जमाना को कुरा : खादा को नेपाल यात्रा

जमाना को कुरा : खादा को नेपाल यात्रा

खादा(डा,ता) मैले सन १९९६ सम्म नेपाल मा देखेको पनि थिएन। पहिलो पटक मैले सिक्किम गान्टोक मा देखेको । त्यो बेला सम्म मैले हाम्रो गाऊँ मा खादा प्रयोग भएको देखेको थिएन। तर अचेल खादा यति प्रचलन मा छ कि मानिसहरु कतै कसैलाई स्वागत गर्नु पर्दा फूलको माला बनाउन पनि बिर्सने बेला भै सक्यो कति ठाउँ मा ।

खादा(डा),(खाता) के हो ?

मुलत यो क्रिम सेतो रगमा हुने स्कार्फ हो। सुरुका दिनहरुमा यो तिब्बती मुलका मानिसहरुले बिढाई, स्वागत मा प्रयोग गर्ने गर्दथे। तिब्बती मुल भन्नाले बौद्व धर्म सग नजिक छ यो सस्कार तर म यो फलाना को सँस्कार फलना ठाउँ बाट नेपाल पसेको भनेर यसको लोकप्रियतालाई साँगुरो पार्न चाहान्न। त्यसै पनि हाम्रो कतिपय सँस्कारहरु लाई हामीले हाम्रो भन्ने (जाती र धर्म बिशेष प्रचार) प्रचार गर्नु को कारण पर्ब र चलनहरु हाम्रै  साँगुरो सोचको कारण ले साँगुरो हुदै गएका छन। अहिले जुन रुपमा जुनसुकै सामुदायका मानिसले खादा लाई स्व-स्फुर्त अँगालेका छन यसरी सँकुचन सोचको प्रचार हुने हो भने यो पबित्र Good luck greeting/ welcome Scarf पनि सिमित मानिस को गाला मा नहोला भन्न सकिन्न।

खादा जस्तै लाग्ने मौलिक सँस्कार नेपाल मा पनि हाम्रो समाज मा थियो र छ ।

बिबहा, छेबर, अवसर मा पनि आफन्तले नेपालमा पनि सेतो साफा टाउको मा पगरी को रुपमा घुमाई दिने चलन छ। म आफैले पनि छेवर मा र बिहे मा यो साफा बुटेको छु। खास गरी छेवर र बिबहा जस्ता परम्परा गत सँस्कार मा शिरमा घुमाईदिदा यसैलाई धरो भनिन्थे भने यहि साफा लाई ठेलो ( छेलो) खेलको बिजयी जितदललाई जितेको बढाई/सम्मानमा शिरमा पगरी लगाई दियो भने यसैलाई फेटा(ता) भनिन्थे।

साफा के हो ?

सेतो कपडा ५ फिट सम्म लामो छेवर, बिबहा जस्ता संस्कारमा र चुनाव, ठेलो (छेलो) खेल मा जित्नेलाई शिरमा पगरी जस्तै घुमाएर सम्मान गर्ने कोरा कपडा साफा हो ।

साफा( फेता(टा), धरो )

यो साईज मा खाता भन्दा लामो हुन्थे र महगो पनि हुन्थे। मैले गान्टोक मा ५ भारु (नेरु- ८ )रुपैया मा किन्न सक्ने खादा थियो भने साफालाई त्यो बेला नै ५५ रुपैया पर्दथ्यो। यो ५ फिट सम्म लामो हुने गर्दथे। जति लामो त्यति नै बढि सम्मान गरेको जस्तो मानिन्थे। हामीले पनि साफालाई १० रुपैया मै किन्न सक्ने मुल्य को साईज मा प्रयोगमा ल्याउनु सक्नु पर्दथ्यो। हामीले साफालाई स्यानो र छरिटो साईज मा ल्याएर छेबर बिहे बाहेकका Good luck greeting/ welcome Scarf को रुपमा प्रयोग गर्न सकेको भए हाम्रो मौलिकता मर्ने थिएन। अडकल भन्दा बढि नै नक्कल पछि भाग्ने हाम्रो समाजिक अदुरदर्शिताले गर्दा हाम्रा मौलिक चलनहरु धराप मा परिरहेका छन।

खादा को नेपाल यात्रा

पहिलो पटक सन १९९८ मा बिदेश यात्रा लाग्दा पनि काठमाडौ मै पनि यो प्रयोग मा थिएन। टिका र फूल माला लगाएरै धवलागेरी एसएस होटेलको दिदी ले बिढाई गर्नु भएको थियो। तर ठ्याकै २८ महिना को बसाई पछि ३ महिनाको छुट्टी सकेर फर्कने बेला मा पहिलो पटक मैले खादा नेपाल मा लगाउदा छक्कै पर्दै सिक्किम को गान्टोक सम्झेको थिए। अहिले जता पनि खादा देख्दा खेरी कुनै बेला फूलको माला पनि हराउला र नेपाल को मात्रै मौलिकता पनि हराउला भन्ने डर लाग्छ। किन कि नेपाल मात्रै यस्तो देश हो पाहुनालाई बुकेट को सत्ता माला ले स्वागत गरिन्छ।साफा हराउदा चिन्ता हाम्रा समाजका अग्रजहरुले त्यसै गरी फूलको माला हराउदा नै मौलिकता प्रति चिन्ता गरेनन भने जिबित छदा वास्ता नगर्ने मान्छे मरे पछि स्वर्गको बाटो खुल्ला होस भन्दै पुजा गर्ने आफन्त जस्तै हुने छन।

मौलिकता भनेको त्यो पुर्नर्जिवित गराउनु गाह्रो हुन्छ। त्यसै ले मौलिकता नासिनु भन्दा पहिले नै सजगता अपनाउनु पर्छ।

साफा का मा सुधार आबस्यक थियो।

यो स्त्री लिंगीहरुले प्रयोग गरेको कमै देखिन्थे। छोरी मानिसलाई यो गुन्युचोलीमा पटुकीको रुपमा दिईन्थ्यो र यो कोरा हुदैनथे यि कोरा भन्दा बिशेषखालका हुन्थे र रगीन हुन्थे। मगर मात्र बिशेष र मौलिक चलन चल्टीमा रहेको गुन्युचोली सँस्कार र छेवर चलनमा समेट यो साफा को प्रयोग भएको र मौलिकता को आधारमा हामीले पनि यस्लाई जुनसुकै अबसर मा प्रयोग गर्न मिल्ने समायनुकुल परिबर्तन गर्न सक्नु पर्दथ्यो। हो खादा मा महिला र पुरुष को बिभेद छैन। त्यस्तै साफालाई पनि बिभेद मुक्त बनाउन सक्नु पर्दथ्यो।

हामी मौलिकता बचाउने हल्ला गर्दछौ तर मौलिकता लाई आफ्नै आँखा अगाडी मर्दा पनि पानी खुवाउन सक्दैनौ।

स्यानु पाईजा

( जमाना को कुरा: भित्र बाट)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s