Ping(पिङ)

Ping(पिङ)

खास गरेर दशै र तिहारको लागी यो पिङ हालिन्छ। यसको लागी ४ वटा लाकुरा हरु चाहिन्छ। यो परम्परागत दबदबे को लाकुरा हो यस्लाई हामी लुगरो भन्छौ। प्रयोग हुने लठो बाबियोले बनेको हुन्छ। यो लठो बनाउनको लागी ३ जना पयो बतार्ने मान्छे- ३ जना बाबियो दिने मान्छे र १ जना पयो मिलाउने मान्छे ७ जना भयो भने यो लठो बनाउन सकिन्छ।

पिङ भने को हरेक उमेर का मानिस आफ्नै किसिमले मच्चाएर रमाईलो गर्न सकिने पुरानो परम्परागत मनोरन्जन हो। यहाँ जस्ले जसरी खेल्न सक्छ उ खेल्न सक्छ। पिङ बसेर खेल्नु लाई चकटी भनिन्छ भने २ जना खेल्नुलाई दोहरे भनिन्छ। पिंङ मच्चाउदा लठो लाई हातले तन्काएर छाडिन्छ यस्ले पिङको मच्चाईलाइ वढाउछ।

पिङ भनेको भावनात्मक एकता को प्रतिक हो। कलात्मक कार्य बिभाजन र योजना को प्रतिक पनि हो। बाबियो कात्नु जानु, लगुरो कात्नु जानु, बोक्रा तासेर चिप्लिने बनाउनु, गाड्नु र लठो बात्नु, नाईरो हाल्नु यो एक किसिम को कार्ययोजना को कौशलता को प्रतिक हो। यस्ले हामीलाई सामाजिक हुन सिकाएको छ। मिलेर बस्न र काम गर्न सिकाएको छ। सबैले एकै ठाउँ मा रमाईलो गर्न पनि सिकाएकोछ

– स्यानु पाईजा, वाखेत-७ पात्लेखेत म्याग्दी धौवलागेरी।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s