थर बन्नु को कारण र टुक्रनु को कारण

जमाना को कुरा: थर बन्नु को कारण र टुक्रनु को कारण

आज को जमाना को कुरा मा थर को बारे मा केहि कुरा जुन मैले आफैले आफ्नै आँखाले देखेको छु त्यसको बारे मा अनुभव सेयर गर्न लागी रहेको छु।

थर कसरी बने ?

जव मानिस जँगली शिकार युग बाट निस्केर सामाजिक ( समुहमा) बस्ने प्राणीको रुपमा बिकास भए तब मानिसहरु एकै ठाउँ मा या समुह मा लामो समाय सम्म बस्न थाले। यो भन्दा पहिले उहिहरु जता जता शिकार सजिलो पाउन सकिन्छ उतै डुलुवा जिवन बिताउदथे। त्यो बेला मा नै मानिसहरुले जस्तै कुनै ठाउँ मा एक समुहका मानिसहरु लामो समाय सम्म बसे भने उनिहरु एउटै थर का भए।यो भन्दा पनि पुरानो पथ हो पुसानो समायमा यस्लाई (पत,पट,पोट,पोत, पठ) भनिन्थे। अझै पनि बुढा पाकाहरुले कुन पोट हो भनेर भनेको सुनिन्छ। पत यो ठाऊँ ठाउँ को मानिसहरुको उच्चारणमा फरक फरक पर्दछ। जस्ले जसरी उच्चारण गरे पनि अहिले को अर्थ मा थर नै हो। यो थर को सुरवाती अब पनि एउटा समुहमा लामो समाय सम्म रहेन हरु नै या ठहर्ने नै थर बने। पत भनेको खास मा बाटो (पथ) हो। कुन ठाउँ बाट आएको भन्ने अर्थ मा नै पत हो यानी कता बाट आएको समुह हो भन्ने बुझाई नै समायन्तरमा यो एउटा परिचय भएको हो र सामाय सँगै परिमार्जित भएर हामीले आफ्नो नाम सँगै बचाई राखेको हाम्रो पुर्खाको परिचय नै थर हो।

कहिले कहि फेशबुक तिर भएको थर को बिबाद लाई देख्दा यो अन्तिहिन र प्राप्ति हिन बिबाद हो भन्ने मेरो ब्याक्तिगत धारणा हो। कसैले नाम पछि मगर मात्रै लेख्नु पर्छ भन्छन कसैले पुन लेख्नु पर्छ कसैले मुख्य र उपका बिबाद हरु ल्याउछन। मगर मात्रै यस्तो एउटा जाती हो यस्मा उच निच को बिभेद छैन। अरु जात मा हेर्ने हो भने त्यो जात मा पण्डित देखी पोडे सम्म को सामजिक बिभेद थियो। अचेल चेतना ले गर्दा उनिहरु मा पनि यो हराई सक्यो कतै अपबाद मा होलान। तर अझै सम्म हाम्रो पूर्खाले फलानो थर सँग बिहे नगर्नु उनिहरु सँग उनिहरु स्यानो जात हुन भनेको सुनेको छैन।अरु थर मा जस्तो अर्को समुह को बिहे गर्दा थर खसेको कतै पनि देखेको छैन। त्यस अर्थमा पनि हाम्रा पुर्खाहरु अपढ नै सहि उनिहरु धेरै बुद्दीमान थिए।

थर टुक्रिनु को कारण

म धेरै टाढा जादैन मेरै नजिक को २ उदाहरण हरु दिन्छु।म पात्लेखेत-७ वाखत, म्याग्दी को बासिन्दा हुँ थर पाईजा हो। वाखेत खास गरी औवा (गँहु, जौ जातको अन्नबाली) खेती भएको ले नै वाखेत भनिएको हो् यस्को पुरानो नाम अँशारा हो। यसको अर्थ हुन्छ अँश सारेको। पुरानो पुस्ताले वाखेतेलाई अँशारे भनेको सुनिन्छ। यस्को अर्थ पनि त्यहि हुन्छ कतै बाट अँश सारेर आएका। मेरो दाबी वाखेतका पहिलो बासिन्दा पाईजा हरु हुन भन्नु होईन। मेरो भनाई को अर्थ वाखेत का पाईजाहरु पाखापानी बाट वाखेत को औवाखेती अँश लिएर यहाँ आएको हुन।

सेते पाईजा र काले पाईजा

थर किन पछि लर (लहर) हुन्छ। लहर ले खास गरि हामी कुन बाजे को सन्तान भन्ने हुन्छ। जव हाम्रो सँस्कार मा नुनु जोडियो। यो नै लहर हरु बिभाजन हुन थाले सेते पाईजा र काले पाईजा यो पनि त्यहि लहर हुन। पाईजा को दुई थर नभएर २ बाजे को सन्तान भन्ने हुन। यो बाजे कै आधारमा हुन्छ भन्ने छैन। यो गाउँ को बनाबट को आधार मा पनि हुन्छ। जस्तै मेरै छिमेकी गाउँ झी मा थजाली हरु ५ लहर का छन।

सुरु मा तल्लो थजाली र उपल्लो थजाली मा छुटिएका लहर मा अहिले ५ वटा थजाली मा पुगेका छन। तर हुन उनिहरु सबै थजाली नै हुन। उनिहरु को बिभाजन बाजे को आधार मा नभै बाटो को आधार मा भयो। पाखापानी जाने मुख्यबाटो देखी तल बस्ने तल्लो थजाली भए। भने माथी बस्ने उपल्लो थजाली भए। तल्लो र उपल्लो को बारे का कसैले यसरी नयाँ पुस्तालाई बुझाएनन भने कोहि बिदेशी आएर तल्लो र उपल्लो लाई सानो र ठुलो भनेर लेखिदियो भने हामीले त्यही मान्ने छौ जो अहिले का पढेलेखेका हरु को आधार बन्छ। तर बास्तबिकता भनेको जन्म सँस्कार र मृत्यु सँस्कार हो। जुन सुतट र दुखद भन्ने छ। जन्मनु लाई सुतक र मर्नु लाई सुखद सँस्कार मानिन्छ। त्यस मा भाईहरुले सरो उठाउछन। र सरो दाजुभाई मर्दा नुन छोड्छन। सुतक हुदा खास गरी पूजा आजा गर्दैनन। झाँक्री बस्दैनन। थरहरु बढि भए पछि मान्छे मर्ने र जन्मनेको सँख्या पनि बाक्लो भयो कारण कति बर्ष सम्म कूल कुलान पुजा, दशै, तिहार, सिमि,भमे, देबीदेउराली पूजा गर्नु पाएनन। यति मात्रै नभएर नुन बार्दा बार्दा थुप्रै समाय अल्नो खानु पर्ने भयो यस्ले स्वास्थमा असर पुग्ने भयो। पुरानो समाय मा आयोडिन कै कमीले थुप्रै लाटा र गाँडा हरु जन्मिन थाले। यस्को सबै भन्दा बढि शिकार म्याग्दी कै कुहु र भर्जुला भन्ने ठाउँ मा पर्यो। जुन ठाउँ को एउटा पुस्ता लाटा, गाँडा नै जन्मिन थाले। यो देखेर त्यो बेला नै सँस्कार मा रहेको नुन लाई हताउन त सकेनन। तर एउटा आईडिया चाहि लगाए हाम्रा बुढा पुस्ताले। लौ बाटो मुनि को ले एक लहरो मान्नु बाटो मुनि को एक लहरो मान्छौ। नुन खाएन भने यस्ले थुप्रै असर गर्छ। बेला बेला मा कुल कुलान पुजा भएन भने हाम्रो एकता पनि हराउछ। जुन बर्ष बाटो मुनि को थजाली मा सुखद या दुखद पर्दैन त्यो बर्ष त्यो समुहले कुलपुजा गर्ने बाकीले प्रसाद खान भेला हुने भन्ने खालको सल्लाह नै अहिले तल्लो र उपल्लो थजाली मा थजालीहरु टुक्रिए। पाईजा कालो र सेतो हुनु मा पनि त्यही कारण हो।

पुन थर का लहरहरु पनि त्यस्तै हुन। गन्ने हो भने १५ भन्दा बढि पुग्छ। त्यही बढि भएको ले नै कसै कसैलाई मगरको थर पुन लहर दुत,सुत,पुत,थाने ईत्यादी लहर हरुलाई नै थर मानेर पुन जात हो भन्न सुरु गरेका हुन।

पुन-पुन, रोका- रोका, थापा-थापा मा किन बिहे हुन्छ ?

बसाई सराई नै सुरुमा बसाई सराईले पनि नयाँ थर बन्दथे। यसरी बसाई सराई को क्रममा एउटै थर मात्रै बसाई सर्दैन थे। छिमेक मिल्ने साथीहरु पनि त्यही समुहमा बसाई सर्दथे। बसाई सराई को थुप्रै कारण हुन्थे। स-साना राज्य बन-जमिन-प्रकृतिक स्रोतको अधिकार माथीको कब्जा लडाई हुन्थे। यस्ता झगडाले कतिपयलाई अर्को ठाउँमा पुराउदथे। कतिपयले आफुलाई नयाँ समुहको रुपमा लैजानथे भने कतिपयले फलानो ठाउँ बाट आएको भन्ने परिचय सहित पुरानै थर मा बस्ने गर्दथे। रोका मा रहेको रजाली, बाह्रभाई, बजाङगे जस्ता लहरहरु र थापा रहेको सिङजाली,पनि यसैका उदाहरण हुन।

समान्य तया एउतै कुल मान्ने बिच बिहा हुदैन।तर पुन, रोका, थापा हरुमा चाहि यो सोलीटोली चल्छ। यो भन्दै मा उनिहरुले आफ्नै कुल भित्र बिहे गरे भनेको होईन। उनिहरु मा यस्तो हुनु को कारण पनि छ। मानिस एक ठाउँ बाट अर्को ठाउँमा सर्दा या आफ्नो छिमेकीहरु,बसाई सर्दा उनिहरु सँग फुपु, बैनी, भान्जी जस्ता नातेदारहरु पनि उनिहरु सँगै मिसिएर आए। नयाँ ठाउँ मा सँस्कार चलाउन लाई उनिहरु पुन मा मिसिए, थापा मा मिसिए आफ्नै छोरी,चेली, ज्वाँई भन्जा भएको ले यस्तो हुन कुनै अप्ठ्यारो भएन। यहाँ सस्कार चलाउन भन्नाले बिबहा मा उठाईने सरो, भेजा जस्ता सँस्कार हो भन्ने बुझ्नु पर्छ। यो सँस्कार थोरैले चलाउन असजिलो भएको ले उनिहरु पनि आफ्नो आफन्तमा सरोभाई जस्तै, सरो , भेजा मा सामेल हुन थाले। परिणाम हेर्दा एउटा थर जस्तो तर आखिर उनिहरु त भन्जा, ज्वाई नै हुन नि। उनिहरुले बिबहा पनि गरे अनि पुन ले पुन नै बिहे गरे जस्तो देखियो। यो प्रकृया धेरै पुरानो समाय देखि चलेको ले यो समान्य भै सक्यो। तर जड सम्म पुग्दा भएको चाहि यस्तै नै हो।

(स्यानु पाईजा, जमानाको कुरा भित्र बाट)

अनरोध -मेरो लेखाई को अर्थ जस्ले एउटै थर भित्र बिबहा गर्दछन यो किन भयो भन्ने अर्थाउनु मात्रै हो। अन्यथा नलिनु होला र नकरात्मक हल्ला मा नजानु होला। हामीले जिजु बाजेले बचाएको मगर सबै समान भन्ने समानतालाई बचाउनु पर्छ। मुख्य थर र उप थर मा मगरलाई प्रबेश नगराई मगर जात थर र लहर को सजिलो बुझाई मा लग्यौ भने हामी बिबाद मा पर्दैनौ। अहिले पुन जात कि थर को बिबाद होला। यो बाटो भने को पछि को मुख्य थर को उपथर भन्ने होला। यो भनेको अन्तहिन र उपलब्धी हिन बिबाद हुन। यस्तो बहसले हामीलाई कम्जोर बनाउने बाहेक केहि अरु गर्दैन।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s