बिध्योदय निमाबि- वाखेत लाई ९ कलास यो बर्ष किन थप्नु पर्ने ?

बिध्योदय निमाबि- वाखेत लाई ९ कलास यो बर्ष किन थप्नु पर्ने ? 
– जव वाखेत स्कुलले ६ कलास सुरु गर्यो त्यो बेला हाम्रो बिधार्थी सँख्या मात्रै ५५ को हारा हारी मा थिए। सरकार को नियम अनुसार १ टिचर बराबर ३५ जना बिध्यार्थी भन्ने थियो। स्कुल सँग ५ टिचर दरबन्दीका थिए। भने २०१७ साल मा स्थापना र २०२२ साल मा प्राबि स्वीकृत बिधालय स्थापना को ५० बर्ष सम्म पनि प्राईमेरी मै सिमित थियो। वाखेत स्कुलले जागरुक प्रधानध्यापक नपाएको भए साहेद अहिले वाखेत स्कुल प्राईमेरी पनि रहने थियो या एउटा हराएको ईतिहास बन्ने थियो ? बिध्यालयलाई त्यही रहन दिएको भए यति बेला सबै को लाज मर्दो हुने थियो।

यो बर्ष पनि हामीले ९ क्लास सुरु गरेनौ भने हामी त्यही स्थीतिमा फर्कने छौ जुन ४ बर्ष पहिले थियो हाम्रो अबस्था। अहिले वाखेत स्कुल मा १६५ बिधार्थी छन भने बर्ष मा २० को सँख्यामा नयाँ बिधार्थी थपिन्छन। अव को स्थीति भनेको सबै स्कुलहरुले आफुलाई +2 तहमा पुराई सकेको अवस्था हो हामीले हाम्रो स्कुललाई यति मै छोड्नु भनेको हामी पछि पर्नु नै हो। शिक्षा मा पछि पर्नु भनेको समाज को बिकास रोकिनु सरह नै हो। फेरि सरकारको शिक्षा निति ले १२ लाई माध्यमिक तह मा गाभ्ने तैयारी गरि रहेको छ। यसको मतलव हुन्छ ढिलो चाँडो अव १२ कलास सम्म नै सबैले निशुल्क पढ्न पाउछन। तर हामीले हाम्रो स्कुललाई त्यो लेवल सम्म पुराउनु सकेनौ भने सरकार लौ यो स्कुललाई ‌१२ सम्म पुराउ सरकार दरबन्दी दिन्छ भनेर आफै आउने वाला छैन। त्यसैले जुन उत्साह अहिले बिधार्थी र स्कुल मा छ त्यो उत्साहको निरन्तरता भयो भने १२ कलास सम्न नै पुग्छ यो।

सबै गाउँले ले बुझ्नु पर्ने कुरा

वाखेत ले मात्रै होईन हरेक गाउँले शिक्षामा ठुलो लगानी गरेको छ। २२ बर्ष पहिले खुलेका निजि स्कुलहरु ले अहिले ब्याचलर ३ बर्ष को तह मा आफुलाई पुराई सकेका छन। अर्को कुरा यो साल एसएलसि को लागी लिईने सेन्टअप परिक्षा र एसएलसी परिक्षा समेट यो बर्ष अन्तिम हो। यो कार्यन्वयन हुने हो भने अव निजि स्कुलको लगाव मानिस मा कम हुन्छ। निजि स्कुलको लगाव कम हुनु मा निम्न कारणहरु छन।

आर्थिक पातो

सन्सार भरि महगाई यसरी बढेको छ कि मानिसले कडा मेहेनत गर्नु पर्ने भएको छ । यस्को बिपरित कम तलवमा काम गर्नु पर्ने बाध्यता आईसकेको छ। ‌खाडी मुलुकका देशहरुले ६ बर्ष निति लागु गर्न लागेका छन। अव देखी अरव मुलुकमा काम गर्नेहरुले पनि ६ बर्ष मा उनिहरुले रोजगार गर्ने देश छोड्नु पर्ने हुन्छ। या त तलव मा टेक्स तिर्नु पर्ने हुन्छ। यो दुबै हुनु भनेको हाम्रो हितमा छैन। एकातिर बजार मा एउटा कोठा को भाँडा ३५०० पुगेको छ भने अर्को तिर हाम्रो रोजगारको अनिस्चिता पनि बढेको छ। त्यो भन्दा पनि १५ बर्ष पहिले जस्तो म शहर को एउटा कुना मा ३ लाख मा घडेरी किन्छु यति बर्ष पछि घर बनाउछु उतै सर्छु भन्ने कुरा अब सोच बाहिर को कुरा हुने छ। किन कि १२ लाख भन्दा तल को घडेरीहरु हाम्रो आफ्नै गाउँ को सुबिधा भन्दा पनि सुबिधा नभएको ठाउँ मा पुगि सकेको छ। यस्ले प्रकृतिक रुपमा हामीलाई हाम्रो गाँउ बिकास गर्न प्रेरणा थप्छ। एउटा बच्चालाई पढाउन को लागी शहरमा कम्ती मा १३ लाख रुपैया चाहिन्छ नर्सरी देखी – १० क्लास सम्म पुराउन लाई अव १२ कलासलेमात्र होईन डिग्रीले प्राप्तले सजिलो छैन। ‌+2 भन्दा माथीको पढाई
एउटा गरिव को सामर्थ भन्दा बाहिर को छ। शिक्षा महगो भयो भने त्यो उत्पादन स्थानियमा बिक्न सक्दैन कारण उस्ले पढ्दा खेरि जुन खर्च गरेको छ त्यो अनुसारको तलव नेपाल को जागीर मा पाउला भन्नु सपना मात्रै हो। यस्ले २ बाटो देखाउछ। कि त फेरी १७ -२५ लाख खोजेर बिदेश जाउ। उतै निम्नस्तर को काम गर पैसा कमाउ। फर्सटेशन को शिकार भएर दुर्वेशनि बन। हो हामीले यहि अबस्था को बाट भबिस्यका सन्तानलाई मुक्त गर्नको लागी नै हाम्रो बिध्यालयलाई गुणस्तरीय र +2 सम्म पुराउनै पर्छ।

यस्ले गाउँलेको लाई यसरी गर्छ फाईदा

बिकास को प्राईम फ्याक्टर जनसँख्या हो। हाम्रो स्कुल मा गुणस्तर शिक्षाको ग्यारेन्टी हुने हो भने निजि स्कुलहरुमा जानलाई मानिस खोज्दैनन। अहिले निजि स्कुल प्राय बेनीमा भएको ले बेनी को डेरा बसाई कम हुन्छ। यो कम हुनु भनेको एउटा वाखेतेले बर्ष को १ लाख बचत गर्नु हो। हामी अहिले अरव मुलुक मा मात्रै १३० जना वाखेते छौ। हामीले मात्रै ५ बर्षमा स्कुलको लागी भनेर १५ हजार मात्रै खर्च गर्दा जुन सुबिधा को लागी हामी बसाई सर्छौ त्यहि सुबिधा आफ्नै ठाउँ मा पुराउन सकिन्छ। यसको लागी एकता को आबस्यक छ। बिश्वास को आबस्यकता छ। र हामी त्यहि बिश्वास र एकता नभएकै कारण ले ५० बर्ष सम्म प्राईमेरी स्कुल कै लाजमर्दो स्थिति मा थियौ। र यहि अवस्थामा रोकियौ भने हामीले त्यही ईतिहास दोहोराउने छौ।

अहिले यो कुरा अलि नपच्ने खाले देखिए पनि हामीले हाम्रो गाँउ मै गुणस्तर शिक्षा दिन हैसियत मा हाम्रो स्कुललाई पुरायौ भने १३० जना अरबको कामदार को मात्रै उदाहरण हेरौ १३० x १००००० ‍= 13000000 को बचत हाम्रो गाउँलेको हुन्छ। यो हुनु भने को हामीले लगानी नै गर्ने हो भने एउटा स्यानो उत्पादन मुलक फ्याक्ट्री नै हो मानौ मसला फ्याक्ट्री हामीले हाम्रो १३० जना अरु सन्तानलाई गाउँ मै रोजगार दिन सकिन्छ। यो मात्र १ बर्ष को बचत हो। हामी मा एकता हुने हो भने यस्ता काम त हरेक वाखेते ले १२ बर्ष देखी २० बर्ष पनि गरेका छन। तै पनि हामी किन जहाँ को तही छौ ? किन कि हामीले मात्रै मेरो परिवारलाई राम्रो बनाउछु भन्ने सोचले अझै सम्म काम गरेका छौ। यो सोच ले समाज,देश र जीवन कहिल्यै पनि राम्रो बन्दैन र जीवनस्तर पनि कहिल्यै फेरिदैन। शहर मा मुस्किल ले घर बन्ला खानलाई फेरी अर्का कै काम गर्नु पर्छ। तर हामीले अलिकति मात्रै सोच मा परिबर्तन ल्याउने हो भने गाउँले पनि आफ्नो मालिक आफै हुन सक्छन। यो स्थितिमा आउनको लागी गाउँ मै गुणस्तर स्कुल हुनु पर्छ त्यो भयो भने हाम्रो शिछा मा भएको लगानी कम हुन्छ र हाम्रो बचत हुन्छ। त्यो बचत को लगानीलाई उत्पादन मा लगायौ भने हामीले हाम्रो सन्तानलाई जागीर खोज्न बिदेश पठाउनु पर्ने छैन। जागीर होईन हाम्रो आफ्नै फ्याक्ट्री यहि हाम्रै गाउँमा हुनेछ।

सँस्कारिक पातो

अहिले के भएको छ। बाबा आमाले हाड घोटेर सन्तानलाई स्कुल को खर्च उठाएको छ। एउटा आमाबाबा लाई सन्तान पढाउन ( बेनी- पोखरा- काठमाडौ) बर्ष को १ लाख रुपैया त्यो पनि गुणस्तर नभएको स्कुल र बसाईमा खर्च गर्नु पर्ने भएको छ। अहिले हाम्रो गाउँका बिधार्थिहरु ६० हो हाराहारी मा छन त्यसरी पढेका। 60 x 100000 = 6000000 हरेक बर्ष हामीले खर्च गरि राखेका छौ। हामीले हाम्रो स्कुललाई गुणस्तर को बनाउने हो भने यो पैसा पनि गाउँ मै बचत हुन्छ। यति ले हामीले एउटा प्रडोक्ट को एजेन्सी लिएर प्याकेजिङ प्याक्ट्री मात्रै बनाउने हो भने पुरै गाउले ले १५००० महिना को तलव पाउने जागीर गाउँ मै हुन सम्भव छ।

यस्लाई सँस्कारिक पातो किन भनिएको हो भने एउटा बाबा आमा ले १ लाख रुपैया खर्च गरेर बच्चा पढाउनु पर्छ त्यहि गाउँ को अर्को एसएलसि फेल भएको छोरा अव अरव जान्छ र बर्ष को १ लाख कमाउन सुरु गर्छ भने बाबा आमालाई के लाग्छ पढेर के काम भन्ने भ्रम हुन्छ। हो यहि सँस्कारिक पातो ले नै हामीलाई पछि को पछि पारेको छ। उनिहरुले के बुझेका छैनन भने हामीले स्कुल बनाएनौ र हाम्रा सन्तानलाई हामीले पढाईमा यति धेरै खर्च गर्न परेको छ भन्ने बुझ्न सकेका छैनन या बुझेर पनि हामीले यति खर्च गरियौ अरुलाई किन सजिलो बनाउने भन्ने साँगुरो सोच बोकेका छन।

अहिले सम्म यहि भएको छ। छोरिहरुले ब्याचलर पढदैछन भने छोराहरु +2 कात्न सकेका छैनन। कारण छोरा या छोरी मा बिदेशजाने मानसिकता बढि छ। बिदेश को सम्पन्ता भने को खोक्रो सम्पनता हो भन्ने सबैले बुझ्नु पर्दछ। टाढा को उदाहरण नजाऔ- म आफै उदाहरण छु । बाबा ले २१ बर्ष जागीर गर्नु भयो र मैले १५ बर्ष गर्दैछु। हामी यहि सोच मा बस्ने हो भने मैले मेरो छोरालाई पनि अर्का कै काम गर बिदेश जा भन्नु पर्ने हुन्छ । जागीर ले मानिस लाइ कहिल्यै पनि माथी उठाउदैन। मात्रै हरपेट भर्न मात्रै सिकाउछ। हरे पेट भर्नेहरुले समाज, देश कहिल्यै पनि बनाउन सक्दैनन। यसकारण ले नै हाम्रो गाउँ ३० बर्ष देखि जागिरेको गाउँ भएर पनि हाम्रो समस्या भने को अझै पनि खाना कै छ। अझै पनि शिक्षा कै छ।

अभिभावक मा चरम निराशा

६५ जना पेन्शनर को गाउँ हाम्रो गाउँ। एउटा ले साला खाला बर्ष को १लाख ३० हजार को हाराहारी पेन्सन बुझ्नु हुन्छ। तर यो पैसा सोझै सन्तानको पढाईमा पुग्छ। अभिभावकले न राम्रो खान सक्छन न राम्रो लाउन सक्छन। बुढेशकालमा न पैसा हातमा छन न सन्तान साथमा छ। यस्तो अबस्थामा निराशा नभएर के हुन्छ ? मानौ पेन्शनर आमा-बाबा को यो अबस्था छ भने पेन्सन नपाउनेहरुको अबस्था कस्तो छ कसरी पढाएका छन ? कसरी पढाउन सक्छन ? भोलि गएर १३० जना अरव या बिदेशमा काम गर्ने को अबस्था पनि अहिले को पेन्शनर बाबा-आमा को निरासा भन्दा बिकराल हुन्छ।

बिदेशमा रोजगार ले सोच्नु पर्ने कुरा

हामीले हाम्रो अभिभावक को अबस्था हेरौ। कुन हरु कुन अबस्थामा छन ? न बिमार पर्दा छोरा छोरि वरिपरि छन। न बुढेशकालमा शान्तले बाँच्न पाएका छन। यो सबै को कारण भनेको शिक्षा नै थियो। आफुले नपढेकोले दुख पाए सन्तानलाई पढाउछु भनेर जीवन त लगाए तर गाउँ मै राम्रो स्कुल बनाउछौ भन्ने दिमाग चाही लगाएनन। मात्रै मेरो बच्चालाई अरुले भन्दा राम्रो पढाउछु बन्ने तिर लागे। र अहिले हामी पनि त्यहि गर्दैछौ। अब हामीलाई Exe. Generation चाहिएको छ। एक जनाको कर बल ले केहि पनि हुने वाला छैन। जागरण को लागी एउटा पुस्ता नै आबस्यकता छ।जहिले सम्म हामी ले यस्तो पुस्ता निर्माण गर्न सक्दैनौ हामी हार्छौ।

बिध्योदय निमाबि- वाखेत लाई ९ कलास यो बर्ष किन थप्नु नसक्नु पनि त्यहि हार्नु को सँकेत हो। हामीले हाम्रो सन्तानलाई हाम्रो जस्तै अनिस्चित भबिस्य दिनु हुदैन। उनिहरुको भबिस्य सुनिस्चित गर्नको लागी नै वाखेत स्कुललाई ९, १०,११,१२ गर्दै लैजानु पर्छ।

वाखेत स्कुललाई सन्चालन गर्न आर्थिक कारण देखाईन्छ भने यो एक दमै गलत हुन्छ। ६० भन्दा बढि अभिभावकले आफ्नो सन्तानलाई बर्ष को १ लाख खर्च गरेर शहरमा +2 पढाएका छन भने ८० भन्दा बढि अभिभावकले १ लाख ५० भन्दा बढि खर्च गरेर आफ्ना सन्तानलाई शहर मा पढाएका छन।

यहाँ यसरी भन्दा गलत अर्थ नलागोस। शिक्षा, रोजगार, ब्यबसाय र बसाई ब्याक्तिका नितान्त निजि अधिकारका कुरा हुन। जस्ले जहाँ पढाउन,रोजगार,ब्यबसाय र बसाई गर्न उस्को अधिकारको कुरा हो।

मात्रै सबै मिलेर हाम्रो स्कुललाई हाम्रो पछिल्लो पुस्ताको लागी गाँउ मा गुणस्तर शिक्षा दिन सक्ने सरकारी स्कुल बनाऔ भन्ने मात्र हो।

“शिक्षाले मानिसलाई हरेक प्रबिधमा रुपान्तरण गर्ने शिप दिन्छ”

जस्तै अव ड्राईभिङ लाईसेन्स कै लागी एसएलसी सार्टिफिकेट चाहिने नियम आउदैछ। बिदेशमा ड्राईभिङ लाईसेन्स लिने बेलामा कम्पयुटर बाटै जनरल रुल्स टेस्ट लिईन्छ। त्यसैले पनि वाखेत स्कुललाई अपग्रेड गर्न आबस्यक छ। कम्पयुटर कलास पनि सन्चालन गर्नु पर्छ।

One Night Chef: Founder Surya Ramjali जी ले वाखेत स्कुलको लागी दोस्रो च्यारेटी कार्यक्रम गर्दै हुनु हुन्छ। उहाको च्यारेटी मार्फत यो भन्दा पहिले पनि स्कुले १ लाख ५० हजार सहयोग पाई सकेको छ र दोस्रो पटक उहाले फेरी यो कार्यक्रम दोहराउदै हुनु हुन्छ। यो भने को सबै सबैले एक पटक सुर्य राम्जाली ले जस्तै स्कुल र गाउँलाई बिश्वास गर्नु पर्छ। गाउँ र गाउँलेलाई जागरुक बनाउनु पर्छ।

सधै शँका, अबिस्वास र राजिनितिक सोचले मात्रै स्कुललाई हेर्ने हो भने हामी पछि पर्नु कारण यहि स्कुल हुन्छ। ४ बर्ष पछि को नियम ले हाम्रो गाँउलाई ड्राईवर बन्न नसक्ने हैसियत को गाउँ बनाउदैछ। कम्तिमा यस्तो लाज मर्दो गाउँको बासिन्दा बनेर गर्व गर्नु चाही हामीले हुदैन।

-स्यानु पाईजा

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s