सम्झनाको स्पर्श- आफै सँग झुट बोले जस्तै लाग्ने ति दिन का सम्झनाहरु

बन्दुक नपड्काएको भए के हुन्थ्यो त्यो रात ? रुखका हाँगाहरु भाँचिएको आवाज सँगै ओरालो भाग्यो डरलाग्दो आवाज र अदृस्य (?) — घाँडो लगाएको स्याल ? के थियो ? हामीले देखेको ? हामीले आफै सँग झुट बोले जस्तै हुन्छ। सम्झना भित्र का ति दिनहरु ।
(सम्झनाको स्पर्श- आफै सँग झुट बोले जस्तै लाग्ने ति दिन का सम्झनाहरु बाट )

के थियो होला त्यो ?

असौज को अन्तिम साता टोडके को मुनि को ठुलो रैडाल को बुट्टामा बासरात बसेका बनकुखुराहरु को शिकार को लागी हामी रात छिप्पाएर बसेका थियौ। पानी पर्यो डर्केर। रुख कै जरामा ओत लाग्यौ बिस्तारै रात छिप्पियो बानी पर्न छाड्यो हामीले बासरात बसेका कुखुराहरु पत्ता लगाउन सकेनौ। धेरै बेर खोजे पछि एउटा पिमरा फेला पार्यौ र त्यसैलाई निसाना लगायौ। भबिले आफै बत्ती बाल्यो म सम्भाबित खस्ने ठाउँ मा बसे तर पिमरा मलाई छलेर तल तिर चिप्लियो। खोज्दा निकै रात बित्यो तर त्यो भेटिएन। हामीले बन्दुक फेरी लोड गर्यौ र १२ ओटा कुखुरा यहि कतै छ भनेर खोज्न थाल्यौ।

गुरुम्ले गैरहा का गोठालाहरुले रात को अह हा ई गर्दै कुरुलेको आवाज आयो। उनिहरुले केहि सँकेत पाएको हुनु पर्छ। हामी यो रुख र त्यो रुख सम्भाबित सबै रुख मा खोजी गर्यौ। थकित भए पछि भबि उ एक्लै ला यो बन्दुक समातेर यही बस म अन्तिम पटक हेरेर आउछु भनेर म भन्दा माथी को रुख तिर लाग्यो। म एक्लै बसि रहे। बिस्तारै मलाई तल ति केहि आई रहेको आवाज सुने। काईकुई कराउने र रुखका हाँगाहरु हल्लाएको आवाज प्रस्ट सुनिन्थ्यो भने सधै जस्तै बनमुसाले खु्ट्टा नजिकै पात चलायो। मैले लाईट बालेर भबिलाई सँकेत गरे केहि आएको। उस्ले लाईत ले नै चुप लागेर बस्ने ईसारा गर्यो। क्या र कुक गर्दै तलतिर सुनिने आवाज झन नजिक झन नजिक आउदै गरेको थाहा भयो। म बसे कै तल्लो रुख को फुर्से लहरो ले जेलेको रुख बेसरी हल्लाउन सुरु भयो। यसरी नै बस्यो भने त्यो राती दुल्ने पक्कै जँगली जनवार होला र आक्रमण गर्छ भन्ने डर ले मलाई सतायो। अव मरिन्छ जस्तै लाग्यो। यसै मर्नु उसै मर्नु लौ जा भनेर बन्दुक जुन रुखमा आवाज आएको थियो त्यही रुख तिर नै फर्काएर पड्काई दिए। बन्दुकको आवाज ले पुरै जँगल थर्कियो। अधि सम्म मेरै अगाडी को रुख मा कराउने र हल्लाउने अदृस्य जन्तु चर्को आवाज निस्काउदै र सोर्लाङ सोर्लाङ रुखका हाँगा हल्लाउदै र भाँच्दै तल तिर नै फर्केर गयो।

गुरुमले गैह्रा का गोठालाहरु ले फेरी ओ हा हा हहहा ई गर्दै कुरुले। पसिना पसिनाले खल खलि भएको थिए। केहि छिन मा भबि आयो माथि बाट किन बन्दुक पड्काएको यस्तो त कति आउछ जान्छ। उस्को बाटो आफै जान्छ नि भन्दै मलाई सम्झायो। मलाई चाहि बन्दुक नपड्काएको भए उनिहरुले आक्रमण गर्दथे होला अव गयो भनेर ढुक्कै भयो। तै पनि पिर्ला कि भन्ने डर चाही धेरै पछि सम्म पनि रहि रह्यो।

अचेल यो दिन सम्झने हो भने यदि बन्दुक न पड्काएको भए के हुन्थ्यो होला? त्यो के थियो? भन्ने कौतुहलता मनमा रहि रहन्छ।

सम्झनाका ति पलहरु थुप्रै छन जुन सम्झदा पनि आफैले आफैलाई ढाँटे जस्तो लाग्छ। ति सम्झनाहरु यस्ता छन।

गुरुमले गैह्रा पाएको झाक्री को ढ्याङ्ग्रो बजाएको दिन।

त्यो बेला पाखापानीको बन मा पुगेर फलाट को हलो काट्ने सल्लाह ले तुल प्रसाद रोका, जय प्रसाद पुर्जा र म बाटो लागेको थियो गुरुम्ले गैह्रा को बन मा नयाँ नयाँ पर्खाल लगाईएको थियो। मैले ४ महिना पहिले मात्रै बिहे गरेको थिए। जयले बिबहा गरेको १ महिना मात्रै भएको थियो। गुरुमले गैह्रा को खोला मा पुग्दा बाटो मुनि ढ्याङग्रो देख्यो। गजा पनि थियो ढ्याग्रो पनि थियो। पालै पालो बजाउदै बजाउै निकै पर सम्म गयौ। बनमा दाउरा काटनु जानेहरुले यो कुन झाँक्री को उडेर आएको ढ्याङ्गरो हो तिमीहरुलाई पिर्छ नबजाउ भने पछि हामीले खोला नजिकै बाटो मा नै ढ्याङग्रो छाडेर बाटो लाग्यो। ससे धारा को थान बाट अझै पर पुगे पछि बन्चरो ले नै टाँछेर बनाईएका घर का दारपातहरु देख्यौ। लौ केटा हो यहि नै हो है बेलुका फर्कने निसानी भन्दै हामी पाखापानी को फलाट पाउने जँगलमा पुग्यौ। २-२ वटा हलो को मुढा को गिड बनायौ र बोकेर अलि वर आयौ। बाटो मा उज्यालो मा गयो भने पोल पर्छ हामी अलि रात पारेर जाने भनेर ३ जना गफ मा लाग्यौ। खाजा खायौ। कुहिरो गुम्म लागेको थियो। ३ जना कै हात मा क्यासियो डिजिटल घडी थियो। घडी हेरेको हेरै छुम सबैको घडी ले कसरी धोका दियो हाम्रो धडी मा ३ भन्दा माथी बज्दै बजेन। साझ परेको सँकेत मैले बन कुखुरा बास बसेको भुट्ट भुट्टा को आवाज ले चाल पाए। लौ साथी हो रात परर्यो अब जाम बन कुखरा बास बसि सक्यो। तल गयो भने भिर बाट खसेर मरिन्छ। बरु माथी माथी जाम अनि थामो धुरि को तेर्सो बाटो बाट गयो भने सजिलै जुगे बाट घर पुगिन्छ। नभए पनि कुवालेले पानी खाने नजिक रेशम को बाजे को मा गएर बसे पनि हुन्छ भन्ने सल्लाह गर्यौ। हामी माथी उक्लिदै गर्दा हामीले बिहान देखेको दारपात भेट्यौ। त्यस पछि चाहि हामीले बाटो चाही पायौ तर हलो बोकेर जाने आँत चाहि कसैको पनि आएन सबैले हलो त्यहि फालेर रित्तो बाटो लाग्यौ। बाटो भरि घडी को बट्टी बालेर आईयो। खोला खोला मा कामी काते को चौतरा मा आई पुगे पछि तुल प्रसाद ले ढ्याङ्गरो बजाएको त साँच्चै पिर्यो कि क्या हो? भन्दै थिए। घर बाट जय प्रसाद को आमा, तुल प्रसाद को आमा र मेरो आमा ले पालै पालै तुल प्रसाद, जई प्रसाद ,कान्छा भन्दै कराउनु भएको सुन्दा पनि हामी नबोलि कन घरै आई पुग्यौ घर आई पुग्दा रात को १ बजेको थियो। ३ जना भेटियौ भने हामी जहिले पनि घडी किन सुत्यो ? त्यो पनि ब्याट्रीले चल्ने क्यासियो डिजिटल घडी सम्झेर छक्कै पर्दछौ।

स्याल ले पुछर मा घाँडो(घारो) लगाएको देखेको दिन

माईलो मामा को २ नाले बन्दुक कसैले नदेख्ने गरेर सुटुक्कै निकालेर बनकुखुरा को शिकार मा निस्केको हामी लुगरो काट्ने चौतारा को माथी को कछेर्कामा यहाँ बस्नु पर्छ बासरात हेर्ने मान्छे यहाँ तिल बस, राम चामरेबोट को कछेरका को गुराँस मा बस मा टोड्के मुनि बस्छु भनेर भाग लगाउदै थियो भबि, तिल र म ध्यानले सुन्दै थियौ। चिर्र भाले कराएको आवाज आयो हाम्रो कान र आँखा चनाखो भयो। एउटा भाले हाम्रै अगाडीको बाटो भुर्रभुर्र उड्डै आयो। पछि पछि सुस्त स्वर वा क्ल्टराक क्वलट्राक पुरानो घारो बजे जस्तै सुनियो भबिले भालेलाई निसाना लगाउदै थियो। एउटा स्याल जस्तो, कुकुर जस्तो जनवारले भालेलाई लखेट्दै घाडो बजाउै भिर तिर पुरायो हामी हेरेको हेरै भयौ। पछि भविले यो त पालुवा भाले हो। र यो पक्कै यो भालेको हेरालो हो भन्ने अड्कल लगायो। मेरो मन मा चाही त्यो पुछर मा घन्टी लगाएको कुकुर हो कि स्याल हो झलझली नाँचि रहयो। डाँडा को रैडालमा तिल बासरात कुर्न बस्यो। म भिरगौडा काते को माथी को गुरास को बोट मा बसे। भबि बन्दुक सहित टोडकेको मुनि तिर लाग्यो।

म दिउसो देखेको त्यो स्याल हो कि कुकुर हो सम्झेर डराउदै गुरासको बोटको टुप्पा मा उक्लिए। कचर्याप कचर्याप गुरास को पात कुल्दै कोहि आयो र म बसेको रुख कै जरा मा दिशा गर्न थाल्यो। म रुख को टुप्पा मा बसेको ले उनिहरुले देखेनन। त्यो मानिस एक छिन मा हगेर गयो। रुख निक्कै अल्लो भएको ले गनाउनु चाही गनाएन तर कनी कनी हगेको चाही मैले सुने। त्यो मान्छे गएको १० मिनेट पछि अर्को २ जना मानिस आएर र त्यही रुखको जरामा बसेर बन्दुक भर्न थाले। थक्क गु गनायो भन्दै बोलेको सुनियो। उनिहरु त्यो पहिलो मान्छेले हगेकै ठाउँमा बसेर बन्दुक भरेछन। म चाहि रुख को टुप्पा हाँस्नु न रुनु भएर बसेको थिए। पछि मात्रै थाहा भयो। हग्ने चक्र पुन र बन्दुक भर्ने गोपाल र तुक ब. रोका को टोली रहेछन।

त्यो रात शिकार र शिकारी जुझेको ले १ भाले मात्रै शिकार भयो। घर मा आउदा मामा हरुले बनै भरि खोजेर गाली गर्नुलाई घरै कुरेर बस्नु भएको रहेछ। २ नाले बन्दुक सार पाउदैनन। भनेर चिन्ता लागेको थियो। अब देखि बन्दुक कहिल्यै नछुनु। राती नै बन्दुक बोकेर मामा उकालो लाग्नु भयो। हामीले कुखुरा को सुप खायौ।

सबिताको तौवा मुनि सुतेको रातको सपना हो कि बिपना ?

१०-१२ बर्षको उमेरमा बिहान को दफ्फा लाग्न कति रहर लाग्ने लाग्ने। बेलुकाको खाना ढिलो भयो भने पनि भोकै पनि गईने। अध्यारो भए पनि बाटा को चल्पल लाई आगो मा सल्कायो अने गयो गीत गाउदै। बिहान को दफ्फा तर हामी चाही बेलुका नै कस्को पालो हो उसैको घरमा पुगेर बस्ने। कहिले त गीत पनि गाईन्थ्यो। भने कहिले भूमे पूजा मा नाँच लगाउने भनेर रात भरि जून मा रिहर्सल पनि गरिन्थ्यो।

केटा टोली एका तिर केटी टोली एकातिर लस्करै ओछ्यान लगाई दिएको हुन्थ्यो। त्यति नै बेला हो १ जनालाई लुटो आएको छ भने पुरै बगाललाई नै सर्ने।

त्यो रात त्यस्तै भयो के झोक चल्यो कुन्नी बिनोद रोका, तुल प्रसाद रोका, र म सुरो भएर तौवा मुनि त सुतियो तर डरले हो कि तर्साएर हो रात भरि सुत्न सकिएन। भेष, चुनु, तिल, कुमार, ईन्द्रे, जय चाहि भित्र नै सुतेका थिए् राती हामी डरायौ कि सपना देख्यौ। हामी सुतेको तौवा को माथी पराल कम्ती थियो। बिलाउने को स्याउला ले बारेको तौवा को माथी बाट पटपट फुटेको खाली खुट्टा तल खसालेर हल्लाएको देखेर एउटाले अर्कोलाई अर्को ले अर्कोलाई हल्लाएर उठायौ। त्यसपछि कुकुर ले पुछर खसा्यो त्यही प्वाल बाट जस्मा पहिले खुट्टा खसेको थियो। पछि तौवा खो खम्वा मा कोल्टे ( त्यो बेला को कटुवाल) दमाई ले भुसाह (चिलिममा सुर्ती भरेको) खादै गरेको देख्यौ। ओ कोल्टे किन राती यहाँ तर्साउनु आएको भन्दै ३ जनाले सिद्थान तिर ढुँगाले हानेर लखेट्यौ। धनसारमा भैसीले गोबर हगेको हगै गरेको आवाज आएको आएै छ। भएन तर्सायो अव भित्र उठाएर पस्ने भनेर गएको सबिता को घरको धुरी मा राखेको दुबो फूलको गमला लडेर हाम्रै अगाडी खस्यो। हामी झन डरायौ। कता बाट कुन्नी तुल प्रसाद ले मल खन्नेको बाउँसो लिएर सिरानीमा हाले। अनि मात्र हामी निदाउन सक्यौ।
अहिले ३ जनाले सोच्दछौ त्यो सपना थियो कि बिपना ? सपना थियो भने कसरी सँयोग मिल्यो। ३ जनाले एउटै सपना कसरी देख्यौ ?

अहिले ति पलहरु सम्झदा आफैले आफुलाई झुटो बोले जस्तै हुन्छ। यथार्थ के थियो अहिले पनि सम्झेको बेला मा अल्मलिन्छु।

(जमानाको कुरा: -सम्झनाको स्पर्श- आफै सँग झुट बोले जस्तै लाग्ने ति दिन का सम्झनाहरु )

स्यानु पाईजा, पात्लेखेत-७, वाखेत म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s