२३ लाख लगानीमा बाख्रा फार्म स्थापना

कमल खत्री 

साभार बेनी अनलाईन

रोजगार र पैसा कमाउनका लागी विदेश नै जानुपर्छ भन्ने मान्यता अहिले पनी म्याग्दीको ग्रामीण भेगमा तितो यथार्थ बनीरहेको छ । नागरीकता बनाउने उमेर पुगेका युवाहरुलाई गाउँमा भेट्न पनी मुस्कील पर्न थालेको छ । तर रोजगारीको खोजीमा दैनिक हजारौ युवाहरु बिदेशिने क्रम बढीरहेका बेला म्याग्दीको भगवती – १ बोराखर्कमा भने दुई जना युवाले लाखौँ रुपैयाँ लगानी गरि गाउँमै बाख्रा फार्म खोलेका छन् ।

विगत १९ बर्ष सम्म काठमाण्डौमा रेष्टुरेन्ट व्यवसाय संचाल गर्दै आएका स्थानिय ञ्युबहादुर कटुवाल र भारतीय सेनाको जागीरबाट अवकास लिएका पात्लेखेत – ६ स्थायी घर भएका शेरबहादुर पुनले २३ लाख रुपैया लगानी गरेर गाउँमै नमूना बाख्रा फार्म सञ्चालन गरेका हुन् । गाउँका युवाहरु रोजगारीको लागी विदेशीने क्रम बढ्दै गएपछी आम्दानीको लागी विदेशीनु पर्दैन भन्ने उदाहरण दिनका बाख्रा फार्म खोलेको संचालक ञ्युबहादुर कटुवालले जानकारी दिनुभयो ।
IMG_5541
एक वर्षअघि स्थापित फार्ममा अहिले स्थानीय खरी र उन्नत जमुनापारी जातका ८० वटा बाख्रा पालीएका छन् । अहिले सम्म २३ लाख रुपैयाँ लगानी भएको उक्त बाख्रा फार्ममा अहिले ५ जनाले रोजगारी पाएका छन् । गाउँमै लगानी गरि आम्दानी गर्न सकिन्छ भन्ने अठोटले बाख्राफार्म खोलेका कटुवालले भन्नुभयो “स्थानीय रुपमा रोजगारीको सृजना गर्ने र बिदेशिने युवाहरुलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि फार्म खोलेका हौ ।”

२४ वर्ष भारतीय सेनामा काम गरेर फर्किनुभएका अर्का सञ्चालक शेरबहादुर पुनले स्वदेश फर्किर त्यसै बस्नु भन्दा गाउँमा केही राम्रो काम गर्ने सोचका साथ नमुना बाख्रा फार्म संचालन गरेको बताउनुभयो । उहाँले फार्मको क्षमत्ता विस्तार गरेर २ सय ५० बाख्रा पाल्ने र मासु बेच्ने तथा उन्नत जातको पाठापाठी उत्पान गर्ने लक्ष्य रहेको बताउनुभयो । बजारमा मासुको धेरै माग रहेकाले बाख्रापालनको राम्रो सम्भावना रहेको उनीहरुले बताएका छन् । जिल्ला पशु सेवा कार्यालय, भुसंरक्षण कार्यालय, वन कार्यालयले औषधि उपचार तथा घाँसका लागि सहयोग गरेको बताउँदै पर्याप्त चरण क्षेत्रको अभावमा समस्या भएको फार्म सञ्चालक पुनले बताउनुभयो ।

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s