सामुदायिक बनमा सामुदायको परिबर्तित सोच

सामुदायिक बनमा सामुदायको परिबर्तित सोच

बन जँगल सामुदायलाई हस्तान्तरण गरे पछि सामुदायलाई यो हाम्रो हो भन्ने लागेको छ र सँरक्षण र उपयोग पनि अचेल बढाएर लगेका छन फलस्वरुप अहिले दुर दराजका सामुदायिक बनले पनि सामुदाय लाई लाभ दिन लागेको छ।

वाखेत

वाखेत कुनै बेला दाउरा को लागी मात्रै पनि जुगे देउराली पुग्नु पर्ने हुन्थ्यो। अव त्यो दिन जमानाको कुरा भएका छन। वाखेतले हरुकुरा मा आफ्नो पुर्बाधार कम्जोर नै छाडे पनि सामुदायिक बन मा भने उल्लेखनिय सुधार गरेको छ। गाबिसका ९०% जँगल एरिया सामुदायिक बन बनेको वाखेत मा अहिले दाउरा को कुनै समस्या छैन। मानिसको परिबर्तित जिवन शैली र सोचले वाखेतलाई साँच्चै कै बनमा आत्म निर्भर को बाटो मा लैजादै छ।

हिउद लागे पछि कहिले औलो (पात्लेखेत) तिर खर ठेक्का कहिले रानी बन (कुँहु) , बसनारा कुना, थामो धुरी, असिलो गौडा नपुगी घाँसको जोगो नहुने वाखेतले यो बर्ष आफ्नै बन को मुडुवा धाँसले गुजरा गर्यो। यति मात्र नभएर मुडुवा घाँसमा १ आँसी १०० कर अभियान ले घाँस  बनसमितिले राम्रो आर्थिक सँकलन पनि गर्यो। भने दाउरा मा जाँजने बनसमितिका उपभोक्तालाई पनि १ आसी १०० को हिसाबले १ महिना सम्म वाखेत को बन मा दाउरा कात्न आनु दिएर ३० हजार भन्दा माथी को कोष जम्मा गर्यो। यो वाखेत कै ईतिहास मा पहिलो खबर हो ।

अहिले बनमा उदारता आएको छ। अव यो बनमा प्रकृतिक जडिबुटी संरक्षण र उपयोग कार्यक्रम ल्याएर जगेर्ना र उपयोग गर्ने हो भने हाम्रो आर्थिक स्थिति अहिले को भन्दा सुधार भएर जाने पक्का छ। यसको लागी कार्यगत एकता र सामुदायको लाभको ब्याख्या सबैले बुझ्ने र लाभ सबै सामुदाय लाई पुग्ने गरि कार्ययोजना सबै सामुदायका सदस्यहरुले बुझ्नु जरुरी छ।

बन समिति को कार्ययोजना छलफल मा छ

बनले सामुदायलाई कसरी माथी उठाउन सक्छ ? भन्ने बुझ्नु नै हाम्रो पहिलो आबस्यकता हो। हामीले हाम्रो प्रकृतिक बन जँगललाई प्रकृतिक रुपमा सुन्दर बनाउन पनि सक्छौ र सामुदायलाई आर्थिक सम्पन्नता मात्रै होईन नयाँ परिचय पनि दिन सक्छौ।

छलफल मा के छ ?

धुपीका रुख

वाखेत का सम्पुर्ण बनहरु पर्खालले घेरिएको छ। पर्खाल को बरिपरि धुपीका रुखहरु लस्करै ६ मिटर को फरक फरकले हुर्काउन सकियो भने यस्ले प्रकृतिक रुप मै नयाँ सुन्दरता थप्ने मात्र नभै भबिस्यमा हामी ले अगरबत्तीको (धुप) को लागी चाहिने कच्चापदार्थको र उद्योग नै सन्चालन मा ल्याउन सक्छौ र सामुदायलाई आर्थिक रुपमा सबल बनाउन सक्छौ। लौ मानौ हामीले धुपीलाई कच्चा पदार्थको रुपमा उपयोग गर्न सकेनौ भने पनि यसको काठ पनि निर्माण समाग्रीमा गुणस्तरकै हुन्छ। यसरी प्रयोग गर्न नसकिए पनि प्रकृतिक रुपमा स्वच्छ हावा र बाटवरण चाहि हामीले निर्माण गर्छौ। यसरी धुपी लगाउने हो भने अवको ५ बर्ष भित्रै हाम्रो बनको सिमाना कोण धारी गार्ड जस्तै धुपीका रुखहरु ले सजिएको हुन्छ।

टिमुरे पाखा मा टिमुर

प्रकृतिकरुप टिमुर को नाम ले नै टिमुरे पाखा नाम पाएको टिमुरे पाखालाई हामीले साँच्चिकै ब्यबसायिक खेती कै रुपमा सामुदायिक टिमुरे खेती पाखा बनाउन सकियो भने हामीले हाम्रो नाम सँगै नाम र दाम जोगाउने पक्का छ। यस्को बारे मा पनि बनसमितिले छलफल कार्यक्रम मा राखेको छ।

आरु पखडा/खुर्पानी को रोपन प्रयोग

अहिले वाखेत का सबै सामुदायिक बन मा चौपाया निषेध गरिएको छ। त्यसैले पनि यो कार्यक्रम सजिलै लागु हुन सक्छ। हाम्रो पुरानो बाटो र मोटर बाटो को ३ मिटर तल र ३ मिटर माथी को भागमा ६ मिटर को फरक फरक मा आरु पखडा/खुर्पानी रोपन गर्ने हो भने बाटो खन्दा निस्केका माटो बग्न बाट पनि रोक्छ र रोपेको ३ बर्ष भित्र नै वाखेतको नयाँ परिचय यस्ले दिन्छ। बराह् थान देखि- देउराली सम्म- पंग्रेनी देखी – भँकसे सम्म- गोट्टेखोर देखि- भेडिखर्क सम्म- हेरालो बस्ने ढुँगा देखी – गाजने बन सम्म – आरु पखडा/खुर्पानी सेतै फुले को फूल कस्तो देखिला ? साँचिकै यस्तो बनाउन सकियो भने यो सबै को आँखा मा पर्छ। ग्रामिण पर्यटनमा पनि नयाँ गन्तब्य बन्छ। सामुदायले आरुपखडा को फल बजार सम्म पुराउन सके भने राम्रो आम्दानी गर्न सक्छन। जाम र ड्राई प्रोडक्ट बनाए भने झन अतिरिक्त लाभ लिन सक्छन। कम्से कम खेर जाने जमिन को  सुन्दरता को साथ साथै केहि गर्न नसके पनि हामीले आरु पखडा/खुर्पानी लाई रक्सी बनाए मात्रै पनि बर्षमा कुहाउने अन्न जोगाउन सक्छौ। लौ मानौ यो सबै गरेनौ भने पनि हामीले हरियाली बनाएर बाटवरण लाई सुन्दर बनाउन सक्छौ। अरु बन्यजन्य उत्पादन को लागी २०-३० बर्ष लाग्छ। जस्तै सल्ला हुर्कनलाई कम्तीमा २० बर्ष लाग्छ तर  आरुपखडा ले ३ बर्ष मै हामीलाई आम्दानी र सुन्दरता दुबै दिन सक्छ।

प्रकृतिक उत्पादनलाई ब्यबसायिक रेखदेख र रुपान्तर

प्रकृति रुपमै उपलब्ध सत्तुवा, तिते, मँगायो, लकायो, धकायो, भ्याकुर र बनतरुल लाई  प्रकृतिक रुपमा रोपेर सामुदायले आर्थीक पातो सबल बनाउन सक्ने प्रबल सम्भावना छ।

दोखर्क मन्दिर देखी मुनि को भागलाई अहिले नयाँ किसिमले सोचौ भन्ने कुरा छलफल मा लगिएको छ। गाउँले सकरात्मक भए भने यस्ले वाखेत को आर्थिक पातोलाई अझै फराकिलो र समाज लाई दरिलो बनाउन सक्छ। वाखेत साच्चिकै ब्यबसायिक उत्साह मा पुग्न सक्छ। प्रकृतिलाई प्रकृति रुपमै प्रयोग र जगेर्ना सहित आर्थिक लाभ मा आधारित कन्सेप्ट मा अहिले वाखेत स्कुलले भोगीरहेको आर्थिक अभाव र स्कुल स्तर उन्नतीलाई पनि जोडिएको छ। वाखेत स्कुललाई स्तर उन्नती गर्न को लागी आत्मनिर्भर आम्दानी स्रोत भए भने यो सजिलो छैन। मागेको रोटी ले मात्रै १ दिन को भोक मेटिन्छ। दिर्धकालिन सोचका साथ आम्दानी को स्रोत नहुने हो भने हामीले वाखेत स्कुललाई भने जस्तो स्तरउन्नती गर्नमा बाधा पुग्छ। सामुदाय मा एकता हुने हो भने एकदमै सजिलो तरिकाले हामीले सामुदायलाई अगाडी लैजान सक्छौ। दोवाखर्क देखी मुनि को प्लट लाई स्कुल बिकास प्लट सामुदायिक बन मा रुपान्तरण गरि त्यो एरियामा जुन अहिले काँडा मात्रै थिए त्यो बनसमितिले सफा गरेको छ। त्यो ठाउमा १० मिटर को दुरिमा काफल र त्यसकै बिच बिचमा दाल चिनी ( तेज पत्ता, करी पत्ता) रोप्ने हो  र त्यसकै अनुपातमा अलैची खेती गर्ने हो भने हामीले अव को ३ बर्ष भित्र मा कतै बाट सहयोग नआए पनि वाखेत स्कुललाई ‌+2 सम्म सजिलै लैजान सकिन्छ।

रोपेको २ बर्ष मा काफल ले फल्न सुरु गर्छ भने तेज पत्ता र अलैचीले पनि उत्पादन दिन सुरु गर्छ। मानौ अलैची र तेजपत्ता त हामीले अझै सम्म बेचेका छैनौ त्यसैले यस्को उत्पादन कति हुन्छ भनेर अनुमान गर्न सक्दैनौ तर काफल लाई मात्रै हेर्ने हो भने पनि हामीले राम्रो आम्दानी को स्रोत देख्न सक्छौ। यो एरिया लाई काफल को  बन को रुपमा हुर्कायौ भने हामीले बर्ष को १ दिन काफल खाने दिन घोषणा गरेर बाहिर का पर्यटकहरुलाई बोलाउन सक्छौ। यो एक दमै नौलो अभियान हुन सक्छ। लौ यो सबै गरेनौ रे भने पनि हामीले हाम्रो बाख्रा, गाई भैसीलाई राम्रो घाँस चाहि उत्पादन गर्न सक्छौ।

यो सबैको लागी जरुरत छ । सामुदाय को एकता र बिकास प्रति को प्रतिबद्वता। संकुचित सोच को अन्त नै परिबर्तन को सुरुवाट हो। हामीले सँकुचित सोचलाई हटाएर हामी भित्रै बाट परिबर्तन ल्यायौ भने हाम्रो सम्पन्नता हाम्रै वरि परि छ। मात्रे हामीले सदुपयोग  गर्नु सक्नु पर्छ। जस्कोलागी सामाजिक एकता को आबस्यकता पर्छ। हामी हरियाली पनि जोगाउन सक्छौ र आत्मनिर्भर पनि हुन सक्छौ।

अहिले चिया खेती को सम्भावना पनि हेरिदैछ। झट्ट हेर्दा यो आकर्षक सम्भावना भए पनि यस्लाई पानी को आबस्यकता पर्छ हामीले पानी को स्रोत र अरु ठाउँ को स्थलगत अध्यान पछि यस्लाई लागु गर्न सक्छौ। फेरी यो स्यानो एरियामा गरेर उपलब्धी हुने बाली होईन। सामुदायलाई ब्यबसाहिक खेती जँगलमा गर्ने पाउने अधिकार छ कि छैन त्यो अलग पाटो हो।

तर चिया बाहेक माथी उल्लेख गरिएका सम्भावनाहरुलाई सामुदायिक बनको नियम ले खासै ठुलो असर गर्दैन किन कि हामीले बन पनि बचाउछौ र आम्दानी पनि सुनिस्चित गर्छौ।

-स्यान पाईजा

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s