प्रवासी म्याग्देलीले जिल्लाको विकासमा सहकार्य गर्न तयार छौ

प्रवासी म्याग्देलीले जिल्लाको विकासमा सहकार्य गर्न तयार छौ

कुहुँ -९ हिँदीमा जन्मिएका लिलामान शेरपुञ्जा सामाजिक क्षेत्रमा सक्रिय एक म्याग्देली हुन । त्रिचन्द्र क्याम्पसमा विए सम्मको अध्यायन गरी बेलायतमा प्रवेश गर्नुभएको शेरपुञ्जा त्यहाँबाट प्रकाशित हुने एभेरेष्ट टाइम्स, म्याग्दी प्रवासी नेपाली संघ -मोना युके) संरक्षक, नेपाल पत्रकार महासंघ बेलायतको कोषाध्यक्ष, एनआरएन बेलायतको सदस्य, नेपाल मगर संघ बेलायतको सल्लाहकार लगाएत विभिन्न संघसंस्थामा सक्रिय हुनुहुन्छ । नेपाल संगित तथा नाट्य प्रतिष्ठानका साथै दर्जनभन्दा बढि सम्मानबाट समेत सम्मानित हुनुभएका शेरपुञ्जासंग बेनीअनलाइनका हरिकृष्ण गौतम र हरि गिरीले गरेको कुराकानीको केही अंश यहाँ प्रस्तुत छ ।

319754_453556471330048_1250209712_n
१. बेनीअनलाइन संवादमा यहाँलाई स्वागत छ ?

धन्यवाद दुवै हरिभाईलाई, विदेशमा रहेका म्याग्देलीको लोकप्रिय बेनीअनलाइन मार्फ आफ्ना केही भनाई सम्पर्ुण्ामा जानकारी गराउने अवसर दिनुभएकोमा ।

२. प्रवासी नेपाली म्याग्देली संघ-मोना युके) को संरक्षक पनि हुनुहुन्छ, मोना युकेमार्फ जिल्लामा भित्रिएको सहयोगलाई कसरी लिनुभएको छ ?

बेलायतमा बसोबास गर्ने म्याग्देलीहरुले जिल्लाको विकासमा पुर्‍याएको सहयोगबाट उत्साहित छु । ब्यक्तिगत फाईदा मात्र नभई जिल्लाका हरेक कार्यक्रममा प्रवासी म्याग्देलीको सहभागिता रहेको छ भन्ने सन्देश समेत दिन सफल भएका छौ । मोना युकेमा आवद्ध म्याग्देलीहरु आफ्नो जिल्लाको आर्थिक, सामाजिक, सांस्कृति लगाएत अन्य सामाजिक कार्यमा सहयोग जुटाउन सक्रिय रुममा लागि पर्नुभएको छ ।

३. प्रवासी नेपाली म्याग्देली संघ-मोना)ले जिल्लामा शिक्षा,स्वास्थ्य,समाजिक लगाएतका क्षेत्रमा सहयोग गरिरहेको भएपनि त्यसको अनुगमन गर्ने सयन्त्र बनाउन सकेको छैन नी ?

मोना युकेमार्फ एम्बुलेन्स प्रोजक्ट, शिक्षा, स्वास्थ्य लगाएको क्षेत्रमा सहयोग भइरहेको छ । तरपनि त्यसले पारेको सकारात्मक प्रभाव तथा दुरुपयोगका विषयमा अनुगमन गर्नुपर्छ । यस विषयमा मोनाका साथीहरु संग छलफल गर्ने छु । मोना युकेको चौथो अधिवेशनबाट उमेश राना र प्रकाश पौडेलले नेतृत्व गरेको नयाँ कार्यसमिति आएको छ, म संरक्षक भएको हैसियतले यस बारेमा जानकारी गराउँछु ।
291674_403522669724351_1433446751_o
४. यसको आवश्यकता त महसुस गर्नुभएको छ नी ?

पक्कै पनि महसुस गरेको छु । संयन्त्रको आवश्यकता हुनर्ुपर्छ भन्ने मेरो पनि माध्यता हो । सहयोग ब्यक्तिगत नभई संस्थागत रुपमा भइरहेको छ तरपनि त्यसको प्रभावकारिताका बारेमा नियमित जानकारी गराउने संयन्त्र भयो भने समस्या तथा त्यसको प्रभावकारिताका बारेमा समेत सहज जानकारी हुन्छ । अहिले सदुपयोग भएपनि पछि दुरुपयोग हुनसक्छ भन्नेतर्फम सचेत छु । मोना युकेले गरेको एम्बुलेन्स सहयोगबाट दर्ुगर्म क्षेत्रका नागरिकले सहज रुपमा स्वास्थ्यसेवा पाइरहेका छन । हामी जिल्लाको हरेक समस्यामा सहकार्य गरी अगाडी बढ्न तयार छौ ।

५. कुहुँ गाविस-९ हिँदीमा रहेको शिद्धशान्ति माविलाई आर्थिक सहयोग गरी आफ्नो नाममा पुस्तकालय नामाकरण गर्नुभयो, कारण के होला प्रस्ट पारिदिनुहोस न ?

म कुहुँ गाविसमा जन्भिएको हँु । मेरो गाउँमा रहेका शिद्धशान्तिमा तिन कक्षासम्म पढेपनि थप पर्ढाईका लागि म पर्वतमा जानुपर्‍यो । अहिले गाउँको विद्यालय मावि भएको छ तरपनि भनेजस्तो पर्ुवाधार नभएका कारण बेलाबेलामा सहयोग गर्ने गरेको छु । जुन पुस्तकालयको नामाकरणको कुरा गर्नुभयो, पुस्तकालय विना शैक्षिक गुणस्तरको परिकल्पना पनि गर्न सकिन्न । शिद्धशान्ति माविमा पुस्तकालय स्थापना भएपछि त्यहाँका बालबालिकामा शैक्षिक परिवर्तन आएको छ । पुस्तकालयलाई थप सुविधासम्पन्न गराउन मैले सहयोग गरेको हु । त्यसलाई सम्मान गरेर विद्यालयले पुस्तकालयको नामाकरण गरेकोमा बेनीअनलाइनमार्फ विद्यालय परिवारलाई धन्यबाद दिन चाहन्छु ।

६. दुगर्म क्षेत्रमा रहेका विद्यालयलाई राज्यले त्यति प्राथमिकतामा राख्न सकेको छैन, जसको उदाहरणका रुपमा शिद्धशान्ति माविलाई समेत लिन सकिन्छ, शिक्षाको क्षेत्रमा प्रवासी म्याग्देलीले गर्न सक्ने सहयोग के के देख्नुहुन्छ त ?
SAM_2118
आधारभुत सुविधा उपलब्ध गराउनु राज्यको दाहित्वमा पर्छ । जसमा शिक्षा पनि पर्छ तरपनि राज्यले शिक्षामा आवश्यकता अनुसार लगानी गर्न सकेको छैन । दर्ुगम क्षेत्रमा रहेका विद्यालयलाई सुगम क्षेत्रमा रहेका विद्यालयसंग प्रतिस्पर्था गर्ने वातावरण बनाउन आवश्यक दरबन्दी, सुविधा, पर्ुवाधार चाहिन्छ तर हाम्रो देशमा नतिजा राम्रो आएन भन्दै आलोचना गरिन्छ तर किन आउँन सकेन भनेर कारण खोज्ने गदैनन् । मेरो गाउँमा रहेको विद्यालय समेत र्सर्ंघषबाट जन्मिएको विद्यालय हो, त्यहाँ स्थानियबासीले सहयोग गरिरहेका छन । जहाँसम्म प्रवासीको सहयोगको प्रयाप्त नहुनसक्छ । एक विद्यालय नभई यस्ता हजारौ विद्यालय छन सबैलाई सहयोग गरेर सम्भव पनि छैन । राज्यले शिक्षामा देखिएका नितिगत समस्यालाई समाधान गर्न आवश्यक छ ।

७. विभिन्न देशमा छरिएर रहेका म्याग्देली मार्फ जिल्लाका उत्पादनमुलक क्षेत्रमा लगानीका लागि एउटा प्रोजक्ट बनाउने सम्भावना कत्तिको देख्नुहुन्छ ?

यसका लागि प्रयास नभएको होईन । मोना युकेको पहलमा गत बर्षपश्चिम म्याग्दीको दरबाङमा आयोजित कार्यक्रममा एनआरएनका अध्यक्ष जिवा लामिछानेलाई प्रमुख अतिथि बनाइएको थियो । उहाँलाई त्यहाँ लैजानुको प्रमुख कारण नै एनआरएनमार्फ जिल्लामा लगानी गरोस भन्ने नै हो । मोना युकेका साथीहरुको सक्रियता अहिले पनि भइरहेको छ । हामीले लगानी संकलन गरी दिर्घकालिन प्रभावका आयोजनामा लगानी गर्ने बारेमा बहस चलिरहेको छ । सबैको सहभागिता भयो भने असम्भव भन्नेकुरा नै छैन ।

८. मोना युकेकै संरक्षक योगेन्द्रबहादुर क्षत्रीको सक्रियतामा प्राकृतिक विपत्ती, शिक्षा लगाएतको क्षेत्रमा सहयोग गर्न उदेश्यले अक्षय कोषको स्थापनाको प्रक्रियामा रहेको छ, यसमा तपाईको सक्रियता कस्तो रहन्छ त ?

यसविषयमा हामीविच नियमित छलफल भइरहेको छ । जिल्लामा जाने सहयोगलाई ब्यवस्थित गराउन कोषको आवश्यकता रहेको छ । यसमा मेरो मात्र नभई सबै म्याग्देलीको सहयोग आवश्यकता छ । यसले प्रवासी म्याग्देलीलाई एकबद्धता गराउन थप सहज हुने छ । जिल्लामा हुने समस्याहरुलाई समाधान गर्ने सबै म्याग्देलीको दाहित्व हो भन्ने माध्यता राख्छु ।

९. अन्त्यमा बेनीअनलाइनमार्फ सम्पूर्ण पाठकलाई के भन्न चाहनुहुन्छ ?

मेरो भनाई राख्ने अवसर दिनुभएकोमा धन्यबाद । मैले पहिले पनि भनिसकेको छु । म्याग्दी जिल्लामा भइरहेका गतिविधिलाई हामीसम्म पुर्‍याउन हजुरहरुले गर्नुभएको प्रयासलाई धन्यबाद दिन चाहन्छु । मैले यहाँ साथीहरुबाट सन्नेको थिए बेनीअनलाइन धौलागिरि अञ्चलकै पहिलो अनलाइन साइट हो । जुन इतिहास हजुरहरुले राख्न सफल हुनुभएको छ त्यसबाट म उत्साहित छु । यसै कुराकानीमार्फ संसारका विभिन्न देशमा बसोबास गर्ने म्याग्देलीलाई जिल्लाका आधारभुत समस्या समाधान गर्न एक जुट भएर लाग्न समेत अपिल गर्दछु ।

 

साभार- http://benionline.com.np

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s