जमानाको कुरा: कोल र सिलढुगा को ढुंगे धारा

जमानाको कुरा: कोल र सिलढुगा को ढुंगे धारा

( सम्झना को स्पर्श: कोल र सिलढुगा को ढुंगे धारा)

त्यो बेला नजिक को माबि स्कुल गलेश्वर मा बि घतान मात्रै थियो। कुईने,मगले, पाखापानी, थाराखानी, कोटगाउँ, झी, वाखेत का बिधार्थीहरु ५ कलास पास भए पछि लस्कर लागेर तोरिपानी पढ्न पुग्दथे। बाटो मा घचारो (भिड) हुन्छ भनेर घर देखी आमा-बाबाले हामीलाई १ घन्टा पहिले (८:३०) मै स्कुल पठाउनु हुन्थ्यो। स्कुल जाने बेला मा बाटोमा घुम्रे बाजे को कोल आई पुग्दथ्यो।

कोल के हो ?

उखु पेलेर रस निकाल्ने काठ को परम्परागत काठ को मेसिन कोल हो। बलियो गरी जमिन मा गाडिएको काठको ओखल मा काठको लामो लिभर धुम्न मिल्ने गरी तेर्सो पारिएको हुन्थ्यो। उखु का गिडहरु राख्ने ठाउँ भएको ओखल हुन्थे र मानिसले या गोरुले लिभरलाई धुमायो भने उखु च्यापिएर रस निस्कन्थे र खड्कुलो(फराकिलो मुख भएको बिट मा समात्ने रिङ भएको तामा को ठुलो टाउली) सँकलन हुन्थे। प्राय बिहान बिहान उखु पेलिन्थे सिलढुगा को बाझो मा। जहा अहिले वाखेत-पात्लेखेत बिधुत लाईन को सब-ट्रान्समिटर छ त्यहि नजिकै। उखु पेल्ने बेला मा हामी त्यहि उखुको लिभर मा बस्ने र अरुले पालै पालो घुमाउने त्यो बेला को सेतो स्कुले ड्रेस कालै हुने गरी कोल मा खेल्ने गर्दथ्यो। कोल मा पालै पालो उखु पेलिन्थे र कोलमा उखु पेले बाट पनि उखु को रस नै भाँडा बुझाईन्थे।

उखु को रस (खुदो(डो))

उखु को रस बाट खुदो बनाईन्थे। खुदो उखु को रस लाई भाँडो मा हालेर आगोमा पानी जति बाफ बनेर जाने गरी पकाए पछि बनेको उखु को रस हो। यो लामो समाय सम्म भण्डार गर्न सकिन्छ। त्यो बेला यस्ले चिनी को काम गर्दथे। रोटी, चिया, चिउरा मा यो प्रयोग हुन्दथे भने कहिल कहि सानो सानो दल्लो पारेर दोकान मा पनि बेच्न राखिन्थे। जाँड बनाउ मा पनि प्रयोग गरिन्थे।

हामी दौतरीहरु स्कुल को लागी घर बाट दाईहरु भन्दा १ घण्टा पहिल्यै निस्के पनि कोल चलेको दिन दाई हरु नआउदै सम्म कोल मै भुल्ने गर्दथ्यो। कोल घुमायो भने उखु खाना पाईन्थ्यो। कहिले कहि ओखल मा लागेको रस मा हात चोपेर चात्ने पनि गरिन्थ्यो। सधै कोल मा उखु पेलिदैन थे तै पनि हामीले कोल लाई धुमाईदिन्थ्यौ र घुम्रे बाजे को घोक्रो नाँके स्वर को ” कोडे हो कोल, कोल बिगार्छस” भन्ने गाली सुने पछि भाग्ने गर्दथ्यो।

सिलढुगाँ को ढुगे धारा

यो त्यो बेला निक्कै ब्यस्त धारो थियो। लेकालीहरु त्यो धारो मा पानी नखाई बेसी झर्दैनथे। यो भन्दा तल को को पानी गल्लो (बेस्वाद, तातो) लाग्दथ्यो रे। बेनी झर्ने यो खेत मा काम गर्नु जानु पर्दा यहि पानी पिउने गरिन्थ्यो र जर्कीन, छक्काल मा पानी भरिन्थे र मेला पात लगिन्थे। उसो त यहा बिहान देखि १० बजे सम्म पनि मानिस हरु पानी भरिरहेका हुन्थे पालै पालो।

छक्काल के हो ?

यो त्यो बेला को पानी भर्ने कपडा को झोला हो। खास गरेर ईण्डिया भर्ति पछि लाहुरेहरुले पानी भर्ने मिल्ने झोला ल्याएका हुन्थे। खाना र दिउसो को अर्नी (खाजा) बिच मा खाने अर्को अर्नी हुने गर्दथे त्यसलाई छक्काल भनिन्थे। पछि पछि छक्काले अर्नी पनि भनिन्थे। त्यहि खाजा खाने बेला मै धेरै प्रयोग हुने हुनाले यो झोला लाई पनि छक्काल नै भनिन्थे। पहिले पहिले बिहान को अर्नी मा पनि जाँड कै प्रयोग भएको पाईन्छ। खास मा यो झोला को नाम छक्काल भन्दा पनि त्यो बेला खाईने खाजा नै छक्काल हो पछि पानी राखिए पनि सुरु सुरु मा यस झोला मा जाँड नै मेला पातो मा लगिन्थे।

छक्काल को बिशेषता भनेको यसमा भरिएको पानी छिटो तातो हुदैन। रुख या बारी को काल्ला मा झुण्डाएर राख्ने हो भने बाहिरा को हावाले यस्लाई चिसो को चिसो हुन सहयोग गर्छ।

सिलढुगा को ढुँगे धारो

यो धारो मा रमिता नै लाग्ने गर्दथे। कहिले पिना (तोरीको तेल पेल्दा निस्केको ठोस पदार्थ) नुहाउने महिलाहरु को लस्कर हुन्थे। भने नजिकै को खोला मा महिनावारी (मार्सिकघर्म) भएका महिलाहरु ले लुगा फाटो- गुन्द्री धुने गर्दथे। कसैले पिना ले लुगा नुहाउने, लुगा धुने गर्दथे भने कसै कसैले रिठा पिसेर कपडा मा साबुन जस्तै लगाउने गर्दथे। ठुलो ठुलो खडकुलो मा खरानी पानीमा उसिने का सिरक का खोल, लोग्ने का खाडी,बाह्र हाते पटुकी धारो बरि परि देखिन्थे र दिन भरि धोएको लुगा ले पोखरी गाई बस्तुले पानी खान नमिल्ने गरी सेतो हुने गर्दथे। खास गरेर त्यो बेला लुगा लाई बर्ष को १ पटक उमाल्ने चलन थियो। यसरी उमाल्यो भने उपिया उडुस जस्ता परिजिबी किरा हरु को फूल नस्त हुन्छ या मानिसलाई बिमार पार्ने चुर्ना (मसिनाकिरा) हरु मर्दछन भन्ने बिश्वासले मानिस ले खरानीको झोल मा लुगा उमाल्दथे। यो साबुन सस्तो को प्रयोग हुनु भन्दा पहिला को कुरा हो। खरानीमा उसिने पछि लुगाहरु सेतो हुने गर्दथे। कहिले कहि बाहुनी बजै को रातो पुरानो सारी हरु पनि खरानी को झोलले सेतै भएको देखेर यो बाजे को धोती हो कि बजै को भन्दै हामी हाँस्ने गर्दथ्यौ।

सिल ढुँगा को चौतारो

यस्लाई मानिसहरु ले हुलाक चौतारो पनि भन्थे। यहाँ हुलाकी हरु ले चिठी राख्ने ठाउँ त थिएन।तरत्यो बेला लेख्न जान्ने हरुले यहि चौतरा को कुन चाहि छपनी (ढुंगा) मुनि चिठी छाड्ने भन्ने सल्लाह भएको हुन्थे रे। एउटा प्रेमीले प्रेमिकालाई चिठी छाड्ने ठाउँ पनि यहि हुन्थे रे यसरी नै चिठी को आदन प्रदान गोप्यरुप मा हुने गर्दथे। कहिले कहि त एउटा ले छाडेको पत्र हरुले नै लगेका हुन्थे रे। अनि जवाफ पनि अरुले नै पाएका हुन्थे। तै पनि यो छपनी हुलाक को प्रसँग अहिले बुढापाका बाट सुन्दा त्यो बेला को प्रेम मा धर्य धेरै थियो र सम्बन्ध लामो टिक्ने गर्दथ्यो। प्रेम गर्ने हरु बुढा हुन्थे तर प्रेम सधै तन्नेरी हुने गर्दथे।

अहिले फेस बुक, मुबाईलले प्रेम लाई नै चाउचाउ जस्तै बनाईदिएको छ। छिटै पाक्छ, छिटै खाईन्छ र छिटै भोक लाग्छ जस्तै भएको छ। त्यसो त शब्द को अर्थ समान्तर मा फेरिन्छ भलै परिवाचक नै किन नहुन। यो ढुगे छपनी हुलाक को कुरा प्रेमलाई हित भन्ने बेला को हो भने हाम्रो पुस्ता प्रेम, पत्रमित्रता हुदै पछि को नया बाटो मा छ। समाय रोकिदैन यस्तै नयाँ शब्दहरु थपिन्छन। अनि उनिहरुलाई पनि एक दिन फेस बुक पत्रमित्रता जस्ता सब्दहरु हामीलाई उखु पेल्ने कोल, खरानीले लुगा धुने पनेरो (पधेरो), हुलाक चौतरा जस्तै यादहरु बन्दछन।

समाय परिबर्तनशिल छ। समाय सँगै चम्किनु र लम्किनु पर्छ।

(जमाना को कुरा भित्र बाट)
-स्यानु पाईजा पात्लेखेत- ७ वाखेत म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s