जमानाको कुरा:वाखेतको घण्टी देखी थेला, कप , मेडल, साउण्ड सिस्टम, स्टेजको पर्दा सम्म

जमानाको कुरा:वाखेतको घण्टी देखी थेला, कप , मेडल, साउण्ड सिस्टम, स्टेजको पर्दा सम्म

(आजको जमानाको कुरा मा घण्टी, थेला, कप वाखेत का प्रेरक प्रसँग को बारेमा ब्लग पोस्ट लेख्दैछु। वाखेत को ईतिहासमा समाज सेवाको सुरुवात का प्रेरणा बन्नेछन। भलै अहिले यो सामान्य जस्तो देखिएला तर समाय को त्यो कालखण्डमा यो एकदमै प्रेरणा र नयाँ खाले योगदान थिए।)

पुरानो पुस्ता बाट

बिध्योदय प्राबि को घण्टी

बिध्योदय प्राबि स्थापना देखि अहिले सम्म बज्ने घण्टी सायद नै कमै स्कुलमा छ यति राम्रो बज्ने घण्टी हामीले घरै बाट सुनिने गरि बज्दथ्यो। यो घण्टी स्कुललाई तुल ब. थापा ज्यूले (मिनु को बाबा) ल्याईदिनु भएको थियो। यो त्यो बेला को समायमा एक दमै ठुलो योगदान थियो र उदाहरणात्मक कार्य पनि थियो। त्यो बेला दिएको घण्टी अहिले पनि स्कुल मा बजि रहेको छ। एक किसिमले दिर्घकाल को लागी काम लाग्ने बस्तु समाजलाई दिनु पर्छ भन्ने सन्देश हाम्रा पछिका पुस्तालाई प्रेरणादायक होस भन्ने नै यो बल्ग को उद्देश्य हो। पछिका पुस्ताले यि बस्तु पछिको ईतिहास जान्न चाहे भने रेफ्ररेन्स होस यहि नै यो बल्ल को उद्देश्य हो।

त्यो समायमा यो घण्टी दिए बापत उहाँ को परिवारलाई बीर बहादुर राम्जाली प्रधानपञ्च देखी अध्यक्ष बन्दै सम्म झारा मिनाह गरिएको थियो।

थेलो

पुरानो परम्परागत थेलो (छेलो) खेललाई अधुनिकता थप्ने काम लाल बहादुर राम्जाली ज्यूले गर्नु भयो आछाम राईफल मा कार्यरत रिटायर्ड आर्मी लाल बहादुर राम्जाली ले वाखेत को हरेलो मेला को लागी फलाम को ठेलो प्रदान गर्नु भयो। यस्ले हरेलोलाई मात्रै होईन वाखेत लाई नै नयाँ रुपमा चिनायो वाखेत मा त फलाम को थेलो छ। हाम्रो गाउँ मा पनि त्यस्तै थेलो ल्याउनु भन्ने खाल को नयाँ लहर यस्ले पहाडी मेलाहरु मा ल्यायो।

यस बापत वाखेतले लाल बहादुर राम्जालीलाई के छुट दियो कतै उल्लेख छैन।

ट्रफी

लाल बहादुर कै दाजु भिम बहादुर राम्जाली ज्यूले एकदमै ठुलो र आकर्षक ट्रफी हरेलो मेलालाई प्रदान गर्नु भयो। यो यति आकर्षक थियो कि हरेलो मेला मा जहिले पनि प्रर्दशन मा राखिन्थे र बुढा पाका को बास्केटबल खेल को बिजयी टोलीलाई यो एउटै ट्रफी हरेक बर्ष दिईन्थे र अहिले सम्म पनि दिईदैछ।

यस बापत उहाको योगदानको कदर गर्दै उहाँको घर मर्मत सहुलियत होस भनेर गाउँले एउटा सुकेको ओखर को रुख को काठ छुट दिएको थियो। जुन द्वाखर्कको ढुङगा खानी को माथी थियो।

मेडल

बीर ब. थापा भू.पु बिर्टिस आर्मी ज्यूले पहिलो पटक वाखेत को हरेलो मेला मा खेलाडीलाई मेडल स्पोन्सर गर्नु भयो। ठ्याक्कै मिति हाम्रो खेलकुद समितिले रेकर्ड कहि कतै राखेको होला। बिस्तारै अपडेट सहित राख्ने कोशिस हुदैछ। नभए पनि त्यो बेला को मेडलहरुको स्याम्पल सँकलन गरिनु पर्छ र सँग्रह गरिनु पर्छ।

माईक, मैनटोल, बल, जाली, खेल युनिफर्म

किशोर रोका, हरि राम्जाली, छक ब. पाईजा, प्रकाश पुन लगायत अन्य लाहुरेहरुले उपलब्ध गराउनु भएको खेलकुद पोशाक ले कयौ साल सम्म वाखेत खेलाडी को गौरव बढायो

खास गरेर वाखेतका लाहुरेहरु ले कुनै न कुनै उपहार दिनु भएको छ। बिस्तारै सके सम्म को बिबरणहरु ईतिहास को पाना मा देखिने गरि र लेखिने गरि उहाँ हरु को योगदान लाई बचाइ दिनु पर्छ र नयाँ पुस्तालाई वाखेत को गौरबशाली योगदान दिने ब्याक्तीत्व को चिनारी बचाई दिनु पर्छ।

क्यासियो, हारमोनियम

त्यो बेला को आधुनिक बाजा मा गनिने क्यासियो साउदी मा कार्यरत समुह खास गरी चक्र पुन, सोम पाईजा, लाल ब. पुन, नारायन रोका, राम पाईजा,तिल पाईजा, भबिन्द्र पाईजा, धिरेन्द्र पुर्जा, डिल ब. पुन, लगायत का सबै साउदीमा कार्यरत साथीहरुले गच्छेअनुसार पैसा उठाएर वाखेत साँस्कृतिक समुहलाई हस्तान्तरण गरेको थियो।

साउण्ड सिस्टम

२०६७ साल मा कोरिया मा कार्यरत युवाहरु हर्क ब. रोका, कुमराज पुर्जा, भबिन्द्र पाईजा, चुनु पाईजा, पूर्ण कुमार रोका र कुमार रोका को समुहले वाखेत हरेलो मेला को लागी प्रदान गर्नु भयो। जुन अहिले पनि वाखेत ले प्रयोग गरि रहेको छ।

यहि बर्ष देखि नै हो हरेलो मेलालाई बिदेश बाट पुरुस्कार को स्पोन्सर मिल्न लागेको।
कोरिया ले साउण्ड सिस्टम दियो।
ईराक, साउदी, माल्दिब्स लगायत ले नगद पुरुस्कार

२०६८

यो बर्ष सभासद, होटेल, स्थानीय राजनितिक प्रतिनिधिले पनि हरेलो मेला मा पुरुस्कार स्पोन्सर गरे त्यस्तै मेला मा पुग्नु भएका हाम्रा भू. पू. ब्रितिस आर्मी ओम रोका ज्यूले २५ हजार रुपैया दिएर खेल पुर्कार स्पोन्सर गर्नु भयो। भने भू. पू. ब्रितिस आर्मी कुल ब. राम्जाली ले पनि हरेलो मेला मै आमा चारै वडा का आमा समुह लाई ५-५ हजार र युवा साथीहरुलाई ५ हजार गरी २५ हजार नै नगद सहयोग गर्नु भयो र वाखेत मा स्तरउन्नती हुन लागेको बिध्योदय निमाबिलाई १ लाख रुपैया प्रदान गर्नु भयो। भने अमेरिका मा कार्यरत सु्र्य राम्जाली बाट पनि १ लाख ५० हजार स्कुल कोष लाई प्रदान गर्नु भयो।

माथी नाम उल्लेख नगरिएका तर वाखेतलाई योग्दान गर्नु हुने अज्ञात नामहरु लाई खोजेर कहि कतै नयाँ पुस्ताले पढ्न मिल्ने ठाउँ मा राख्नु आबस्यक छ।

पछिल्लो समाय २०६९ को हरेलो मेला वाखेत को ईतिहास मै नौलो रुप मा आयो यो बर्ष वाखेत का बिदेशमा कार्यरत उत्साही युवाहरुले राम्रो योगदान गर्नु भयो र १ लाख ६० हजार को नगद पुरुस्कार घारसुन्ना लालीगुराँश युवा क्लबलाई हस्तान्तरण भयो। पृथीमान राम्जाली, तेजिन्द्र थापा, शिब पुन, नबिन राम्जाली, टक ब. पाईजा कतार ग्रुप ले उत्साहजनक स्पोन्सर गर्यो। र वाखेत को ईतिहास मा पहिलो पटक स्पोन्सर ब्यानर लेखियो। जुन फोटो मा भए पनि कतै न कतै सुरछित हुने छ।

स्टेज पर्दा

वाखेत साँस्कृति परिवार का स्थापक सदस्य दिलकुमारी राम्जाली (गर्बुजा) ज्यूले कल्बको मञ्चको लागी सानदार स्टेज पर्दा स्पोन्सर गर्नु भयो। ।

यो बल्ग मा वाखेत लाई प्रेरक उपहार दिनु हुनेहरु को सम्झना मा लेखिएको बल्ग हो।

यहि प्रसग मा स्कुलको लागी जग्गा उपलब्ध गराउनु हुने किशोर रोका को परिवार र वाखेत स्कुललाई स्तर उन्नती गराउन हिम्मत गर्ने वाखेत का सम्पुर्ण बासिन्दालाई धन्यबाद दिन चाहान्छु।

अर्को बल्ग पोस्ट मा स्कुल कोष चिनो र घर दैलो कोष का दाताहरु को स्मरणमा लेख्ने छु। बिबरण हरु तैयार भए सम्म जम्मा पार्ने कोशिस हुदैछ। २०१५ को अन्तमा यो सबै को योगदानलाई पछिका पुस्तालाई चिनाउने गरी लिपिबदव गरिने छ।

धन्यबाद
-स्यानु पाईजा

नोट – तपाई को योगदान ले हाम्रो नयाँ परिचय बन्छ।” हाम्रो वाखेत राम्रो वाखेत”

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s