पुस्तकालय भ्रमण बर्ष २०१३ को औपचारिक उद्घाटन ( फोटो फिचर )

पुस्तकालय भ्रमण बर्ष २०१३ को औपचारिक उद्घाटन ( फोटो फिचर )

March 1, 2013

म्याग्दीको पाप्लेखेत गाविस–८ स्थित वाखेतमा रहेको विद्योदय निमावीले जिल्लामै पहिलो सुरु गरेको पुस्तकालय भ्रमण बर्ष २०१३ को शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
SAM_6602
पात्लेखेत गाविस सचिव बलबहादुर खत्री र विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले संयुक्त रुपमा उद्घाटन गरेका छन । पाखापानी स्रोतकेन्द्र अन्तरगत नमुना विद्यालयका रुपमा चिनिएको विद्यालयले सन २०१३ मा पुस्तकालय मार्फत विभिन्न गतिविधि सञ्चालन गर्ने उदेश्यका साथ सुरु गरिएको पुस्तकालय भ्रमण बर्षले पुस्तकालयको आवश्यकता तथा पुस्तकालय नभएका विद्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गर्ने कार्यक्रमका सहभागिले बताएका थिए ।
SAM_6605
भ्रमण बर्षको अवसरमा बोल्ने बक्ताहरुले यस विद्यालयले सुरु गरेको अभियानलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । उद्घाटन कार्यक्रममा छिमेकी दिपक मावीका प्रअ खेमराज पराजुली, ओखले प्राविका शिक्षक पुस्कल शर्मा, स्थानिय भिमबहादुर राम्जाली, विद्यालयका पुर्व शिक्षक भवदत्त शर्मा, गाजा युव क्लव विद्यालय पुस्तकालय सहजकर्ता सुनिता शर्मा, शिक्षम अभिभावक संघका अध्यक्ष खड्क बहादुर रोका, भुमेथान आमा समुहका अध्यक्ष गिता रोकाले मन्तब्य राखेका थिए ।
SAM_6614
कार्यक्रममा पुस्तकालय भ्रमण बर्ष मनाउन विष्णु राम्जालीले १० हजार, रामचन्द्र गर्वुजा ५ हजार, केशव पुन हाल हङकङले ५ हजार, गाविस सचिव बलबहादुर खत्री १ हजार, गजेन्द्र पुन ५ सय, प्रेमबहादुर रोका ५ सय, विरबहादुर रोका ५ सय, सुशिला रोका ५ सय अन्य सहभागिले गरी कुल २३ हजार ९ सय ६० रुपैयाँ संकलन भएको छ । “यसले पुस्तकालय नभएका विद्यालयमा पुस्तकालय स्थापनामा समेत भुमिका निर्वाह गर्ने छ” पुस्तकालय संयोजक गौतमले भने,“ पुस्तकालय नभएका विद्यालयमा पुस्तकालय स्थापनाको प्रयास गरिरहेका छौ ।”
SAM_6689
कार्यक्रममा सहभागि हुन आएका अभिभावक, भुपु सैनिक, क्लव, आमा समुह लगाएतले ५२ पुस्तक संकलन भएको पुस्तकालय शिक्षक दालमी पुनले जानकारी दिइन । “पुस्तकालय भ्रमण बर्षले गुणस्तरिय शिक्षा प्रदान तथा शैक्षिक उपलब्धी हासिलमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने छ”प्रमुख अतिथि एवम् गाउ शिक्षा समितिका अध्यक्ष बलबहादुर खत्रीले भने,“गाविसले यो अभियानमा सक्दो सहयोग गर्ने छ।”
SAM_6659
यसैविच विद्यालयलाई जग्गा उपलब्ध गराउने स्वर्गिय लालबहादुर रोकाको स्मृतिमा छोरा रिमप्रसाद रोकालाई सम्मान गरिएको थियो ।
SAM_6696
विद्यालयकी शिक्षिका सिता रोकाको स्वागत, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुनको अध्यक्षता र विद्यालयका प्रअ मनविर किसानको सञ्चालनमा सम्पन्न भएको थियो । रुम टु रिड नेपालमार्फत म्याग्दीका २२ गाविसका ७९ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s