप्रै भाकल हरु पनि गरिन्छ। हरु ठाउँ मा भूमे पुजा जमिन, अन्न , पानी  र प्रकृति रक्षा को लागी गरिन्छ। तर चिमखोला मा भूमे पूजा मा भाकल पनि फुकाईन्छ।

महिला लाखे हरु

हाम्रो पुर्खयौली गीत र नृत्यमा महिला को भेष मा पुरुष ले अभिनय गरेको पाईन्छ। कारण त्यो समाय छोरी मानिस को लागी समाज त्यति नरम नहुनु हो। तर चिमखोला को भूमे पुजा को बिगत हेर्ने हो भने धेरै पहिले देखि महिला लाखे (त्यो बेला को स्वयम सेवक, जस्ले अनुहारमा मुकुण्डो लगाएका हुन्छन) जस्लाई अचेल सजिलो को लागी जोक्कर पनि भन्छन। तर उनिहरु जोक्कर होईनन। त्यो समाय को परम्परागत स्वयम सेवक हुन। जस्ले भिड नियन्त्रण गर्छन। मानिसलाई अनुसासन मा बाटो हिड्न लगाउछन। कुनै कार्यक्रम सुरु हुनु भन्दा पहिले सेटिङ मिलाउछन र बिभिन्न हाउँ भाउ ( मुक अभिनय) ले दर्शक लाई मनोरन्जन दिन्छन। त्यो बेला मा पनि महिला(लाखे) स्वयम सेवकहरु हुनु ले त्यो समाज मा लैगिक बिभेद पहिल्यै देखि खुकुलो थियो भन्ने सँकेट गर्छ। चिमखोला को भूमे पुजा को युनिकता यहि महिला लाखे पनि हो।

बेलुन फोड्ने प्रतिस्पर्धा र  बोरा भित्र पसेर उफ्रेने बाधा दौड

३० बर्ष पहिले देखि नै चिमखोलाको भूमे पुजा मेला मा बेलुन फोड्ने प्रतिस्पर्धा र  बोरा भित्र पसेर उफ्रेने बाधा दौड मा प्रतिस्पर्धा गराईन्छ। यो कुरा मैले लगभग भुलि सकेको थिए तर त्यस्तै दुरुस्तै खेल ४ बर्ष पहिले वेस्ट पोईन्ट बोर्डिङ स्कुल को अभिभावक दिवस मा देख्दा मैले चिमखोला मा देखेको प्रतियोगिता  सम्झिए। यस्ले के देखाउछ भने अहिले का आधुनिक स्कुलहरुलाई समेट अझै पुरानो नलाग्ने प्रतिस्परधा को सरुवात त्यो बेला नै चिमखोला मा भएको थियो। बेलुन फोड्ने खेल मा हरेक प्रतिस्पर्धि को एउटा खुट्टा मा फुकेको बेलुन को बल बाधिन्थ्यो र एउटा खुट्टाले खुट्टी खुट्टी खेलेर हरुको बेलुन लाई उफ्रेर टेकेर फुटाल्नु पर्दथ्यो र अन्त सम्म बेलुन बचाउन सक्ने खेलाडी नै बिजय हुन्थ्यो। बोरा भित्र दुबै खुट्टा पसालेर हातले बोरा समाएर उफ्रदै अगाडी निर्धारित लाईन छोए पछि पहिले पुन्ने खेलाडी बिजय हुन्दथ्यो।

पाहुना मैत्री समाज

अरु गाउँ मा नचिनेको मानिसलाई प्राय खानपिन र साँझ को बास दिन निकै गाह्रो गरिन्छ तर चिमखोला को मेला त्यति बेला सम्म अपबाद को रुपमा थियो। साँझ जस्को घरमा पुगे पनि खान र बस्न पक्का पाईने। त्यति मात्रै होईन खाना खायो कि खाएन बुढा बुढीहरुले पनि सोधपुछ गरिन्थ्यो त्यो बेला।

गाउँ को बनौट अचम्मै को छ।

चिम्खोला पहिलो पटक पुग्ने मानिस अलमलिने गर्छ। एउटा को घरको आँगन र अर्को घरको आँगन जोडिएका छन। भिरालो बाक्लो बस्ती र बाटो निकै रमाईलो खालको छ। कतिपय ठाउँ मा सिगा सिगा (पिडी,सिकुवा) हिड्ने बाटो हुन्छ। रातको समाय मा एउटा घर बाट निस्केको मानिस आफु बसेको घर बिराएर अर्को घरमा पस्यो भने नौलो होईन। नयाँ मानिस यसरी नै झुकि्ने गर्छन। घरहरु लगभग उस्तै उस्तै छन र नजिक नजिक जोडिए जस्तै छन।

म्याग्दी कै युनिक नृत्य थाली नाँच

चिमखोला गीत सँगीत मा निकै अगाडी छ। यहाँका कलाकारले सृजना गरेको ” यो धौवलागेरी काख मा, गुराश फल्ने पाखामा हृदय हृदयको स्वागतम, चिमखोला को स्वागतम अझै पनि नयाँ नै लाग्ने गर्दछ। जसरी सालैजो र साईलो भाका हरु सदाबहार नयाँ नयाँ लाग्दछन। थाली नाँच म्याग्दी कै युनिक नाँच हो।यो नृत्य पनि यहाँ देख्न सकिन्छ।

चिमखोला नाम को पछि भाग्दा

हरेक शब्दले अर्थ मात्रै बोक्दैन। एउटा ईतिहास पनि बोक्छ। चिमखोला धेरै ले अनुमान गर्दछन। चिम – बट्टी, लाईट, बल्व, या बिजुली निकाले को खोला। यो अहिले को पुस्ता को सोचाई र अर्थ हो। चिमखोला को अर्थ खोज्ने  बेला मा निक्कै आश्चार्य लाग्ने कुराहरु भेटिए। कहिल्यै सुन्दै नसुनेको कुराहरु सुनियो। चिमखोला त्यो बेला राखिएको नाम हो जतिबेला मानिसहरु टुकी को बल्छ भन्ने पनि अनुमान गर्दैन थे। त्यसैले चिम को अर्थ बल्ब, उज्यालो या बत्ती होईन। त्यो समाय मा चिम भनेको रुखका भाटाहरु लाई एउटा माथी अर्को जोड्नु हो। यसरी भाटाहरुले खोला तर्न गरिएको ले नै यो ठाउँ चिमखोला भएको हो। यो सुन्दा पहिलो पटक मलाई पत्यार लागेन। तर सोच्नु त्यति बेला पर्यो जति बेला एउटै निगालो ले बुनिएकाा लामो भकारीले छाएको र एउटै बलो जोडिएको नदेख्ने गरि बनाएको लामो निगालो को भकारी को गोठ भएको एक दम माथी को ठाउँ मा पुगियो। पत्याउनु न पत्याउनु चिम को अर्थ यस्तै पाईयो। “चिमखोले डोको” कुनै बेला को नामी ब्राण्ड डोको, चाहे त्यो चिमखोला मा बनियोस या म्याग्दी खोला मा तर त्यो डिजाईन को डोको लाई चिम्खोले डोको भनिन्थे। त्यो गोठमा पुगे पछि मलाई चिमखोले दोको को बारे मा पनि आफ्नो धारणा पुन बिचार गर्नु पर्ने भयो। खास मा चिम भनेको जोड्नु या जोडिनु हो। अथवा एउटै जस्तो हो। अझै एक पटक पुग्न मन लागेको ठाउँ भनेको त्यहि गोठ हो। त्यो गोठ को के प्रयोग छ? किन यसरी गोठ बनाईन्छ। अझै पनि छ त्यो एउटै भकारी को लामो गोठ बनाउने चलन ?त्यो बेला म त्यति परिपक्व थिएन यि कुराहरु बुझ्न को लागी ख्याल ख्यालै मा पुगियो अहिले त्यो सम्झनाले हजार प्रश्न उब्जने गर्छ। यो अहिले छैन भने हामी कसैले पनि यस्को बास्तिकता नयाँ पुस्तालाई बताउन सक्ने छैनौ। र मेरो कुरा कसैले पत्याउने पनि छैनन।

मलाई सधै दुई वटा टपिक जहिले पनि जटिल लाग्ने गर्छ एउटा पुर्खौयौली गीत अर्को चिमखोला किन कि यो दुबै साधारण परिभाषा भित्र अटाउदैनन।

जस्ले जे भने पनि सुन्दर गाउँ चिमखोला को बारे मा ब्याख्या अपुरो रहन्छ। चिमखोला लाई बुझ्नु चाहानु हुन्छ भने चिमखोले हुनुहोस। अनि मात्रै बुझ्न सजिलो होला। मैले या कसैले चिमखोला यस्तो छ उ्सतो छ भन्यो भने अन्धाले हात्ती छामे जस्तै हो।

बिगत र बर्तमान को साछी भूमे पूजा भने चैत्रको मगलवार चिमखोला देखी सुरु भएर वाखेत, झी, पाखापानी, दर्मिजा, दग्नाम, दाना , पात्लेखेत, गोल चक्कर लागेर मनाईन्छ। भुमे पुजा को बारे मा पुरानो बल्ग मा हेर्नु होला। यो दिन कसरी मनाईन्छ भन्ने पुर्ण बिबरण को लागी। (भमे पूजा) मा किल्क गर्नुहोस

(जमानाको कुरा: चिमखोला को भूमे पुजा वाट)

-स्यानु पाईजा

One thought on “चिमखोला को भूमे पूजा

  1. chimkhola ta dherai pahila dekhi nai sundai aayeko ho yo blog padhda ta ekpatak chimkhola pugnu nai parchha jasto lagyo sanu daju………….

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s