मेरो बचपनको सम्झनामा: ठुलो पदवी पाए देउताले पिर्छ -ओम रोका

मेरो बचपनको सम्झनामा: ठुलो पदवी पाए देउताले पिर्छ।

— ओम रोका

Facebook: Mero Wakhet Gaun – Group wall बाट साभार

नमस्ते सबै वाखेत वालको मेम्बर हरुमा|
जब हामि आमाको कोखबाट यो धर्तिमा जन्मन्छौ र नमर्दै सम्म जिबनको हरेक क्षण हरेक पल दुख-सुख कहिले हास्दै त कहिले रुदै संघर्श मय जिबन बिताई रहेका हुन्छौ एसै बिच उस्ले जिबनमा केही न केही गरी राखे हुन्छ कि बोली राखेको हुन्छ कि सुनी राखे हुन्छ र् यि सबै कुराहरु भुल्दै पनि जान्छ तर कुनै कुनै कुराहरु वा जिबनमा घटेका कति घटनाहरु उस्को मष्टिस्कमा  सधैं भरी स्मरणिय हुन्छ कहिले पनि बिर्सदैन| कुरो हो बिक्रम सम्बत २०३०-३१ सालमा म गाउको पुरानो स्कुलमा अध्यायन गर्दथे जाडो मौसम दिउसोको घामको पार ताप्दै चौरमा बसेर पढ्नको मज्जा बेग्लै हुन्दथ्यो।  हिउद्को बेला खेती पातीको काम सिद्देको हुन्थ्यो तेसैले तरुनी तन्नेरीहरु स्कुल वा कलेज जानको सत्ता दाउरा घाँस कात्न जुगेको बन कि ददुवाको बनतिर लाग्थे भने बुढा पाकाहरु बिहानको कामकुरो सकेपछी इस्कुलको चौरमा जम्मा भएर गफ छाट्न  सुरु गर्दथे| तेसै समय मैलेपनी बुढाहरुको गफ सुन्न पुगेछु गफको टपिक थियो वाखेत गाउको कुनै एकजना ब्यक्तिले पल्तनमा ठुलै मान(Promotion)पाएका रहेछन तर उनिहरुले भन्दै थिए हाम्रो गाउको देवी देउताले शह्दैनन पिर्छ राम्रो हुदैन भने| जब बुढाहरुको गफ सुने तब मेरो मनमा एकदमै खुल्दुली लाग्यो को होला त्यो ठुलो मान पाउने बेक्ती अब के हुन्छ होला देवी देउताले किन पिर्छ भनेर मन्मा खुब जिज्ञासा भई रहन्थ्यो म् ८-१० बर्श् उमेरको थिए र कस्को कुरा गरेको भनेर सोध्ने कुरापनी भएन तेसैले ति बुढाहरुको गफ अतितको गर्बमै रहेर बस्यो|आज भोली पनि तेही कुराले मलाई घचघचाई रहन्छ तेसैले म् यो कुरा तपाईं हरु सँग सेयर गरेको छु कि तेसको उत्तर के हुन सक्छ भनेर र मेरो अन्दाज शही नहुन पनि सक्छ गल्ती भएमा यो गलत हो भनेर तपाईंहरु कसैले पनि भन्न सक्नु हुन्छ | त्यस बेलामा बुढाहरुको गफको तपिकका व्यक्ति को हुनुहुन्छ होला भन्दा वाखेत गाउको पहिलो भारातियसेनाको भुपु सुबेदार दाजु श्री गौ बहादुर रोका (रेमेको बाबा) हुनु हुदो रहेछ भन्ने कुरा मह्सुश मैले गरेको छु तर उहा सुबेदार दाइ अझै पनि सकुसल बाच्नु भएको छ गाउको देवी देउताले पिरेन र् कुनै हानी नोक्सानी पनि पुराएको छैन|

यस कथा बाट के सन्देश दिन खोजिएको हो भने तेस बेला हाम्रो वाखेत गाउॅमा शिक्षाको अती कमी थियो मानिसहरु शिक्षामा भन्दा काममा बढी ध्यान दिन्थे धनी मानिसका छोरा छोरीले पनि चिठी लेखने र् पढ्न जान्यो भने पढ्न पर्दैन थियो तेसैले त हाम्रो गाउको ठिटाहरु सेनामा जती धेरै भर्ती भये पनि शिक्षाले (Education) गर्दा अफिसरको पदमा बढुवा हुन् आकासको फल जस्तै थियो| तर अनपद भए पनि Talent बेक्तिले पल्टनमा कोशीस गरेमा साथै भाग्येले साथ दिएमा वा झुक्केर कुनै बेक्तिले अफिसरको पद पायो भने गाउले हरुले यस्तै कुरा गरेको हुन् सक्छ | अझै पनि हाम्रो वाखेत गाउँ शिक्षाको हिसाबले हेर्ने हो भने घिस्रिने अवस्थामै छ आफ्नो खुट्टामा उभिन सकेको छैन भन्दा अनुपयुक्त नहोला | गाबिस मा अझै पनि एउटा माध्यमिक बिद्यालय नहुन दुख लाग्दो कुरा हो तेसैले कुनै व्यक्तीले राम्रो काम गरेमा वा मान / पद पाएमा गाउँले हरुले फेरी पनि देवी देउताले शहदैन पिर्छ भनेर कुरा गर्न नपरोस हाम्रो वाखेत गाउँमा |

जय वाखेत

-ओम रोका यूके बाट

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s