मलाई घोच्ने मेरै मन कै सियो: नेपाल सुन्दर छ किन कि म सुन्दर छु।

मलाई घोच्ने मेरै मन कै सियो: नेपाल सुन्दर छ किन कि म सुन्दर छु।

– स्यानु पाईजा

६०%आमाहरु ले घर मा महिना को २ पटक घरेलु रक्सी पार्छिन (बनाउछीन) अनि सपना देख्छिन- मेरो सन्तानले रक्सी नपिओस।

९९% बाबा ले कहिले मान्छे मर्ला या कुन बेला चाँड आउला र तास खेलौला भनेर दिन गनेर बस्दछन। – मेरो सन्तानहरु तास नखेलदिउन भन्ने सोच्दछन।

८० % जनशक्ती पास्पोर्ट कात्न हतार मा छन – अनि आरोप लगाउछन सरकारले केहि पनि अधिकार/सुबिधा दिएन।

५०% मानिसले आफ्नो भए भरको सम्पति घर बनाउ नै सक्छन। पैसा सकिन्छ र आजिवन नोकरी गर्छन। आफ्नो घरमा नसुति मर्छन।

९५% किसान बर्ष भरि घर ब्यबहार चलाउन पनि नपुग्ने खेती मा घोप्टो चेप्टो परेर छिट्टै बुढो हुन्छन।

९९% मानिस यो गाउँको मानिस ठिक छैनन भन्छन जहाँ उ आफै बस्दछन।

हामी मिल्न सक्दैनौ किन कि हामीले बिभाजित मन /मुटु बोकेका छौ। त्यसैले कम्जोर का कम्जोर छौ। कामदार कै कामदार छौ। मालिक बन्ने एकता, मन, आत्मबिश्वास हामी भित्र छैन।

हामी मानिस होईनौ सँस्था हौ। हामी जनता/नेपाली होईनौ नेता र कार्यकर्ता हो। नेपाल काठमाण्डौ हो। जहाँ मानिस १० तल्ला तल बाट जर्किनमा पानी ओसारेर ट्वाईलेट सफा गर्न जाँगर गर्छन। त्यहि मान्छे गाउँमा बाल्टिको पानी ट्वाईलेट खसाल्न अल्छि गर्छन।

यति हुदा हुदै पनि

नेपाल यति निरासाजनक पनि छैन जहाँ हामी हाँस्नुलाई बाहाना चाहिदैन। बस्नुलाई छुट्टी चाहिदैन। पिउनुलाई पार्टी चाहिदैन। फेसबुक मा अन्तहीन/अर्थ हिन बहस गर्न लाई समाय कम्ति छैन। बिदेशी ले भन्लान नेपाली कति गरिब छन। तर उनीहरुले हामीले जस्तै बुझेका छैनन। हामी सपना देख्न मात्रै होईन हामी बनाउ सक्छौ हामी आफ्नो घर । हाम्रो गल्टी त्यही नै भयो हामीले घर बनाउन सक्यौ । आफु बन्न सक्यौ। देश बनाउने नेता र जनता बन्न सकेनौ।

म भित्र को स्वार्थले बन्न न सकेको हामी हौ नेपाली। म भित्रको बिभाजनले हामी बन्न नसकेको देश हो नेपाल। नेपाल सुन्दर छ किन कि म सुन्दर छु।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s