रहस्यको किताव पाना पल्टाउनु जस्तै छ: पुर्खेयौली गीत लाई बुझ्नु।

रहस्यको किताव पाना पल्टाउनु जस्तै छ: पुर्खेयौली गीत लाई बुझ्नु।

पुर्खेउली गीत के हो ?

निक्कै पहिले नै हो पूर्खयौली गीतको बारेमा बल्ग गर्नु सोचेको तर पुर्खेउली गीतसोचे जस्तो सजिलो टपिक होईन भन्ने कुरा मलाई थाहा थियो। किन कि जतिबेला म पुर्खेउली गीत को बारेमा आफ्नो परिभाषा बनाएर सक्थे केहि छिन पछि त्यो पुन फेरिएको पाउथे। निकै गाह्रो भएको छ मलाई पुर्खेयौली गीत यहि हो भन्नुलाई किन कि यो केहि लाईन शब्दहरुले यस्को ब्याख्या हुन सक्दैन र सहि परिभाषा पनि बन्न सक्दैन। तै पनि यस्को सटिक परिभाषाको नजिक पुग्ने प्रायसमा धेरै ठाउँ कौतुहलता पुर्वक पुगेको छु र त्यति नै बिबिधता मैले पाएको छु।

सजिलोको हिसावले भन्ने हो भने पुर्खेयौउली गीत एउटा अलिखित रितिथितिको सँगालोको गीतको सँग्रह हो। जतिबेला मानिस लेख्न पढ्न सक्दैन थिए त्यतिबेला पनि मानिसले आफ्नो परम्परालाई बचाई राख्नको लागी परम्पराका कुराहरु गीत को माध्यम बाट पुस्तान्तर गर्दथे। त्यसैले सजिलो र छोटकरीमा भन्नु पर्दा पुर्खेउली गीत रितिथितिको गीती सँगालो हो।

पुर्खेउली गीतका प्रकार लय यति नै छन भन्नु यो पुर्खेउली गीतका अलिखित पानाहरुलाई च्याट्नु जस्तै हो। किन भने पुर्खेउली गीत भित्र पस्ने हो भने मोटामोटि पूर्खेयौली, सोरठी, मारुनी, नाँचरी, झ्याउरे, चुट्के, आदी भनेर बर्गिकरण गरको पाईन्छ तर यति नै मा सिमिति गर्नु भनेको साँच्चिकै पुर्खेयौली गीतको अलिखित पानाहरु नास्नु जस्तै हो। किन भने पुर्खेउली गीत को गहराईलाई बुझ्न १ बर्ष-२बर्षको समाय र १०-२० पेज को लेख काफी छैन। यो त एउटा समाय को अलिखित गीती ईतिहास हो, अलिखित रितिरिवाजको बर्णन गीती सँगालो हो।

हाम्रो कर्म सँग जोडिएको हरेक कर्म को आफ्नै गीत छ।
जन्मको अलगै गीत छ, मरण को अलगै गीत छ। बिहान, साँझ र रात को बेला गाउनु पर्ने अलग अलग गीत र लय छ।

पुर्खेयौली गीत भित्र- छैठु(ङ) (जन्मेको ६औ दिन) मा गाउने अलग गीत छ, पुटबुरो (पटभराई) ( बच्चा जन्मेको १ बर्ष भित्रको कर्म दिन) मा गाउने अलग गीत छ। त्यस्तै जस्तो हरेक कर्म सँग जोडिएको आफ्नो आफ्नो गीत छ। ति गीतहरुले हाम्रो अलिखित रितिरिवाजलाई गितिरुपमा बचाई राखेको छ। कतिबेला के गर्नु पर्छ। भन्ने कुरा गीत मा गाईन्छ। भलै हाम्रो पुर्खाले हाम्रो परम्पराको बारेमा लेखेर राख्न नसके पनि पुर्खेयौली गीतलाई नजिक बाट बुझ्ने हो भने त्यो सिङगो काल खण्ड गीत भित्र अताएको छ। त्यही गीतका शब्दहरु बाट नै हाम्रो रितिरिवाज र परम्पराका कुरा , समायका धटनाक्रमका कुराहरु रिकभर गर्न सकिन्छ। तर पुर्खेउली गीत हरायो भने हाम्रो परम्पराका धेरैजसो कुराहरु गीत सँगै हराउने छ।

हरेक पटक मैले पुर्खेयौली गीत प्रतिको धारणा बड्ल्ने गरेको छु। किन यो सँस्कारको महाभारत हो यो केहि लाईन मा लेख्नु खोज्नु गलत छ।

पहिले नबुझेका कुराहरु अहिले सुन्दा अचम्म पनि लाग्छ। यो गीत भित्र यस्ता प्रमाणहरु छन। जुन झाँक्री बिधा सम्म जोडिएका कडीहरु पनि झन। पुर्व बाध्देउ, पश्चिम बाध्देउ, उतर- दछिण चारै दिशा बाँधेर थोङगा हान्नु ( सरस्वती बर्ताउनु), काम्नु जस्ता कुराहरु भित्र को रहस्य अनुसन्धान कै ठुलो पाटोहरु हुन। हामी मगर एक हौ भन्ने प्रमाण मैले पुर्खेउली गीतका धेरै ठाउँहरुमा पाएको छु। आशिष दिने बेलामा देवता बर्ताउदा रामचन, कुलचन भनेको कतिले याद गर्नु भएको छ मैले यो धेरै ठाउँमा समानता सुनेको छु। सालैजो गीतमा जस्तै हरेक ले हरेक ठाउँको नाम जोडेर गीत बनाए जस्तै हो कि हरेक ठाउँका मगर हरुले आफ्नो कुल देवताको नाम जोड्छन ? कुलदेउता को नाम अलग अलग छ कि समान छ? पुर्खेउली गीत प्रतिको धारणा बनाउनु भन्दा पहिले पुर्व-पश्चिम को पुर्खौउली गीतलाई गहिरो रुपमा अध्यान गर्नु पर्छ। र पुर्खेउली गीत गाउने समुदाय (मगर,गुरुंङ या अन्य) समुदायले कसरी देवता बर्ताउछन त्यो अध्यान हुन र ब्याख्या हुन जरुरी छ।

पुर्खेयौली गीत मात्र गीत होईन। अलिखित परम्पराको जिवीत सँगालो हो। अव यो लिपिबद्व हुनु जरुरी छ । फराकिलो हिसावले कुनै पनि पाना (हाँगा) नछुटाईकन अध्यान हुन जरुरी छ। मलाई पुन: भन्न मन लाग्छ “हरेक पटक मैले पुर्खेयौली गीत प्रतिको धारणा बड्ल्ने गरेको छु। किन यो सँस्कारको महाभारत हो यो केहि लाईन मा लेख्नु खोज्नु गलत छ”।

स्यानु पाईजा

पात्लेखेत, ७ वाखेत, म्याग्दी धौवलागेरी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s